कीवर्डहरू -

अपडेट

४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

 प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामाग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारवाहीका लागि प्रहरीमा पठाउँदै आएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो ।

काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफ्वाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारवाही तिव्र पारिएको जनाएको हो ।

गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारवाही गर्दै आएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युबसहित विभिन्न अनलाइन सञ्चारमाध्यमलाई भएका कारवाहीबारे जनाइएको छ ।

काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ । त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुनेछन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टीभिअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामाग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको छ ।

पत्रकारिताको मूल्य मान्यताअनुरुप पत्रकारिता गर्ने उद्धेश्यका साथ सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्धेश्यका साथ काउन्सिलले कार्यविधि बनाई काम गर्दै आएको छ । हाल युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासाहरु बढ्दै गएको सन्दर्भमा कार्यविधि बनी नियमन गर्न थालिएको काउन्सिलले जनाएको छ ।

विज्ञप्तिमा मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचासंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिइ सचेत गराइएको, अरु ५ वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको उल्लेख छ ।

त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ । विधिवत रुपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटकपटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ ।

त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाइएको छ । विभिन्न खालका कारवाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।

null

अपडेट

बाढीले क्षति पुर्‍याएका उत्पादन सामसङले निःशुल्क मर्मत गरिदिने

अविरल बर्खाको वर्षाले नेपालका धेरै क्षेत्रमा बाढी र पहिरोको असर परेको छ । मानिसहरूको घरमा पानी जम्मा हुँदा सामसङ प्रडक्तहरूमा …

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान स्मार्टफोन

ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्रा…

विस्टाको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार निर्विरोध निर्वाचित

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेस अलायन्स (वि…

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइ…

टेक्नो फोन खरिद गर्दा दैनिक उपहारका साथै थाइल्याण्ड भ्रमण जित्ने अवसर

मोबाइल ब्राण्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । मनाऔँ चाडपर्व टेक्नोसँग नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहक…

बागमती प्रदेशमा सवारी चलाउँदा अब नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने

बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले नागरिक एपको भएको स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) देखाए पुग्ने भएको छ ।&nb…

आइएमई पेको डिजिटल दशैँ तिहार योजना, आईफोन १६ देखि पल्सर बाइकसम्म जित्ने अवसर

नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा  आइएमई पेले डिजिटल दशैँ तिहार २०८१ योजना  सार्वजनिक गरे…

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपुल्स च्वाइस अवार्ड

नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को म…

आईटी लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न कतारका लगानीकर्ता इच्छुक

नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न कतारका लगा…

स्मार्टफोनको स्टोरेज कसरी बढाउने ?

स्मार्टफोन अब केवल फोन या म्यासेज गर्न मात्र सीमित रहेन । आजभोलि यसको दायर धेरै फराकिलो भएको छ । स्टोरदेखि विभिन्न काम गर्नका ल…

सीजी नेटले ल्यायो हात खाली नरहने अफर, नवीकरण वा नयाँ जडान गर्दा स्कुटर जित्ने मौका

सिजी नेटले चाडपर्व लक्षित हातै खाली नरहने अफर ल्याएको छ । दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले असोज र कात्तिक महिन…

सरोकारवाला भन्छन्, ‘एआईलाई नियमन गर्नुपर्छ, नियन्त्रण होइन’

सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा-पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका…

डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका

डिशहोमले फाइबरनेटले नयाँ इन्टरनेट जोड्ने र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २…

असोजभित्र वित्तीय विवरण, रोयल्टी र आरटीडीएफ बुझाउन सेवा प्रदायकलाई नियामकको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकम दाखिला गर्न सेवा प्रदायकहरूलाई अनुरोध गरेको छ । प्राधिक…

एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वड…