कीवर्डहरू -

टिप्स

फ्लाइट मोडका ५ उपयोगी फाइदा — ब्याट्री बचतदेखि ध्यान केन्द्रित गर्नसम्म

मोबाइल फोनमा ‘फ्लाइट मोड’ वा ‘एयरप्लेन मोड’ एउटा यस्तो सुविधा हो जुन धेरैले प्रायः मात्र हवाई यात्रा गर्दा प्रयोग गर्छन्। यो मोडले सबै वायरलेस कनेक्शनहरू अस्थायी रूपमा बन्द गर्छ, जस्तै मोबाइल नेटवर्क, वाई-फाई र ब्लुटुथ जसले गर्दा विमानको नेभिगेसन प्रणालीमा कुनै बाधा नहोस्।

तर थोरैलाई मात्र थाहा छ कि फ्लाइट मोड प्रयोग केवल उडानसमेत सीमित छैन। यो सुविधा तपाईंको दैनिक जीवनलाई पनि सजिलो बनाउन सक्छ। यहाँ फ्लाइट मोडका पाँच उपयोगी तरिका दिइएको छ, जुन तपाईँका दैनिकीमा काम लाग्न सक्छन्।

  1. ब्याट्री बचाउने स्मार्ट तरिका
    जब नेटवर्क कमजोर हुन्छ, फोन निरन्तर सिग्नल खोज्दै गर्दा ब्याट्री छिट्टै खाँदै जान्छ। फ्लाइट मोड अन गर्दा त्यो खोज बन्द हुन्छ र फोनको ब्याट्री दीर्घकालसम्म टिक्छ।

  2. छिटो चार्ज गर्न (फास्ट चार्जिङ)
    यदि तपाईँ चाहनुहुन्छ फोन छिटो चार्ज होस् भने चार्जिङअघि फ्लाइट मोड अन गर्नुस्। यसले नेटवर्क गतिविधि रोक्छ र फोन करिब २०–२५ प्रतिशत छिटो चार्ज हुन सक्छ।

  3. बच्चाहरुका लागि सुरक्षित मोड
    जब तपाइँ बच्चालाई फोनमा गेम वा भिडियो देखाउन दिनुहुन्छ, फ्लाइट मोड अन राख्नु राम्रो हुन्छ। यसले इन्टरनेट बन्द गर्दछ र बच्चाले कुनै साइट वा एप पहुँच गर्न सक्दैन।

  4. तातिन नदिन मद्दत गर्छ
    कम नेटवर्क भएका स्थानमा फोन सिग्नल खोज्न खोज्न तत्न थाल्छ। फ्लाइट मोडले त्यो प्रक्रिया रोक्छ र फोनको तापक्रम घट्छ, जसले ब्याट्रीलाई पनि लामो बनाउन सहयोग पुर्‍याउछ।

  5. ध्यान केन्द्रित गर्ने उपयुक्त उपाय
    पढाइ, काम वा ध्यान (मेडिटेसन) गर्दा पटक–पटक आउँने कल र नोटिफिकेशनले ध्यान भंग गर्छ। फ्लाइट मोड अन गरेर तपाइँ डिस्ट्र्याक्सन-फ्री वातावरण बनाउन सक्नुहुन्छ।

  6. के फ्लाइट मोडमा इन्टरनेट चलाउन सकिन्छ?
    हो, फ्लाइट मोड अन भएपनि तपाइँ म्यान्युअली वाई-फाई र ब्लुटुथ अन गर्न सक्नुहुन्छ। यसको अर्थ, मोबाइल नेटवर्कविना नै वाई-फाई मार्फत इन्टरनेट चलाउन र वायरलेस डिभाइसहरू जडान गर्न सकिन्छ।

टिप्स

स्मार्टफोन सुरक्षित चार्जिङका लागि जान्नैपर्ने पाँच महत्त्वपूर्ण टिप्स

मोबाइल फोन सुरक्षित र प्रभावकारी रूपमा चार्ज गर्नु हाम्रो दिनचर्याको अभिन्न हिस्सा बनिसकेको छ। 

तर केही सामान्य गल्तीहरूका कारण फोनको ब्याट्रीक…

गुगल फोटोजबाट आइक्लाउड फोटोजमा क्लाउड–आधारित डेटा ट्रान्सफर: एन्ड्रोइडदेखि आइफोनमा सहज स्विचिंग

यदि तपाईं एन्ड्रोइडबाट आईफोनमा स्विच गर्दै हुनुहुन्छ वा तपाईंका सबै तस्वीर र भिडियोहरू एउटै प्लेटफर्ममा संग्रहित गर्न चाहनुहुन्छ भ…

दैनिक कार्यलाई सहज बनाउने १० उपयोगी एआई उपकरण

आजको डिजिटल युगमा, कृत्रिम बुद्धिमत्ता (एआई) ले हाम्रा दैनिक कार्यहरूलाई सहज, छरितो र प्रभावकारी बनाइरहेको छ। चाहे टाइपिङ स्वच…

