टिप्स
पैसा निकाल्ने क्रममा तपाईंको कार्ड एटीएममा अड्कियो भने यी गल्ती कहिले पनि नगर्नुहोस्
अनलाइन भुक्तानीको सुरुवात पछि, एटिएमबाट पैसा निकाल्ने प्रक्रिया कम भएको छ तर पूर्ण रूपमा समाप्त भएको छैन् । एटिएमबाट पैसा निकाल्दा तपाईको सानो लापरवाहीले तपाईलाई ठूलो नोक्सानी पु¥याउन सक्छ । ठगी गर्नेहरूले तपाइँको एक गल्तीको फाइदा उठाउन र तपाइँको बैंकअकाउन्ट खाली गर्न सक्छन् । आजको रिपोर्टमा, हामी तपाईंलाई एटीएम ठगी र त्यसबाट बच्ने उपायहरूबारे बताउनेछौँ ।
कस्टमर सर्भिस कल गर्दा गल्ती
यस्ता धेरै घटना बाहिर आएका छन् जसमा एटीएम मेसिनमा मानिसको कार्ड अड्किएको गुनासो आउने गरेको छ । धेरै पटक मेसिनमा कार्ड अड्किन्छ र आत्तिएर हामी त्यहाँ लेखिएको ग्राहक सेवा नम्बरमा फोन गर्छौं, तर यहाँ तपाईंले धेरै सावधान रहनु आवश्यक छ ।
वास्तवमा यो मेसिनमा तपाईंको कार्ड अड्किएको होइन तर यी ठगहरूले कार्ड अड्काएका हुन् । तिनीहरूले कार्ड बोक्ने पोर्टमा अर्को मेसिन इन्स्टल गर्छन् र त्यसपछि ग्राहक सेवा नम्बरको रूपमा आफ्नो नम्बर टाँसेर छोड्छन् । कल गर्नु अघि, निश्चित रूपमा जाँच गर्नुहोस् कि नम्बर कुन तरिकामा लेखिएको छ । यदि कुनै सामान्य कागजमा नम्बर लेखेर टाँसिएको छ भने, त्यसमा कल नगर्नुहोस् ।
मेसिन जाँच गर्ने
एटिएमबाट पैसा निकाल्नु अघि र एटिएमभित्र जाने बित्तिकै, तपाईले गर्नु पर्ने काम भनेको राम्रोसँग जाँच गर्नु हो । वरिपरि हेर्नुहोस् र कुनै लुकेका क्यामेराहरू छन् कि भनेर पनि हेर्नुहोस् । तपाईंले एटीएम कार्ड स्लट पनि जाँच गर्नुपर्छ । धेरै पटक बदमाशहरूले कार्ड स्लटहरू वरिपरि कार्ड रिडर चिपहरू स्थापना गर्छन्, जसले एटीएम कार्ड डाटा र पिन कोड जानकारी चोर्न सक्छ । मेसिनमा केही नौलो त छैन् नी भनेर याद गर्नु आवश्यक हुन्छ ।
पिन इन्टर गर्दा सावधान हुनुपर्ने
यदि तपाईंको एटीएम पिन अपराधीहरूको लागि उपलब्ध छैन भने, तपाईंको खातामा छिर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा एटीएम पिन धेरै सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । ध्यान राख्नुहोस् कि तपाई एटीएम भित्र पैसा निकाल्न जानुभएको छ र त्यहाँ अरू कोही व्यक्ति हुनुहुँदैन् ।
यदि त्यहाँ अरू कोही उपस्थित छन् भने, उसलाई बाहिर जान वा पिन लुकाएर इन्टर गर्नुहोस् । पिन इन्टर गर्दा, आफ्नो हातले एटिएम किबोर्ड छोप्नुहोस् र सकेसम्म मेसिनको नजिक उभिनुहोस् । ताकि कसैले तपाईको पिन नदेखोस् ।
एटीएम पिन र कार्ड कसैलाई नदिनुहोस्
धेरै पटक हामीले आफ्नो एटीएम कार्ड र पिन हाम्रा साथी वा आफन्तहरूलाई हतारमा वा आपतकालीन अवस्थामा पैसा निकाल्न दिन्छौं । यस्तो गल्तीबाट बच्नुपर्छ । अचेल यस्ता घटना पनि बाहिर आउन थालेका छन् जसमा नजिकका मान्छेनै ठगीमा संलग्न हुन्छन् । यदि तपाईंले कसैलाई एटीएम कार्ड दिनु छ भने, तुरुन्तै कार्डको पिन परिवर्तन गर्नुहोस् र कारोबार केके भएका छन् भनेर याद राख्नुहोस् ।
एटिएममा कसैको सहयोग नलिनुहोस्
एटिएममा अपरिचित व्यक्तिको मद्दत लिनु हानिकारक हुन सक्छ । पैसा झिक्न अलि बढी समय लागे पनि एटीएम नजिक कसैलाई आउन नदिनुहोस् र आफ्नो कार्ड र पिन बिर्सिए पनि अरुलाई मद्दतका लागि नभन्नुहोस् ।
टिप्स
इन्टरनेटको स्पीड कसरी थाहा पाउने ?
