अपडेट
गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी
सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको छ । महिला तथा किशोरीहरुलाई प्राविधिक शिक्षा तथा प्रविधि क्षेत्रमा रुचि बढाउने उद्देश्यका साथ डब्लूआइआइटीले प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको हो ।
डब्लूआइआइटीले आगामी वैशाख १३ गते विभिन्न ठाउँमा प्रभातफेरि अर्थात वाकाथन गर्नेछ । यो प्रभात फेरि मध्यपुर ठिमीको वडा ४, ५ र ६ वरीपरि सञ्चालन हुुनेछ । विहान ६ः५० देखि सुुरु हुने वाकाथन मध्यपुर ठिमीको आदर्श माध्यमिक विद्यालय देखि सुरु हुनेछ । अप्रिल २६ अर्थात वैशाख १४ मा डब्लूआइआइटीले एजुकेट हर शी क्यान लिड विषयमा कन्फेरेन्स सञ्चालन गर्ने भएको छ ।
बिहान ११ बजे देखि सुरु हुने कन्फेरेन्स मध्यपुर ठिमीको मध्यपुर बैंक्वेटमा सञ्चालन हुनेछ । यस कन्फेरेन्समा प्रमुख अतिथिको रुपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगबती चौधरी रहेकी छिन् ।
यसैगरी अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ पनि कार्यक्रममा उपस्थित हुनेछन् । कन्फेरेन्समा प्रस्तुती पनि रहेका छन् । प्राविधिक नेतृत्वको यात्रा विषयमा एनसेलकी सीटीओ लेना केशरी कंसारले प्रस्तुती दिने छिन् भने आइसिटीमा महिलाको चुनौती र अवसरहरूः नयाँ पुस्ताको यात्रा विषयमा सिएसआईटी एसोसिएसन अफ नेपालकी पूर्व अध्यक्ष रोजिना डाँगीले प्रस्तुती दिने छिन् ।
यसैगरी यूएस एड इक्वीटी एण्ड इन्क्लुजन इन एजुकेशन, प्लान इन्टरनेशनलकी पार्टी प्रमुख, सजना अमात्य कार्यक्रममा वक्ताको रुपमा रहेकी छिन् ।
अपडेट
एन्ड्रोइड १५ मा एनएफसी चार्जिङ सपोर्ट उपलब्ध हुने
हाल गुगलले अहिले एन्ड्रोइड १५ सिस्टममा काम गरिरहेको छ । यसको पहिलो डेभलपर प्रिभ्यू भर्खरै जारी गरिएको छ । यसमा धेरै नयाँ…
दृष्टिविहीनलाई बाटो देखाउने साथी बन्दै प्रविधि
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सव…
थ्रेडमा सर्च गर्न सजिलो बनाउने फिचर आउँदै
थ्रेड्समा कुनै पनि विषय सर्च गर्न सजिलो बनाउने गरी नयाँ फिचरमा काम गरिरहेको छ । मेटाले थ्रेड्समा रिसेन्ट फिल्टरक…
अब मेसेन्जरमार्फत पनि एचडी फोटो पठाउन सकिने
अब फेसबुक मेसेन्जरबाट पनि राम्रो गुणस्तर अर्थात एचडी क्वालिटीको फोटो पठाउन सकिने भएको छ । एचडी क्वालिटीको फोट…
डिशहोमको सीईओमा तारा मानन्धर नियुक्त
डिश मिडिया नेटवर्क (डिशहोम) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्ष…
सन सेक्युरिटिजले सुरू गर्यो भिडियो केवाईसी सेवा
सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) ले भिडियो केवाईसी सेवा सुरू गरेको छ ।
योसँगै अ…
स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका
रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु …
नयाँ लुक र सुविधासहित गूगल क्रोम ब्राउजर
गुगलले क्रोम ब्राउजरलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ । यसमा बुकमार्क, पठन सूची र हिस्ट्रीलाई नयाँ आयाम दिइएको छ । यसमा ब्राउजरक…
डिशहोमको मिसन ८१ योजना, ३ हजारमै वर्षभरिको रिचार्ज
नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले ग्राहकका लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । यस योजनामा डिशहोमका ग्र…
इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गर्दै मेटा
मेटाले इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गरिरहेको छ । कम्पनीले इन्स्टाग्रामको सर्च बार र च्याटमा मेटा एआई राख्ने गरी परीक्षण …
प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्बन्धि सम्झौता
प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौत…
सीजी इलेक्ट्रोनिक्सका ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर
चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्…
सञ्चालनमा आयो निओ मनिट्रान्सफर, विदेशबाट पठाएको रकम केही सेकेण्डमै बैंक खातामा आउने
परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रु…
१८ शहरमा विस्तार भयो पठाओ
राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ ।