अपडेट
क्यान इन्फोटेक २०२४ मा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा
भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहआ’ मा प्रदर्शनीकर्ता कम्पनीहरु बीच प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा चलेको छ । शनिवार प्रदर्शनीको तेस्रो दिन सकिँदा इन्फोटेक थप प्रविधिमयी बनेको हो ।
यसअन्तर्गत विभिन्न कम्पनी तथा ब्राण्डहरूले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । प्रदर्शनीस्थलमा रहेको ब्राण्डिङ कक्षमा सहभागी देशविदेशका विभिन्न कम्पनी एवं ब्राण्डहरूले स्टलबाटै वितरक, डिलर तथा रिटेलरसँग जोडिएर व्यवसाय विस्तार गर्ने मौका पाएका छन् । साथै ग्राहकका जिज्ञासा एवं गुनासाहरू पनि स्टलबाटै समाधान गरिरहेका छन् ।
नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा पनि अवलोकनकर्ताको चासो बढेको छ । विशेषगरी साइबर सुरक्षा, कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
शनिबार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो । रोबोटका निर्माता टिममा सदस्य बिक्रान्त कार्कीले मानिसहरूबाट प्रतिक्रिया लिइरहेको र चाँडै नै पूर्ण उत्पादन सार्वजनिक गर्ने योजना रहेको सुनाए । यो रोबोटमा नेपालमा बोलिने विभिन्न भाषाहरू एकीकृत गर्नेगरी काम भइरहेको समेत उनले जानकारी दिए ।
त्यस्तै इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् ।
क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूमा अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ । त्यस्तै क्यान इन्फोटेकको सहप्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ ।
इन्फोडेभलपर्स प्रालिले आफ्ना सहकारीका लागि चाहिने कोर बैंकिङ सफ्टवेयर तथा मोबाइल बैंकिङ सफ्टवेयर तथा बैंक तथा वित्तीय संस्थाहरूका लागि बजेट, रिकन्सिलेसन सफ्टवेयर लगायतमा ७५ प्रतिशतसम्म छुट घोषणा गरेको छ । त्यस्तै पेनाहक टेक्नोलोजी विभिन्न सफ्टवेयर सोलुसन्समा ५० प्रतिशतसम्म छुट दिइएको छ ।
त्यसैगरी आठ हजारभन्दा बढी ग्राहक भएको हाइटेक सोलुसन्सले आफ्नो बिजनेश अकाउन्टिङ ईआरपीमा पनि क्यान इन्फोटेक अवधिभर भारी छुट दिने घोषणा गरेको छ । मर्कन्टाइल अफिस सिस्टमले प्रदर्शनीमा राखेका निट्रो, प्रिडेटर लगायतका एसर गेमिङ नोटबुकमा पनि अवलोकर्ताले विशेष चासो देखाएका छन् ।
शनिबार डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको स्टलमा कम्पनीका ब्राण्ड एम्बास्डर एवं महानायक राजेश हमाल आउँदा क्यान इन्फोटेकको माहोल थप बढेको थियो । साथै महानायक हमालले अन्य स्टलमा समेत पुगी नेपालमा उपलब्ध पछिल्ला प्रविधिका साथै युवाका उत्पादन एवं आविष्कारको प्रत्यक्ष अवलोकन गरेका थिए ।
आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ ।
प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य रहेको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनका अनुसार क्यान इन्फोटेकमा स्टार्टअप तथा इनोभेसन प्याभिलियनमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । डिजिटल नेपाल निर्माणका लागि सर्वसाधारणलाई प्रविधिबारे सचेतना गर्न तथा यस क्षेत्रमा प्रोत्साहन गर्न इन्फोटेकले आधारशीलाको काम गरेको उनको भनाइ छ ।
करिब १५० स्टल रहेको इन्फोटेकमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् ।
क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गर्ने क्रम जारी छ । यसअन्तर्गत शनिबार नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेल, पूर्व अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू, कलाकार तथा सूचना प्रविधिप्रेमीले मेला अवलोकन गरेका थिए ।
सो क्रममा प्रविधिको विकास र विस्तारका लागि इन्फोटेक साझा प्लेटफर्म बनेको प्रतिक्रिया दिए । साथै नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत तवरबाटै प्रोत्साहन हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए । क्यान इन्फोटेक सोमबार (माघ २९) सम्म सञ्चालन हुनेछ ।
क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजन एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ (S-power CAN Info-Tech 2024 in association with HMC DAHUA) रहेको छ ।
त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रा लि र मर्कन्टाइल अफिस सिस्टम प्रा लि रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रा लि (Incessant Rain) र हिमकम एनटेक रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।
त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्याकेट बार एन्ड इभेन्टस र फाइबसाइट सोलुसन प्रा लि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, ईआरपी पार्टनरमा डाईनामीक टेक्नोसफ्ट प्रा.लि., स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रा लि रहेका छन् ।
अपडेट
नागरिकको एउटै विवरण एक पटक भन्दा बढी लिन नपाइने व्यवस्था कानुनमै गर्छौः सीईओ विष्ट
विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्टले नागरिकले एउटै विवरण पटक पटक दिनुपर्ने समस्या हटाउने बताएका छन् ।
आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने
आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा डिजिटल हस्ताक्षरसहितको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने भएको छ । …
जेनेस सोलुसनले नाइजेरियामा खोल्यो कार्यालय
बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुसनले नाइजेरियामा आफ्नो कार्यालय खोले…
गूगलले सार्वजनिक गर्यो जेमिनाई एडभान्स, बार्डको नाम समेत परिवर्तन
गूगलले आफ्नो एआई टुल ‘जेमिनाई एडभान्स्ड’ सार्वजनिक गरेको छ । जेमिनाई एडभान्स्ड सार्वजनिक भएसँग…
आइफोन १६ मा ब्याट्रीको क्षमता बढ्ने
आइफोन १६ र आइफोन १६ प्रो म्याक्सको ब्याट्री विवरण बाहिरिएको छ । आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा बढा…
दियालो टेक्नोलोजिज र जापानको सीटीआइबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गरिदैँ
खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ …
बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेकमा के के छन् अफर ?
बिहीबारदेखि काठमाडौंमा भृकुटिमण्डपमा एस पावर क्यान इन्फोटेक सुरू भएको छ । पाँच दिनसम्म चल्ने मेलामा सूचना तथा सञ्चार प्रविधिसँ…
सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने
सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सम…
सुरक्षित इन्टरनेट दिवस २०२४ सम्पन्न
“टुगेदर फर ए बेटर इन्टरनेट'' भन्ने नाराका साथ नेपालमा ६ फेब्रुअरी २०२४ मंगलबार सुरक्षित इन्टरनेट दिवस २०२४ मना…
सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् …
सुरू भयाे २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक
२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हु…
एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने
एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदम…
ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर नेपालमा सार्वजनिक
प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपालमा व्यावसायिक प्रायोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर मेसिन सार्वजनिक गरेको छ …
वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुँदै
वेबसाइट डेभलपमेन्ट सम्बन्धि सातदिने आधारभूत तालिम सञ्चालन हुने भएको छ । ई-कमर्स साथी प्रालिका सञ्चालक विजय कुमालले अनलाइनबाट व…
लुम्बिनीमा ड्राइभिङ लाइसेन्सको ट्रायल दिँदा अब बायोमेट्रिक गर्नुपर्ने
लुम्बिनी प्रदेशमा अब ड्राइभिङ लाइसेन्सको ट्रायल दिदा पनि बायोमेट्रीक गर्नुपर्ने भएको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्…