अपडेट
एलन मस्कमाथि रूस युक्रेन युद्धमा प्रयोग भईरहेको साइबरट्रक निष्क्रिय बनाएको आरोप
टेस्ला साइबरट्रक ती थोरै कारहरू मध्येको एक हो, जुन सार्वजनिक भएपछि पनि वर्षौंसम्म चर्चामा छ । कम्पनीले यस कारलाई सन् २०१९ मा प्रस्तुत गरेको थियो, तर यो बजारमा धेरै वर्षको ढिलाइपछि मात्रै आईपुगेको हो ।
रसको चेचन्या पार्टीका नेता रमजान कादिरोभले टेस्लाका सिईओ एलन मस्कमाथि आरोप लगाएका छन् । मस्कले उनको साइबरट्रकलाई रिमोटबाट निष्क्रिय बनाइदिएको उनको आरोप छ । यो साइबरट्रकलाई रूस–युक्रेनबीच भइरहेको युद्धमा पठाइएको थियो ।
कादिरोभले बिहीबार साइबरट्रकलाई युद्धमा पठाएका थिए । त्यसमा मेसिन गन जडान गरिएको थियो र त्यसले युद्धमा राम्रोसँग काम गरिरहेको थियो । शुक्रबार उनले युद्धमा दुई अन्य साईबरट्रक पठाएका छन् ।
मस्कले उपहार दिएको साइबरट्रकलाई रिमोटबाट हाल निष्क्रिय बनाइएको चेचन्या नेताको दावी छ । यद्यपि, मस्कले यस्ता दाबीहरूलाई अस्वीकार गरेका छन् । मस्कले एक्समा लेख्दै भनेका छन्, ‘के तपाईं यति मूर्ख हुनुहुन्छ कि म कुनै रूसी जनरललाई साइबरट्रक उपहार दिन्छु भन्ने लाग्छ ? भन्दै उल्टो प्रश्न गरेका छन् ।
साइबरट्रकलाई रिमोटबाट बन्द गर्न सकिन्छ ?
यहाँ एउटा ठूलो प्रश्न उठ्छ, के टेस्ला साइबरट्रकलाई रिमोटबाट बन्द गर्न सकिन्छ ? टेस्लाले आधिकारिक रूपमा यसबारे कुनै जानकारी दिएको छैन् । यद्यपि, टेस्लाको साइबरट्रकलाई रिमोटबाट बन्द गर्न सकिन्छ । यसको कारण कारको सफ्टवेयर हो ।
यो कार मात्र हार्डवेयरमा निर्भर हुँदैन् । यसको ठूलो भाग सफ्टवेयरमा निर्भर रहेको छ र यस बिना यसलाई चलाउन गाह्रो हुन्छ । टेस्ला आफ्नो कारहरूलाई ओटीए (ओभर द एयर) सफ्टवेयर अपडेटहरू उपलब्ध गराउँछ । यदि कम्पनीले कुनै कारलाई बन्द गर्न चाह्यो भने, सफ्टवेयर अपडेटमार्फत यसो गर्न सक्छ ।
टेस्ला कारका धेरै सुविधाहरूलाई मोबाइल एपबाट पहुँच गर्न सकिन्छ । यदि कार मालिकको फोनको पहुँच ह्याकरहरूले पाए भने, तिनीहरूले कारका ती सुविधाहरूलाई पहुँच गर्न सक्छन् । यो एपको प्रयोग गरेर नै ह्याकरहरूले कारलाई निष्क्रिय पनि बनाउन सक्छन् । यसबाहेक, टेस्लाले चाहेमा आफैँ पनि यी कारहरूलाई रिमोटबाट बन्द गर्न सक्छ ।
जहाँ पारम्परिक कारहरूमा सफ्टवेयरको नाममात्र हुन्छ र कार पूर्ण रूपमा हार्डवेयरमा निर्भर हुन्छ, त्यहाँ आधुनिक कारहरूमा यसको ठीक उल्टो छ । कार हार्डवेयरसँगै सफ्टवेयरमा पनि निकै निर्भर रहन्छ र त्यसैले यी कारहरूलाई निष्क्रिय गर्न सकिन्छ । टेस्ला साइबरट्रकको मूल्य ९३,९०० डलरबाट सुरु हुन्छ ।
अपडेट
फुडमाण्डुको बडा धमाका योजना, ६० बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट
फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्…
विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिदै नास्ट, यसरी दिनुहोस् आवेदन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।
…सिड्स फर द फ्युचर नेपालका ६ जना विद्यार्थी चीनमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दै
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ उत्कृष्ट विद्यार्थीहरू यही सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियो…
प्रविधि पत्रकार मञ्चको ११औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं। प्रविधि पत्रकार मञ्च (टीजेएफ) को ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले शनिबार काठमाडौंमा साधारसभा सम्…
बेटा प्रयोगकर्ताका लागि एप्पल इन्टेलिजेन्स फिचर सार्वजनिक
एप्पलले एप्पल इन्टेलिजेन्स फिचर बेटा प्रयोगकर्ताका लागि सार्वजनिक गरेको छ । आईओएस १८.१ मा बेटा अपडेट टेस्टर्…
एप्पललाई उछिन्दै साओमी बन्यो विश्वबजारमा सबैभन्दा बिक्री हुने दोस्रो स्मार्टफोन ब्राण्ड
ग्लोबल स्मार्टफोन बजारमा खरिद गर्ने ट्रेन्डमा ठूलो परिवर्तन देखिएको छ । चिनियाँ स्मार्टफोन कम्पनी साओमी विश्वभर स्मार्टफोन बिक्रीको म…
एनसेलले भन्यो: कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेका छैनौं
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद नगरेको स्पष्ट पारेको छ ।
…एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित
एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक द…
वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने
चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरप…
एआईले बनाएका तस्वीर पहिचान गर्न गूगलले ल्यायो नयाँ टूल
गूगलले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा बनाइएका तस्वीरहरूको पहिचान गर्न नयाँ टूल ल्याएको छ । कम्पनी यस वर्षको फेब्रुअरीदेखि …
आईप्याड ओएस १८ अपडेट डिभाइस नै नचल्ने समस्या
एप्पलले हालै आईप्याड ओएस १८ सार्वजनिक गरेको थियो । तर यसलाई आइप्याडमा इन्स्टल गर्ने प्रयोगकर्ताले बगको समस्या सामना गर्न…
मेड अन युट्युब इभेन्टः युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स सार्वजनिक
मेड अन युट्युब इभेन्टः गूगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स प्रस्तुत गरेको छ । यी फिचर्स…
किशोरकिशोरीको सुरक्षाका लागि इन्स्टाग्राममा आउँदैछ टीन अकाउन्ट सुविधा
मेटाको लोकप्रिय फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामको प्रयोग धेरै देशमा भइरहेको छ । यो प्लेटफर्मसँग किशोर अवस्थामा रहेका बालाबालिक…
जन्मिदै आँखा नदेख्ने व्यक्तिलाई अब न्यूरालिकंले दृष्टि प्रदान गर्ने
टेस्लाका सीईओ एलन मस्कको ब्रेन–चिप स्टार्टअप कम्पनी न्यूरालिकंले यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट परीक्षणात्मक इम्…
डिशहोम फाइबरनेटको वार्षिक रिचार्ज गर्दा वा नयाँ जोड्दा थप ३ महिना बोनस
डिशहोमले ‘खुशीको सेलिब्रेसन’ नामक अफर सार्वजनिक गरेको छ । नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गर्दै डिशहोम…