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट…
स्मार्टफोनको स्पिकरलाई नयाँ जीवन दिने ४ टिप्स
यदि तपाई लामो समयदेखि एउटै फोन प्रयोग गर्दै हुनुहुन्छ भने स्पिकरको आवाज धेरै कम भएको याद गर्नु भएको होला ।
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? यी नम्बरमा कल गर्नुस्
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।
कतै तपाईले गलत ठाउँमा राउटर राखेर इन्टरनेट स्लो बनाइ रहनु भएको त छैन् ?
यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघि आफ्नो राउटरको लोकेसन जाँच …
ह्वाट्सएपमा स्प्याम नम्बर सजिलैसँग ब्लक गर्न सकिने, यस्तो छ प्रक्रिया
पछिल्ला केही महिनामा अनलाइन ठगीका घटनाहरु निकै बढेका छन् । अपरिचित व्यक्तिको कल वा म्यासेज आएपछि हजारौंले लाखौं रुपैयाँ गुमा…
पुरानो हुन्छ सामाजिक सञ्जाल पनि, तपाईंको मनपर्ने प्लेटफर्म कतै खतरामा छ?
यदि तपाईं ९० को दशकमा वा त्यस भन्दा अघि जन्मनुभएको हो भने अर्कुट जस्ता पुराना सोशल मिडिया प्लेटफर्महरू चलाउनु भएको हुन सक्…
ल्यापटप सफा कसरी गर्ने ?
ल्यापटप हामी धेरैले प्रयोग गर्छौं । लगातार ल्यापटप प्रयोग गर्दा धुलो छिरेको हुन्छ । यदी उक्त धुलो सफा नगरेमा यसले ल्यापटपको…
फेसबुकमा अरूले मेन्सन र हाइलाइट गरेर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द
केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्…
फेसबुकको पुरानो अकाउन्ट यसरी डिलिट गर्नुहोस्
फेसबुक धेरैले प्रयोग गर्छन् । तर कतिपय पुराना अकाउन्ट प्रयोग भइरहेको हुँदैन् । यस्तो अवस्थामा पुरानो अकाउन्ट …
ब्याकअप बिना ह्वाट्सएप च्याट कसरी ट्रान्सफर गर्ने ?
व्यक्तिगत तथा व्यवसायिक म्यासेज आदान प्रदान गर्न ह्वाट्सएप महत्त्वपूर्ण माध्यम भएको छ । तर कहिलेकाँही नयाँ फोनमा&nbs…
यसरी बढाउनुहोस् युट्युबमा सब्सक्राइबरको शङ्ख्या
युट्युबको लोकप्रियता सबैलाई थाहानै छ । यदि तपाइँ पनि युट्युब अकाउन्ट चलाउनुहुन्छ वा आफ्नै युट्युब अकाउन्ट बनाउने योजनामा हुनु…
प्रत्येक एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले जान्नै पर्ने केही सुविधा
विश्वभर धेरै प्रयोगकर्ताले एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्छन् । नेपालमा पनि अधिकांशले एन्ड्रोइडफोनको प्रयोग गर्ने गरेक…
जीमेलको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली
यदि तपाई जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले पनि जिमेल आउट अफ स्टोरेज समस्याको सामना पक्कै पनि गर्नु भएको होला । यदि जीमेल …
टेक्स्ट लेख्ने बित्तिकै भिडियो बनाउने गूगलको एआई टुल सार्वजनिक
आफ्नो नयाँ भाषा मोडेल जेमिनाई सार्वजनिक गरेपछि, गुगलले आफ्नो नयाँ एआई–संचालित टूल ल्यूमियर पनि सार्वजनिक गरे…