अपडेट
आइएमई पेबाट मात्र १ रूपैयाँमा हवाई टिकट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आउदै गरेको नेपालीहरुको महा चाडपर्व- दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र १ रूपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले रु. १ मा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको १ रूपैयाँअतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।
साथै आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु. ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनुहुनेछ।
चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको छ।
आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिनुभएको छ ।
साथै आइएमई पेमार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीहरुले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्छन्।
आइएमई पेका प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्ने समयमा "IME Pay Refundable" विकल्प सजिलैसँग स्विच गर्न सक्छन् र थोरै प्रिमियम तिरेर यसको फाईदा पूर्ण उठाउन सक्छन्। योजनाहरूमा परिवर्तन आउँदा, प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्नेछन् ।
अपडेट
स्काईवर्थ सोरूमबाट सामान खरिद गर्दा अधिकारीले पाए माइक्रोवेभ उपहार
केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई…
हाम्रो बजारबाट अब किस्ताबन्दीमा सामान किन्न पाइने, ६ महिनासम्म कुनै ब्याज नलाग्ने
नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको …
असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने
नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा आन्टरप्रेनर समिट नेपाल २०२४ हुने भएको छ । असोज १९ गते काठमा…
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी
मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी प…
एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिक…
एप्पलका पूर्व डिजाइनरसँग मिलेर एआई डिभाइस बनाउँदै च्याटजीपीटी
एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभ अहिले जनरेटिभ आर्टिफिसियल इंटेलिजेन्स (एआई) डिभाइसमा काम गर्दैछन् । एआई कम्पनी ओपन …
साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट
चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओ…
सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने
सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड मागेर आफै सेवा दिने भएको छ । असोज ७ गते बसेको सचिव बैठकले खरिद गरेका स…
सरकारले उपभोक्ताको गुनासो सुनुवाई गर्न एप विकास गर्ने, क्युआरबाटै नागरिक बडापत्र पढ्न सकिने
उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाई गर्न क्युआर कोडसहितको एप विकास गर्ने भएको छ ।
फेसबुक, क्लबहाउसमा विज्ञका नाममा आउने विश्लेषणलाई आधार मानेर लगानी नगर्न नेप्सेको अनुरोध
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सामाजिक सञ्जालमा विज्ञका नाममा आउने विश्लेषणलाई मात्रै आधार बनाएर लगानी नगर्न अनुरोध गर…
सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप
नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसा…
यी सुविधा, जुन एन्ड्रोइड स्मार्टफोनमा छन् आइफोनमा छैनन्
विश्वमा यतिबेला एप्पलको नयाँ आइफोन सिरिज १६ को निकै चर्चा भइरहेको छ । धेरै मानिसहरू आइफोन १६ किन्न इच्छुक देखिएका छन् । …
२५ सेप्टेम्बरमा मेटा कनेक्ट २०२४, सार्वजनिक हुनेछन् क्वेस्ट ३ एसभीआर र अरिअन एआर ग्लास
मेटाको वार्षिक इभेन्ट मेटा कनेक्ट २०२४, २५ सेप्टेम्बरमा आयोजना हुँदैछ । यो मेटाको ठूलो वार्षिक कार्यक्रम हो, जहाँ नयाँ हार्डवेयर…
हुम्लाको सिमकोट गाउँपालिकामा टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान हुँदै
हुम्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सु…
नेपाल पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा टिभीदेखि स्मार्टफोनसम्म जित्ने मौका
दशैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी …