अपडेट
नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीहरुमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने उनले बताएकी हुन् ।
‘विभिन्न नियमनकारी निकायहरुले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि डराउने गरेको देखिएको छ,’ मन्त्री शर्माले भनिन, ‘तपाई कर्मचारीले नडराएर नविराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ । कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन ।’
गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले गल्ती नगर्नेहरु डराउन नपर्ने बताइन । ‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔं’– मन्त्री शर्माले दोहोर्याइन, ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरुलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु ।’
अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून नै रहेको उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने भएकाले हरेक कर्मचारीले देश बनाउँछु र म पनि बन्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्ने धारणा राखिन । सफा नियतका साथ काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माको भनाइ छ ।
सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उनले डिजिटल नेपाल निर्माणको महत्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याउन अनिवार्य रहेको बताइन ।
‘हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्याउने भनेका छौं तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ’– मन्त्री शर्माले भनिन, ‘यो डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न नेपाल टेलिकमले अघि सारेका परियोजनाहरु जतिसक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु ।’
नेपाल टेलिकमका कर्मचारीहरुले आफ्नो पेशागत हितका साथै कम्पनीको उन्नति र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव थियो । आज दूरसञ्चार बजारमा पुराना सेवाहरुको खपत घटेकाले नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहितको द्रूत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने उनले बताइन ।
कर्मचारी संगठनका साथै टेलिकमका प्रादेशिक तथा जिल्ला कार्यालयबीच काममा प्रतिष्पर्धा गराउन व्यवस्थापन पक्षलाई आग्रह गर्दै मन्त्री शर्माले सेवा वृद्धि गरेर ब्यापार बढाउने र देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याएर डिजिटल नेपाल निर्माणको अभियानमा नेतृत्व लिनुपर्ने बताइन ।
देशका सबै ठाउँमा सहजरुपमा गुणस्तरीय इन्टरनेट सेवा दिने हो भने लाखौं युवाहरु नेपालभित्रै बसेर सेवा निर्यात गर्न सक्षम हुने र यसबाट ठूलो मात्रामा बैदेशिक मुद्रा भित्रने भएकाले मुलुकको समृद्धिका लागि अब धेरै भन्दा धेरै डिजिटल पूर्वाधारको विकास गरेर जानुपर्ने उनको भनाइ छ ।
अपडेट
दृष्टिविहीनलाई बाटो देखाउने साथी बन्दै प्रविधि
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सव…
थ्रेडमा सर्च गर्न सजिलो बनाउने फिचर आउँदै
थ्रेड्समा कुनै पनि विषय सर्च गर्न सजिलो बनाउने गरी नयाँ फिचरमा काम गरिरहेको छ । मेटाले थ्रेड्समा रिसेन्ट फिल्टरक…
अब मेसेन्जरमार्फत पनि एचडी फोटो पठाउन सकिने
अब फेसबुक मेसेन्जरबाट पनि राम्रो गुणस्तर अर्थात एचडी क्वालिटीको फोटो पठाउन सकिने भएको छ । एचडी क्वालिटीको फोट…
डिशहोमको सीईओमा तारा मानन्धर नियुक्त
डिश मिडिया नेटवर्क (डिशहोम) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्ष…
सन सेक्युरिटिजले सुरू गर्यो भिडियो केवाईसी सेवा
सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) ले भिडियो केवाईसी सेवा सुरू गरेको छ ।
योसँगै अ…
स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका
रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु …
नयाँ लुक र सुविधासहित गूगल क्रोम ब्राउजर
गुगलले क्रोम ब्राउजरलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ । यसमा बुकमार्क, पठन सूची र हिस्ट्रीलाई नयाँ आयाम दिइएको छ । यसमा ब्राउजरक…
डिशहोमको मिसन ८१ योजना, ३ हजारमै वर्षभरिको रिचार्ज
नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले ग्राहकका लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । यस योजनामा डिशहोमका ग्र…
इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गर्दै मेटा
मेटाले इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गरिरहेको छ । कम्पनीले इन्स्टाग्रामको सर्च बार र च्याटमा मेटा एआई राख्ने गरी परीक्षण …
प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्बन्धि सम्झौता
प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौत…
सीजी इलेक्ट्रोनिक्सका ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर
चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्…
सञ्चालनमा आयो निओ मनिट्रान्सफर, विदेशबाट पठाएको रकम केही सेकेण्डमै बैंक खातामा आउने
परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रु…
१८ शहरमा विस्तार भयो पठाओ
राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ ।
कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्रीमा लाइक, कमेन्ट, ट्याग र रिपोष्ट गरे कारवाहीको चेतावनी
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कसैप्रति घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्…