कीवर्डहरू -

अपडेट

सर्लाहीको हरिवनमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए।

दुई महिनाभित्रमा नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुने उनको भनाई छ।  हरिवन –१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको हो। सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानको बुझाई छ। 

ड्रोन तथा डीजीपीएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको हो। हरिवन–१ का  विभिन्न स्थानको अभिलेख तयार गरी नापी  र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गर्ने तयारी छ। 

त्यसपछि भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले बताए । 

नगरपालिकाभरि भूमिहीन सुकुम्बासी एक हजार २०, भूमिहीन दलित दुई सय ९१ र अव्यवस्थित बसोबासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रबिष्ट गरिइएको छ ।

अपडेट

एनसेलको इण्डिया रोमिङ प्याक, १०० रूपैयाँमा ५०० एमबी डेटासहित भ्वाइस र एसएमएस सेवामा छुट

एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा …

राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्द…

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान …

रेडमी नोट १३ प्रो र १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक

रेडमी नोट १३ प्रो फाइभजी र रेडमी नोट १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ । 

सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने

नेपाल टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा मन्तव्य राख्दै नेपाल …

टेलिकमकाे एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क, एफटीटीएच सेवा खरिदमा सित्तैमा सीमकार्ड

टेलिकमकाे माेबाइल एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क पाइने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा नेपाल टेलिकमले एप ड…

मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

माघ २३ गते मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवसको मनाइने भएको छ । चाइल्ड सेफ नेटको अगुवाईमा विभिन्न सरकारी तथा निजी स…

भ्यालेन्टाइन्स डेको अवसरमा ब्ल्याक एण्ड डेकरको अफर, सामान खरिद गर्दा आकर्षक छुट पाइने

 अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले नजिकै आउँदै गरेको भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरी गिफ्ट टु शेयर, लभ इन द एयर नामक अभिय…

चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न

चितवनको सौराहामा  सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’  सम्पन्न भएको छ । उक्त कार्यशाला  माघ १४ …

केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयू) हल्ट प्राइजले इनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबेशन सेन्टर (क्यूबिक) स…

जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै

आइटी प्रशिक्षण दिने कम्पनी स्कील स्पार्कले 'डिजिटल मार्केटिंग इन द एज अफ जेनेरेटिभ एआई विषयमा…

फोल्डेबल आईफोन वा आईप्याड ल्याउने तयारीमा एप्पल

एप्पलले फोल्डेबल आईफोन वा आईप्याड ल्याउन सक्ने बताइएको छ । द सिंगलको रिपोर्ट अनुसार एप्पलले आफ्नो फोल्डेबल डिभाइसमा का…

ट्यालेन्ट कनेक्ट्सले ल्यायो एप्लिकेन्ट ट्रयाकिङ सिस्टम, हाइरिङ प्रक्रिया छिटो र सहज हुने

कुनै पनि कम्पनी वा संस्थाको हाइरिङ (कर्मचारी भर्ना) प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित ट्यालेन्ट कनेक्ट्सले एप्लिकेन्ट ट्रयाकिङ सिस्ट…

नेपाल र क्यानाडाबीचको क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्ट एचडी वानमा प्रसारण हुने

डिशहोमको एक्सन स्पोर्ट एचडीमा नेपाल र क्यानाडा बीचको सिरिज प्रत्यक्ष प्रसारण हुने भएको छ ।

६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा

राईड शेयरिङ कम्पनी प्राईमसेवाले राईडर र प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । नेपाली युवाहरुले संचालन गरेको कम्पनी प्राईमस…