कीवर्डहरू -

अपडेट

आईटी क्षेत्रमा लगानी गर्न सीएनआई उपाध्यक्ष हेमराज ढकालकाे आग्रह

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार टेकपीक नेपाल २०२४ लाई सम्बाेधन गर्दै ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले विदेशी लगानीकर्तालाई लगानी गर्न विशेष आग्रह गरेका हुन् ।

'नेपालकाे आईटी क्षेत्रले धेरै सम्भावना बाेकेकाे छ । यसलाई हामीले प्रवर्द्धन गर्न जरूरी छ । याे क्षेत्रमा लगानी गरेर फाइदा लिनुहाेस,' उनले अगाडि भने । डेटा सेन्टर राख्नका लागि पनि नेपालकाे तापक्रम उपयुक्त भएकाे बताउँदै उनले यसतर्फ पनि काम गर्नुपर्नेमा जाेड दिए ।

यस्तै कार्यक्रममा बाेल्दै एमचाम नेपालका संस्थापक अध्यक्ष अजित शाहले नेपालमा ८ वटा विश्वै अग्ला हिम श्रीङ्खला भएकाे र आईटी क्षेत्र नवाैं बन्न सक्ने बताए । पछिल्लाे समय चर्चामा रहेकाे प्रविधि एआईले विश्वकाे जीडीपी वृद्धिमा १० प्रतिशत याेगदान गर्ने जानकारी दिदै शाहले नेपालले पनि यसमा काम गर्नुपर्नेमा धारणा राखे ।

‘इग्नाइट इट, इन्भेष्ट इन नेपाल’ भन्ने नारासहित सुरू भएकाे टेकपिकमा नेपालले निर्यात गर्न सक्ने सूचना प्रविधि प्रडक्ट तथा सेवाहरूको सम्भावना बारे छलफल भइरहेकाे छ । नेपालको सूचना तथा सञ्चार प्रविधिको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै नेपाल उद्योग परिसंघ, अमेरिकन च्याम्बर अफ कमर्स र न्यास आईटीको संयुक्त आयोजना र लगानी बोर्डसँगको सहकार्यमा टेक पिक आयाेजना गरेकाे हाे ।

टेकपीकलाई युएसएआईडी, विश्व बैंक, युरोपेली संघ, ईसीसी, एशियाली विकास बैंक, आईएमई पे, नियोटेरिक, मार्चिङ आन्ट, लक्ष्मी सनराइज बैंक, एनएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर लगायतका संस्थाको सहयोग रहेको छ ।

 

अपडेट

नेपालका थप १७ शहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरू

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ ।

आईस्पानले भन्योः मर्मत तथा सम्भार गैरदूरसंचार सेवा हो, रोयल्टी लाग्दैन्

इन्टरनेट सेवा प्रदायकहरूले मर्मत तथा संभार शीर्षक गैरदूरसंचार सेवा रहेको र यसमा रोयल्टी नलाग्ने बताएका छन् । 

ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने

मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा …

जिडब्लुएमको नयाँ वर्ष अफर, ओरा ०३ इभी खरिदमा ५ लाखसम्मको फाइदा

जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘सानदार नववर्ष २०८…

एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ ।…

विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा …

६ वर्ष अघि सार्वजनिक भएको गूगलको पोडकास्ट सेवा बन्द हुँदै

अप्रिल २०२४ को शुरुवात संगै, गूगलले आफ्नो सेवाहरु मध्ये पोडकास्ट सेवा बन्द गर्न गइरहेको छ । अप्रिल २ पछि गूगल पोडकास्ट्स&nb…

विद्युतीय व्यापार विधेयक प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको छः सांसद पौडेल

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले विद्युतीय व्यापार विधेयक २०८० कानुन बुझेको तर प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको जस्…

एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै, १६ देशका टेक लिडर आउने

वैशाख ८ गते अर्थात अप्रिल २० मा नेपालमै पहिलो पटक एशिया प्यासिफिक आईसीटी अलायन्स (एपीआईसीटीए) बैठक बस्ने भएको छ ।

नेपाल एशोशिएसन फर सफ्टवेयर ए…

एचआर मिट २०२४ मा एनसेल दुई अवार्डबाट सम्मानित

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स…

राजस्व छलीको आरोपमा कोटिभिटी नेपाल विरूद्ध ५ अर्ब १८ करोड बढीको बिगो कायम गर्दै मुद्दा दायर

राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल विरूद्ध राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको छ ।&nb…

ट्रुकलरमा नयाँ एआई फिचर, स्प्याम कल रोक्न थप सहज हुुने

ट्रुुकलरले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित म्याक्स फिचर ल्याएको छ । नयाँ एआई फिचरले स्वचालित रूपमा सबै स्प्याम…

नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण

काठमाडौं विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता प्राप्त गरेको छ । आईतबार काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पा…

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी …

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

छोटो भिडियोको बजार दिनानुदिन बढिरहेको छ । रोजगार खोज्न सघाउने प्लेटफर्म लिंक्डइन शर्ट भिडियो बजारमा प्रवेश गर्ने भएक…