कीवर्डहरू -

अपडेट

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।

हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका छन् ।

सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका लागि निःशुल्क गरिएका छन् ।

१९१

जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिन्छ । १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशन अनुसार जीएसएमको लागि अंक १ सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ । त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिन्छ ।

१९७

नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ । त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ ।

हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमामा गएर पनि खोज्न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ ।

१९८

नेपाल टेलिकमका सेवाहरुका बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्न सकिन्छ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिन्छ ।

१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन कम्प्लेनको लागि अंक १, एडीएसएल कम्प्लेनको लागि अंक २, भिस्याट कम्प्लेनको लागि अंक ३, एफटीटीएच कम्प्लेनको लागि अंक ४ र लिज लाइन कम्प्लेनको लागि अंक ५ थिच्नुपर्छ ।

त्यसपछि दिइएको निर्देशन अनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्छ ।

१४९८

मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ । मोबाइल तथा वाइम्याक्स सेवा सम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगका बारेमा कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिन्छ ।

यसका अलावा नेपाल टेलिकमको कम्पनीको वेबसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट पनि कम्पनीका सेवाहरुका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।

अपडेट

नेपाली युवाको सक्रियतामा एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड सम्पन्न

धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रि…

एप्पलले अर्को वर्ष २ हजार डलरमा भिजन हेडसेट सार्वजनिक गर्ने

एप्पलले अर्को वर्ष २ हजार अमेरिकी डलरमा मूल्यमा भिजन प्रो हेडसेट सार्वजनिक गर्ने भएको छ ।

स्मार्ट ग्लास र क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल

एप्पलले सन् २०२७ सम्म स्मार्ट ग्लास (चश्मा) र क्यामेरा भएको एयरपड्स सार्वजनिक गर्ने भएको छ । ब्लुमबर्गका अनुसार एप्पलले मेटाले रेब्यान…

आवरण कला र लिपि साधनामा लागेका पौडेलले बनाए आवरण यूनिकोड

लामो समयदेखि आवरण कला र लिपि साधनामा लागेका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गरेका छन्।

महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा

महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

अब ईएमआईमा रियलमीका फोन खरिद गर्न सकिने, शुन्य प्रतिशत ब्याजदर

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शुन्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्य…

आविष्कार केन्द्रका इन्जिनियरले नेपालमै बनाए स्वचालित ड्रोन, परीक्षण पनि सफल

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै स्वचालित ड्रोन बनाएको छ । आविष्कार केन्द्रका इन्जिनियरहरुको टिमले ड्रोन विकास र सफल परीक्षण गरे…

टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन वर्कशप आयोजना

नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न …

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो ‘एम–कार्ड’ सेवा

माछापुच्छ्रे बैंकले ‘एम–कार्ड’ सेवा सुरु गरेको छ । यस सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो…

भारतीय उद्योगपति रतन टाटाको निधन, स्टार्टअप इकोसिस्टम विकासमा थियो महत्त्वपूर्ण योगदान

भारतका प्रशिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति ८६ वर्षको उमेरमा मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा निधन भएको हो ।…

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित…

एसएसडी र एचडीडीको इतिहास

कम्प्युटरको इतिहासमा हार्ड डिस्क ड्राइभ (एचडीडी) टेक्नोलोजी एकदमै पुरानो हो । १९५६ को विख्यात आइबिएम ३५० आरएएमएसी हार्डड्रा…

दशैंमा ज्योति विकास बैंकका ग्राहकहरूलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा

दसैँको अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । 

आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित तथा परिचित कार्यक्रम आइसिटी अवार्डको नवौं संस्करणको लागि नोमिनेसन प्रकृया सम्पन्न भएर …

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रम दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ योगदान

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेस…