अपडेट
फुडमाण्डुुको नयाँ वर्ष फिस्ट क्याम्पेन सार्वजनिक, खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को सुरुवात गर्न पाउने भएका छन् । ग्राहकहरुले चैत्र २५ देखि बैशाख ७ सम्म फुडमाण्डुुुको एप मार्फत यस क्याम्पेनको विशेष अफरहरुको फाइदा उठाउन सक्नेछन् ।
‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन मार्फत ग्राहकहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै फ्ल्यास सेल अन्तर्गत जम्मा रु. ८२ मा निश्चित खाने कुराहरु उपलब्ध हुनेछन् भने लोकप्रिय खानाहरूमा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ʻडबल द जोय’ अफरहरूमा ʻबाई–वन–गेट–वन’ अफर समावेश गरिएको छ । यी अफरहरूले ग्राहकहरूलाई नयाँ वर्षभर उत्सव मनाउन थप विकल्पहरु प्रदान गरेको छ ।
‘फुडमाण्डुुुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ शुरु भएको यो क्याम्पेनको उद्देश्य नेपाली नयाँ वर्ष २०८२ लाई अझ भव्य र रमाइलो बनाउने रहेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले आफ्नो लागि, परिवारको लागि अथवा साथीभाईको लागि विशेष छुटमा स्वादिष्ट परिकारहरु मगाएर अझ रमाइलो समय बिताउन सक्नेछन् ।
क्याम्पेनका बारेमा बोल्दै फूडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन, “नयाँ वर्ष भनेको रमाइलो गर्ने समय हो र हरेक रमाइलो पलहरुमा खानाको विशेष भूमिका रहन्छ । यस नयाँ वर्ष क्याम्पेन मार्फत हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट खानाको साथै विशेष अफर प्रदान गरेर उहाँहरुको नयाँ वर्षलाई अझै रमाइलो र स्मरणीय बनाउने लक्ष्य लिएका छौ ।”
फूडमाण्डुले गुणस्तरीय र भरपर्दो डेलिभरी मार्फत ग्राहकहरूलाई उनीहरुको मनपर्ने रेस्टुरेन्टसँग जोड्दै मुख्य शहरहरूमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ । १,००० भन्दा बढी रेस्टुरेन्टहरूको बढ्दो नेटवर्क र उत्कृष्ट ग्राहक सेवा सहित फुडमाण्डुुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवल वरिपरिका आफ्ना ग्राहकहरूका लागि यो नयाँ वर्षलाई स्वादिष्ट र यादगार बनाउन प्रतिबद्ध रहेको छ ।
अपडेट
इन्फिनिटी लघुवित्तले कर्जा लगायत अन्य भुक्तानी अब सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने
इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसै…
नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सव’
पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । &lsq…
नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला
टेक्नोलोजीको क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ लामा ४ एआई मोडेल श्रृंखलाको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुन…
अब एआई आफैं सिक्नेछ! चीनको नयाँ मोडेलले प्रशिक्षण बिना काम गर्ने
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई केही समयअघिसम्म एक महँगो प्रविधिको रूपमा हेरिन्थ्यो, तर डिपसिक को आगमनपछि यो भ्रम समाप्त भएको छ । सामान्यतया कुनै पनि एआई…
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अम…
सीजीको नयाँ वर्ष योजना, सामान खरिदमा ६१ हजारसम्म क्यासब्याक
नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ…
इन्फिनिक्सको नयाँ स्मार्टफोनले अब परफ्युमको काम पनि गर्ने
अहिलेसम्म मोटोरोला आफ्नो प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन आफ्नो स्मार्टफोनको बक्सभित्र परफ्युमको प्रयोग गर्दथ्यो । जसका कारण प्र…
एलजी नेपालको नयाँ वर्ष अवसर, ४० प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने
एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ । '४० वर्षदेखि घरघरमा एलजी' भन्न…
इन्स्टाग्रामका ३ विकल्प
इन्स्टाग्राम अहिले संसारकै सबैभन्दा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू मध्ये एक बनिसकेको छ, जसका २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । फोट…
राष्ट्र बैंकले सन् २०२६ सम्ममा डिजिटल मुद्राको पाइलट परीक्षण गर्ने, प्रोटोटाइप तयार
नेपाल राष्ट्र बैंकले सन् २०२६ सम्ममा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को पाइलट परीक्षण गर्ने भएको छ । २०७७-२०८१ सम्ममा राष्…
८ विधामा नेशनल आइसिटी अवार्ड प्रदान गर्दै सरकार, कसरी दिने आवेदन ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) का लागि आवेदन खुला गरेको छ…
अमेरिकी स्वामित्व बिक्रीका लागि टिकटकले पायो पुन: ७५ दिनको समय
टिकटकले अमेरिकाको स्वामित्व बेच्न पुनः ७५ दिनको समय पाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कम्प…
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्न सुरू गरेको छ । विभागले सार्वजन…
विश्वकै सानो पेसमेकर विकास: इन्जेक्सनबाटै राख्न सकिने, प्रकाशबाट चल्ने
अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका इन्जिनियरहरूले विश्वकै सबैभन्दा सानो पेसमेकर विकास गरेका छन् । यो पेसमेकर यति सानो छ कि ज…
४ मेगावाट घण्टा क्षमता भएको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्दै घाम पावर
घाम पावरले प्राक्टिकल एक्सन र स्वानबार्टनसँग मिलेर नेपालमा सबैभन्दा ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ । यसका लागि सं…