अपडेट
ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता श्रेष्ठ हस्तान्तरण समारोहमा नेपाल आउँदै
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन ।
लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो र ईसेवा मनि ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारिले उक्त कार्यक्रममा पूर्ण बहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन् ।
कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमद; संचालन प्रमुख रघुपति वेन्कीटाकृष्णन; संचालन प्रमुख डिजिटल हरेश पिल्लै, मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र शाखामा अन्य ग्राहकहरूको उपस्थिती थियो।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन् । पूर्ण बहादुर श्रेष्ठले लुलु एक्स्चेन्ज, युएइ बाट ईसेवा मनि ट्रान्सफर मार्फत बैंक खातामा रेमिट्यान्स् पठाएका थिए ।
ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।
डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो ।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेका थियौं ।
ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
साथै ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १,७५००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
अपडेट
नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ …
ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य
नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिश…
एनपी नगले काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ ।…
एआई सम्बन्धी विश्वको पहिलो शिखर सम्मेलन आयोजना हुने
एआई समयको साथ धेरै लोकप्रिय हुँदैछ, तर यसको खतरा पनि बढ्दै गएको छ । यसलाई ध्यानम…
एक करोडसम्मको घर बीमा सुविधा इसेवाबाट वार्षिक ५०० देखि ४५०० रूपैयाँमा गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले युएसएआईडी, तयार र शिखर इन्स्य…
कार्ड बिना नै ज्योति विकास बैंकको एटीएमबाट पैसा निकाल्न सकिने
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस …
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ …
अनलाइन सिष्टम ह्याक गरी ३५ लाखको टिकट खरिद, साइबर ब्यूरोले गरायो सचेत
नेपालमा अनलाइन प्रणालीको माध्यमबाट सेवा दिने काम दिनप्रदिन बढिरहेको छ। सरकारी से…
साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने
साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्र…
आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक
आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा १ हजार रूपैयाँसम्म क्यास…
थन्किएका बिजुली बस सञ्चालन गर्न सांसद शाहको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहर…
गुगलबाटै यसरी खोज्नुहोस् तपाईको लेखका लागि कि-वर्ड
कुनै पनि लेख वा पोष्ट लेख्नुअघि, तपाईलाई एउटा उत्तम कि-वर्ड चाहिन्छ, जसको मद्दतले त…
सामसङको ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्से…
डिजिटल वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
इसेवा, खल्ती लगायतका वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ…
मन्त्रिपरिषदबाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो
नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको व…