अपडेट
शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधि
शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।
यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् ।
यस्तै मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए ।
उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरुले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे ।
व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।
विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए ।
एनसेलले प्रतियोगिताकी लागि सङ्कलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउन्डेसन मार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ।

प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन गरिएको सहयोगको महत्त्वलाई प्रकाश पारे। "खेल भन्दा बाहिर समेत महत्व बढाउदै, यो हाम्रो सामूहिक प्रयासको प्रभावले शिक्षा र सामुदायको विकासमा सहयोग पुऱ्याउने विश्वास छ,” जाब्बोरले भने ।
प्रतियोगितामा कुल ५५ टिमको सहभागित थियो जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो ।
एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ । यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर रु ३० लाख बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ ।

यस प्रतियोगितामा महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौं, फेयरफिल्ड मेरियट काठमाडौं, फ्लाई दुवई, होलिडेज् बाई फ्लाई दुवई, ह्वावे परनोड रिकार्ड (सिवास रिगल), क्लब हिमालय, रियल फ्रुट जुस, शिखर इन्स्योरेन्स, जेन नेक्स्ट र पेप्सी प्रायोजकका रुपमा रहेका थिए ।
अपडेट
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसनको नाम सार्वजनिक भइसकेको छ । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र…
एनवाईईएफ स्टार्टअप अवार्ड ४.० का लागि आवेदन खुल्यो
नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को शुभारम्भको घोषणा गरेको छ। यो प्र…
एप्पलले एमफोर चिप सहितको म्याकबुक प्रो र आईम्याक सार्वजनिक गर्ने
एप्पलले अर्को हप्ता धेरै ठूलो घोषणा गर्ने तयारी गरिरहेको छ । कम्पनीले २८ अक्टोबरमा केही ठूलो हुनेछ भनेर संकेत गरेको छ । कम्पनी…
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर सार्वजनिक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । राजधानीम…
एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग
स्थानिय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १३ प्रडक्ट
आइसिटी अवार्ड २०२४ मा उत्कृष्ट १३ प्रडक्ट छनोट भइसकेका छन् । आइसिटी अवार्डको प्रडक्ट विधामा प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समि…
ईसेवा र फोनपोइन्ट्सको सहकार्य: एकीकृत लौयल्टी प्वाइन्ट्स र आकर्षक अफरहरूको पहुँच पाउन सकिने
ईसेवाले फोनपोइन्ट्ससँग सहकार्य गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिई…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न …
टिकटकले २०२४ दोस्रो त्रैमासिकमा १७.८८ करोड भिडियो हटाएर सुरक्षित डिजिटल स्पेसमा जोड दिदै
टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धता अनुरुप २०२४ को दोस्रो क्वाटरका …
एसबी सोल्युसन्स र म्यागडटनेटबीच रणनीतिक साझेदारी
एसबी सोल्युसन्स प्रा. लि.ले सिंगापुरको प्रतिष्ठित प्रविधि कम्पनी म्यागडटनेट (Magdotnet)
स्प्याम कलबाट जोगिनका लागि एप्पलले नयाँ फिचर ल्याउँदै
एप्पल आफ्ना प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षाका लागि लोकप्रिय छ । हाल कम्पनी स्पाम कलहरूबाट जोगिनका लागि कलर आईडी फिचरमा काम …
इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज
रूपन्देहीको इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको छ ।
&nb…
एकीकृत डाटा व्यवस्थापन केन्द्रमा स्थायी दरबन्दी थप हुने
एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा स्थायी दरबन्दी थप हुने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा …
सरकारी कार्यालयमा अब क्युआर कोडबाटै फाइल ट्रयाकिङ हुने
अब सरकारी कार्यालयमा क्युआर कोडबाट फाइल ट्रयाकिङ हुने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकल…
चीन र दक्षिण एशियाका विश्वविद्यालयबीच सहकार्य, प्राविधिक आविष्कारमा जोड दिइने
मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एशियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ (Forum of University Presidents from Hub…