डेबिट/एटीएम कार्डमा हुने ईएमभी चिप के हो? कसरी काम गर्छ? (भिडियो)

डेबिट कार्ड वा एटीएम कार्ड प्रयोग गर्दा कार्डमाथि रहेको एउटा सानो चिप तपाईंले अवश्य देख्नुभएको होला । तर के तपाईंलाई थाहा छ यो…

दिनभर टिक्दैन सामसङ् ग्यालेक्सी स्मार्टफोनको ब्याट्री? कम्पनीले दियो केही ब्याट्री जोगाउने टिप्स

हाल बजारमा एकपछि अर्को उत्कृष्ट स्मार्टफोन आइरहेका छन्। फोन किन्‍नुअघि मानिसहरूले धेरै फीचरहरूमा ध्यान दिन्छन्। तर, केही समयप…

वेबसाइट Vs पोर्टल: वेबसाइट र वेब पोर्टलमा के फरक छ?

आजको डिजिटल युगमा हामी प्रायः वेबसाइट र वेब पोर्टल जस्ता शब्दहरू प्रयोग गर्छौं, तर के तपाईंले कहिल्यै यी दुईमा के फरक हुन्छ भने…

सिग्नल ठिक छ तर पनि कलिङमा समस्या? यसरी समाधान गर्नुहोस्

के तपाईँले कल गर्दा कल आफैँ काटिन्छ? कहिलेकाहीँ नेटवर्क फुल भएको भए पनि कल गर्न समस्या आउँछ।

के इन्टरनेट एकैपटक विश्वव्यापी रूपमा ठप्प हुन सक्छ? जान्नुहोस् इन्टरनेटको प्रणाली कसरी काम गर्छ

इन्टरनेट अहिले हाम्रो र संसारभरिका धेरै मानिसहरूको दैनिकीको अभिन्न हिस्सा बनेको छ। अनलाइन पढाइदेखि कमाइ, शपिङ, बैंकिङ, इन्टरटेन्मेन्ट, न्यूजसम्म सबै&n…

फोन स्क्रीन 'फ्रिज' हुँदा फोर्स रीस्टार्टले तुरुन्त् समाधान गर्ने सजिलो तरिका

के कहिलेकाहीँ तपाईंको फोन एउटै स्क्रिनमा फ्रिज हुन्छ? त्यसपछि कुनै पनि बटन काम गर्दैन भने अब चिन्ता लिनु पर्दैन। यस्तो कन्डि…

गुगलको ‘स्मार्ट स्टोरेज’ फीचरले थर्ड–पार्टी एप बिना फोनको इन्टरनल स्टोरेज छिटो खाली गर्ने

के तपाईं पनि आफ्नो डिभाइसमा “स्टोरेज फुल” नोटिफिकेशन हेरेर तनावमा परिरहनुभएको छ? अब दुखि हुन आवश्यक छैन। आज हा…

वर्षामा स्मार्टफोन –ल्यापटप बचाउने ५ सजिला टिप्स

मन्सूनको प्रवेश भएदेखि नै देशका धेरै ठाउँहरुमा झमझम बर्षा भइरहेको छ। यस्तै वर्षात् मौसममा भिज्नु हाम्रो स्मार्टफोन र ल्यापटपका लाग…

अनुमति बिना अनलाइनमा पोस्ट गरिएको निजी सामग्री कसरी हटाउने ? यस्ता छन् ५ प्रभावकारी उपाय

सम्बन्धित व्यक्तिको अनुमतिबिना व्यक्तिगत जानकारी शेयर गर्न पाइदैन् । 

यदि अनुमति बिना…

यी ४ निःशुल्क टुल्सले पासवर्ड लिकबारे समयमै दिन्छ चेतावनी

पासवर्डको लिकेज हुनु अहिले सामान्य विषय बनेको छ। दिनहुँ मानिसहरूको पासवर्ड लिक भइरहेका छन्। भर्खरै एक रिपोर्टमा भनिएको थियो क…

म्याग्नेटिक स्पीकर ट्रेन्डले स्मार्टफोन अडियो अनुभवलाई नयाँ उचाइमा दिदै

स्मार्टफोन कम्पनीहरु अब केवल क्यामेरा र प्रोसेसरमा मात्र ध्यान दिइरहेको छैनन्, बरु अडियो एक्सपीरियन्सलाई पनि नयाँ स्तरमा लैजान प्रय…

पावर बैंक किन्दा ध्यान दिनुपर्ने तीन मुख्य कुरा

मोबाइल फोनमा निरन्तर निर्भरता भएपछि पावर बैंकले पनि हाम्रो जीवनमा प्रवेश पायो। यद्यपि अहिलेका स्मार्टफोनहरूमा तुलनात्मक रूपमा ठ…