कीवर्डहरू -

अपडेट

वडामै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने व्यवस्था मिलाउन सीडीओहरूलाई गृहको निर्देशन

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमै सङ्कलन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएको छ । 

जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा सकभर वडास्तरमा नै विवरण संकलनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गरेको गृह मन्त्रालयले जनाएको छ ।  

नेपाल सरकारबाट पहिलो चरणमा २०८१ श्रावण १ गते देखि तोकिएका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय नम्बर आवश्यक पर्ने गरी निर्णय भए पश्चात जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीहरुको भीड बढेको र जेष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सेवा लिन असहज भएको भन्ने जनगुनासो आउने गरेको छ । 

त्यसै अनुसार मन्त्रालयले सेवाग्राहीहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा राष्ट्रिय परिचयपत्र लागु भएका २८ जिल्लामा ४३८ जना विवरण दर्ता अपेरटर खटाइएको छ भने सेवाग्राहीहरुको चापका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पायक पर्ने उपयुक्त स्थानमा विवरण दर्ता स्टेशनहरु सञ्चालनको व्यवस्था मिलाउन सक्ने गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रदान गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । 

जिल्ला प्रशासन कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राहीहरुलाई अशक्तको हकमा तत्काल र अन्यको हकमा पहिले आउनेले पहिला सेवा प्रवाहको आवश्यक व्यवस्था मिलाउन समेत सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिसकिएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा समेत भाद्र मसान्तसम्म परिचय नम्बर प्राप्त गरी लाभग्राहीको परिचयपत्र नविकरण गरेमा श्रावण १ गते देखि कै सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने कानूनी व्यवस्था रहेको छ ।

बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकोले सो कुरालाई मनन गरी आफूलाई अनुकूल समयमा सेवा लिनुहन समेत मन्त्रालयले अनुरोध गरेको छ । 

साथै जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा सकभर वडास्तरमा नै विवरण संकलनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गरिसकिएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी यस कार्यमा आवश्यक सहजीकरण गर्न सबै स्थानीय तहलाई गृहले आग्रह गरेको छ । 

null
 

अपडेट

कतार एयरवेजको वेबसाइटबाट हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

विपद्को बेला इन्टरनेट सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद्का संभावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध …

सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’  अफर सार्…

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाउ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि–ब…

एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी

एनभीडीया विश्वकै मूल्यवान कम्पनी बन्न सफल भएको छ । मंगलबार शेयर मूल्यमा वृद्धि भएसँगै माइक्रोसफ्टलाई उछिन्दै एनभीडीया विश्वको सबै…

पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई-फाइभ ईभी खरिद गर्दा १ लाख ५० हजार रूपैयाँ बोनस

 नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो ग…

बढ्यो टियागो ईभीको मूल्य

टाटा मोटर्सको विद्युतीय गाडी टियागोको मूल्य १ लाख रूपैयाँले वृद्धि भएको छ । बजेटमार्फत कर बढेसँगै टियागो इभीको सबै मोडलहरूमा…

पातलो आईफोन, म्याकबुक प्रो र वाच ल्याउने योजनामा एप्पल

एप्पलले पातलो आईफोन, म्याकबुक प्रो र एप्पल वाच ल्याउने योजना बनाएको छ । ब्लूमबर्गको मार्क गुरम्यानका अनुसार एप्पलले आईप्याड बाहेक …

बससेवा डटकमले हरेक टिकटबाट एक रूपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने

अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ ल…

राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले १८ जिल्लामा पठायो उपसचिव

राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटा…

ह्वाट्सएपमा स्वायत्त डार्क मोड अन गर्न के गर्ने?

मेटाको च्याटिङ एप ह्वाट्सएप संसारभरका लाखौं प्रयोगकर्ताहरूले प्रयोग गरिरहेका छन् । यस एपको प्रयोग च्याटिङमा मात्र सीमित छैन् ।

…

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न सञ्चारमन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न माताहतका न…

आयोन वाई ईभी ५ लाख ८५ हजार डाउनपेमेन्टमा खरिद गर्न सकिने

जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइको खरिदमा अफरको घोषणा गरेको छ । जसअनुसार ५ लाख ८५ हजार डाउनपेमेन्टमा ग…

अनलाइनबाट जुवा खेलाउने ६ जना पक्राउ, २४ करोड बराबरको शंकास्पद कारोबार

उल्फ ७७७ अनलाइन क्यासिनोबाट अनलाइन जुवा खेलाउने ६ जनालाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।