अपडेट
वान एक्स बेटको प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए
अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।
पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताए ।
गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो । उनीहरुले पैसा लिएको स्वीकार गरेको केसीले बताए ।
उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ । केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताए ।
कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थिय । त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो।
उनीहरुले ७४ करोड कारोबार गरेको फेला परेको थियो । एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो । उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।
अपडेट
नक्कली च्याटजीपी निर्माण गरेर स्क्याम गर्नेहरू बढ्दै, यसरी हुनुहोस् सुरक्षित
नोभेम्बर ३०, २०२२ मा च्याटजीपीटी सार्वजनिक भयो । सार्वजनिक भएपछि यसको लोकप्रियता ब…
आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक
आइएमई पेले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।
डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला सम्पन्न
फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असा…
डिजिटल नेपाल कन्क्लेभ २०२३ का लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता
डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौत…
दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने
दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग…
विश्वकै सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकाको वर्चस्व, शीर्ष दशमा कुन कुन छन् ?
बोस्टन कन्सल्टिंग ग्रुपले विश्वका सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ …
बैंक तथा वालेटको कर्मचारी भन्दै ओटीपी मागेमा नदिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले बैंक तथा वालेटको कर्मचारी भन्दै केवाईसी अपडेट गर्न ओटीपी मागे…
१४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारीमा इन्टेल
इन्टेलले यस वर्षको अन्त्यमा आफ्नो १४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तया…
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजा…
एनआईसी एशिया बैंकको वेबसाइटमा नयाँ फिचर, अब बोलेरै सेवाको जानकारी लिन सकिने
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ…
‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई पेको साथ
नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको आरोहण अभियानमा ’आइएमई’ र ’आइएमई पे’ ले आर्थ…
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझे…
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । न…
अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ
प्रतिबन्धित अनलाइन बेटिङ प्रकरणमा कलाकार बल्छि धुब्रे अर्थात मरिचमाण श्रेष्ठसहित ८ जन…
‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’
३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग…