कीवर्डहरू -

अपडेट

सुरक्षामा जोड दिदै टिकटक, कम्युनिटी गाइडलाइन्स अपडेट र क्रियेटरहरुका लागि नयाँ फिचर

टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ। 

यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू बुझ्नका लागि नयाँ सुविधाहरू र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश छन्। टिकटकले हेट स्पीच, स्वास्थ्य सम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसन सम्बन्धी नीतिहरूमा स्पष्ट परिभाषाहरू र थप विस्तृत जानकारी प्रदान गर्न आफ्नो कम्युनिटी गाइडलाइन्स परिमार्जन गरेको हो । 

यी परिवर्तनहरू टिकटकको नियम र प्रवर्तन प्रक्रियाहरूबारे प्रयोगकर्ताको बुझाइ र पारदर्शितामा सुधार गर्न डिजाइन गरिएको बताइएको छ । फर यू फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाँ इलिजिबिलिटि मापदण्ड लागू गर्दैछ । यी स्ट्याण्डर्डहरु उल्लङ्घन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियेटरका अकाउन्टहरू फर यू फिडमा सिफारिसको लागि अस्थायी रूपमा अयोग्य हुनेछन् । यसका साथै तिनीहरूको कन्टेन्ट सर्च रिजल्टहरूमा कम देखिनेछ । प्रभावित क्रियेटरहरूले नोटिफिकेसन प्राप्त गर्नेछन् र यी निर्णयहरूमा अपिल गर्ने मौका पाउनेछन्। 
टिकटकको नियमहरू बुझ्न क्रियेटरहरूलाई सहयोग गर्नका लागि प्लेटफर्मले वार्निंग स्ट्राइक सिस्टम प्रस्तुत गर्दैछ। पहिलो पटक कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने क्रियेटरले सुरुमा एउटा चेतावनी प्राप्त गर्नेछन् जुन उसको अकाउन्टको स्ट्राइक ट्यालीमा गणना हुने छैन। यसपछि हुने उल्लङ्घनहरू भने ट्र्याक गरिनेछ र तदनुसार दण्डित पनि गरिनेछ। टिकटकले क्रियेटरहरूलाई उनीहरूले उल्लङ्घन गरेका विशेष नियमहरूको बारेमा जानकारी दिनेछ र सम्भावित त्रुटिहरूको लागि अपील प्रक्रियामा मार्गदर्शन समेत प्रदान गर्नेछ।

क्रियेटरहरूलाई थप समर्थन गर्न टिकटकले 'अकाउन्ट चेक' नामक नयाँ सुविधा पनि ल्याइरहेको छ । यो टुलले क्रियेटरहरूलाई टिकटकमा उनीहरूको स्थितिको ओभरभ्यु प्रदान गर्दै उनीहरूको अकाउन्ट र हालका पोस्टहरू अडिट गर्न अनुमति दिनेछ । 'अकाउन्ट चेक'ले गाइडलाइन्स उल्लङ्घनका कारण कमेन्ट गर्न वा डाइरेक्ट मेसेज पठाउने जस्ता सुविधाहरूमा हुने कुनै पनि प्रतिबन्धहरूलाई संकेत गर्दछ भने ‘फर यू’ फिडबाट हटाइएका वा प्रतिबन्धित सामाग्रीलाई हाइलाइट पनि गर्दछ। यो सुविधाले अवस्थित 'अकाउन्ट स्टेटस' पेजलाई क्रियेटरले प्लेटफर्मका नियमहरू पालना गरेको विस्तृत दृश्य प्रदान गर्न समेत सघाउँछ।

यसका साथै टिकटकले टिकटक क्रियेटरका लागि ‘आचार संहिता’ पनि प्रस्तुत गर्दैछ जसले टिकटकका प्रोग्रामहरु, यसले दिने सुविधा, इभेन्ट र अभियानहरूमा भाग लिने क्रियेटरहरूका लागि मापदण्डहरू सेट गर्नेछ। आगामी हप्ताहरूमा लागू हुने यस कोडले सबै सहभागीहरूका लागि एक सुसंगत र सकारात्मक अनुभव सुनिश्चित गर्दै प्लेटफर्मभित्र र बाहिर दुवै ठाउँमा क्रियेटरहरूको जिम्मेवारीहरूलाई स्पष्ट रूपरेखा दिने जनाइएको छ ।
 
 

अपडेट

फूड प्रिन्टिंग टेक्नोलोजी : अब एउटा बटन क्लिक गरेरै स्वादिष्ट खाना पाक्ने

अहिले सम्म तपाईले थ्रीडी प्रिन्टरको बारेमा सुन्नु भएको होला, यसको प्रयोग प्लाष्टिकका खेलौना र यस्तै धेरै कुराहरु बनाउन प्रयोग गरि…

नेपाललाई 'ग्लोबल टेक हब' बनाउन बजेटका लागि यस्ता छन् नास आईटीका सुझाव

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आर्थिक वर्ष २०८१(८२ बजेटका लागि विभिन्न सुझावहरू दिएको छ ।

आईतबार राजध…

कृषि औजार कारखानाको जिम्मा लिएपछि आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार त…

सामसङले आफ्नो फोल्डिंग फोनमा क्वालकम स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर प्रयोग गर्ने

सामसङले आफ्नो अर्को फोल्डेबल फोनमा स्न्यापड्रागन चिपसेट प्रयोग गर्ने तयारी गरिरहेको छ । द इलेकको रिपोर्ट अनुसार कम्पनीले आफ्नो आगा…

वर्ल्डलिंकको इन्टरनेटमा समस्या

वर्ल्डलिंकको लगायतको इन्टरनेटमा समस्या देखिएको छ । शुक्रबार बिहान ११ बजेदेखि इन्टरनेट स्लो वा नचल्ने समस्या देखिएको हो । 

सामाजिक सञ्जाल लगायतबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न विज्ञापन बोर्डको अपिल

विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण …

माइडिया ब्रान्डको डिशवाशर नेपालमा

माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ । 

विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर, ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर गरेको छ…

आईओएस १७.५.१ अपडेट जारी, डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने

एप्पलले डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने नयाँ अपडेट जारी गरेको छ । एप्पलको पछिल्लो आईओएस १…

क्यूआर कोडबाटै फाइल शेयर गर्न सकिने सुविधा ल्याउँदै गूगल

गुगलले एन्ड्रोइड डिभाइसहरूमा क्वीक सेयरिंगका लागि क्यूआर कोड ल्याउने काम गरिरहेको पाइएको छ । अहिलेसम्म क्वीक सेयरिंग सुविधा ब्ल…

एक्सप्रेस टी ट्याक्सी खरिद गर्ने चालकहरूलाई पठाओमा निःशुल्क दर्ता सुविधा

सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्न…

बारा र पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले पर्सा र बाराका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ। क…

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गर्ने सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना …

वीरगञ्जमा पनि विस्तार भयो भोज, अब अनलाइन फुड डेलिभरी र पार्सल सेवा लिन सकिने

नेपालको सबैभन्दा लोकप्रिय अनलाइन खाना, किराना, र पार्सल डेलिभरी कम्पनीले भोजले वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । योसँ…

गूगल वान भिपिएन बन्द हुँदै

आगामी जुन २०, २०२४ देखि गूगल वान भिपिएन बन्द हुने भएको छ । यसअघि पनि गूगल वान भिपिएन बन्द भएको खबर आएको थि…