अपडेट
आईसीपी २ नीति: संशोधनसहित सुरक्षा, सुशासन र सामुदायिक सहभागिताको आवश्यकता
केही समय अगाडि न्युजिल्यान्डमा भएको एपीएनआईसी ५८ कन्फेरेन्स इन्टरनेट को–अर्डिनेसन पोलिसी २ (आईसीपी–२) को ऐतिहासिक महत्त्व र भविष्यमा गरिने संशोधनहरूमा केन्द्रित भएको थियो ।
लगभग २५ वर्षअघि विकास गरिएको आईसीपी–२ ले नयाँ क्षेत्रीय इन्टरनेट रजिस्ट्रीहरू (आरआईआर) जस्तै ल्याकनिक र अफ्रिनिकलाई मान्यता दिने मापदण्डहरू निर्धारण गरेको थियो ।
विगत दुई दशकमा यसले विश्वव्यापी इन्टरनेट समुदायलाई राम्रोसँग सेवा दिएको छ । तर इन्टरनेटको परिदृश्यमा आएको परिवर्तन, समुदायको बढ्दो चासो, जटिलता, र इन्टरनेटको विश्वव्यापी महत्त्वको कारण नीतिलाई पुनः संशोधन गरिनुपर्ने आवश्यकता रहेको छ ।
साथै, सुशासनमा भएको कमजोरी, प्राविधिक क्षमताको चुनौती र बढ्दो सुरक्षा जोखिमजस्ता समस्याहरूलाई पनि यसमा सम्बोधन गर्नुपर्ने देखिन्छ । यस सेसनमा इन्टरनेट क्षेत्रका अनुभवी विज्ञहरूसहितका प्यानलिस्टहरूले यस नीति पुनःसंशोधनमा जोड दिएका थिए । यसले नयाँ प्रविधि र परिवर्तनशील डिजिटल परिदृश्यसँग नीतिलाई अनुकूल बनाउन सहयोग पुर्याउन उनीहरूको तर्क छ ।
विशेषगरी, सुरक्षा, गोपनीयता र प्राविधिक क्षमतासँग सम्बन्धित शासन र नीतिगत चुनौतीहरूलाई समाधान गर्न आवश्यक रहेको सेसनमा जोड दिइएको थियो । यस सेसनको उद्देश्य भनेको आरआईआर प्रणालीलाई सुदृढ पार्नु र भविष्यका लागि यसको स्थिरता सुनिश्चित गर्नु थियो ।
यस नीतिले नयाँ आरआईआरलाई मान्यता दिने मापदण्डहरू मात्र होइन, विद्यमान आरआईआरको सञ्चालनात्मक अखण्डता, सुशासन र प्राविधिक क्षमतालाई पनि सम्बोधन गर्नुपर्ने देखिन्छ ।
सेसनमा भएका मुख्य छलफल
सुरक्षा र गोपनीयता
साइबर जोखिमको बदलिंदो स्वरूपका कारण आरआईआरहरूले सुरक्षा र गोपनीयतालाई प्राथमिकतामा राख्नुपर्ने विषगमा छलफल गरिएको थियो । यी अब केवल प्राविधिक चुनौती मात्र होइनन्, यी सुशासनका मुद्दाहरू पनि हुन्, जसलाई आईसीपी–२ को संशोधित संस्करणमा प्राथमिकतामा राख्न आवश्यक छ ।
सामुदायिक सहभागिता
आईसीपी–२ पुनः संशोधनका लागि एक समावेशी र बलियो प्रक्रिया आवश्यक भएको वक्ताहरूले जोड दिएका थिए । यसका लागि सरकार, निजी क्षेत्र, नागरिक, र औद्योगिक बहुपक्षीय निकायहरूदेखि नयाँ इन्टरनेट प्रोफेसनलहरूको सहभागिताको आवश्यकता रहेको औल्याइएको थियो ।
पुस्ता र क्षेत्रहरूको सन्तुलन
अनुभवी प्रोफेसनलहरूको साथै युवा पुस्ताको दृष्टिकोणलाई समेट्ने कुरामा पनि छलफल भएको थियो । आईसिपी–२ को आगामी संशोधनले विश्वव्यापी इन्टरनेट समुदायलाई इन्टरनेट शासनको भविष्य निर्माण गर्न सघाउने महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको छ ।
यो केवल प्राविधिक प्रक्रिया मात्र होइन, यसले इन्टरनेटलाई खुला, भरपर्दो, समावेशी, र सुरक्षित बनाउने महत्त्वपूर्ण कामका लागि भूमिका निर्वाह गर्दछ, जुन आगामी २५ वर्ष र भविष्यसम्म पनि निरन्तर रहनेछ ।
इन्टरनेट समुदायले आईसिपी–२ लाई सुदृढ बनाउन र संशोधन गर्न निरन्तर काम गर्दै जाँदा, सबैका लागि समावेशी, सुलभ र बलियो इन्टरनेट सुनिश्चित गर्ने विकासहरूमा अपडेट भइरहनेछ ।
(लेखक श्रेष्ठ, एपनीक कोअपरेसन एसआईजीका सह-अध्यक्ष तथा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष हुन् )
अपडेट
राष्ट्रिय परिचयपत्र र नागरिक एपबीच अन्तरआवद्धता कायम हुने
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआवद्धता हुने भएको छ ।
कात्…
कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, यस्तो छ थाहा पाउने तरिका
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय पर…
स्पेनमा हुने एफआइए मोटर स्पोर्टस् खेलमा तीन नेपाली खेलाडी सहभागी हुने
अक्टोबर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटर स्पोर्टस् गेम्स २०२४ मा तीन नेपाली खेलाडी सहभागी हुने निश्चि…
ड्राइभिङ लाइसेन्सको ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने भएको छ । यो व्यवस्था आईतबारद…
ट्राफिक प्रहरीले अब कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्न सकिने
ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँका ठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ।
टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि बझाङको खप्तडछान्ना सञ्चारविहीन
गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ। गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेल…
प्रिमियम लाइट सब्सक्रिप्शन पुन: परीक्षण गर्दै युट्युब
युट्युबले प्रिमियम लाइट सब्सक्रिप्शनको पुन: परीक्षण गरिरहेको छ । युट्युबको प्रिमियम लाइट सब्सक्रिप्सन सेवा अष्ट्रेलिया, जर्मनी र थाइल्…
कम शो पाएपछि निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’, अब ओटीटीमा उपलब्ध हुने
स्वस्तिमा खड्का र निश्चल बस्नेतको चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लेटफर्ममा आउने भएको छ ।
नेपालमा अब टिकटकबाटै बाढीको सही सूचना पाइने, एपभित्रै विपद् पोर्टल एकीकृत
नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोको प्रतिक्रियास्वरूप, टिकटकले प्रयोगकर्ताहरूलाई समयमै सही सूचनाको पहुँच सुनिश्चित गर्न…
एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने
एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने भएको छ । एप्पलले बिजनेस कनेक्ट कार्यक्रममा यसको बारे जानकारी दिएको थियो …
सानो मोड्युलर न्युक्लियर रिएक्टरहरू निर्माण गर्दै अमेजन
अमेजनले सानो मोड्युलर न्युक्लियर रिएक्टरहरू (SMRs) निर्माण गर्न तीन नयाँ सम्झौताहरू घोषणा गरेको छ । यसका लागि वासिङ्ट…
भन्सार छलेर ल्याइएको १० लाख बराबरको मोबाइल एसेसरिज लगायतका सामान बरामद
पर्सामा सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा ‘मोबाइल…
नुवाकोटमा अब उपभोक्ताको गुनासो क्युआर कोडबाटै
जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ।
चाडपर्वमा …
थ्रेड्समा पनि अब एक्टिभिटी स्टाटस फिचर
थ्रेड्सले एक्टिभिटी स्टाटस फिचर रोल गर्न थालेको छ । यस फिचरबाट डिफल्ट रूपमा नै अन्य प्रयोगकर्ता अनलाइनमा रहेको वा नरहेको थाहा पा…
एडोबले रोलआउट गर्न थाल्यो एआई भिडियो टुल, ओपनएआईको सोरालाई टक्कर दिने
एडोबले एआई भिडियो टुल रोलआउट गर्न सुरू गरेको छ । एडोबले टेक्स्टबाट भिडियो बनाउन सकिने फायरफ्लाई एआई भिडियो मोडल रोलआउट गर्न …