अपडेट
नेपाली सम्पदाको डिजिटल संरक्षण गर्दै मेसोभिसन, क्युआर स्क्यान गरेरै अब सबै जानकारी पाइने
अब कहाँ एपबाटै क्युआर स्क्यान गरेर नेपालका सम्पदाहरूको सबै जानकारी पाइने भएको छ । यसका लागि सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजीले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण तथा प्रवर्द्धन अभिवृद्धिका लागि ‘सम्पदा परियोजना’ सुरू गरेको छ ।
कम्पनीले व्यवसायीक सामाजिक उत्तरदायीत्व (CSR) अन्तर्गत सुरू गरेको परियोजनाबाट सास्कृतिक र धार्मिक धरोहारहरुको डिजिटल संरक्षण र प्रवर्द्धन हुने अपेक्षा लिएको छ ।
‘यसबाट नेपालको ऐतिहासिक तथा संस्कृतिक वैभवको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप पहिचान प्राप्त गर्ने अपेक्षा गरेका छौं,’ मेसोभिसन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नारायण क्षेत्रीले भने, ‘नेपालको धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि हामी स्थानीय सरकार, स्थानीय/सामुदायीक संघसंस्थाहरुको सहकार्यमा यो परियोजना सञ्चालित गर्छौं । जसका लागि कम्पनीले ‘कहाँ’ नामको एप सञ्चालनमा ल्याएको छ ।’
नेपालको विकास बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार विकासका लागि बिनियोजित हुँदा सम्पदाको संरक्षणको विषय सधै ओझेलमा पर्दै आएको छ । ‘ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण विषयलाई डिजिटल संरक्षणका लागि स्रोतको प्रभावकारी बिनियोजन गरेर मेसोभिसन टेक्नोलोजीले अहिले देखिएको समस्यालाई समाधान गर्न खोजेको छ,’ क्षेत्रीले भने, ‘मेसोभिसनले सीएसआर अन्तर्गत सञ्चालन कार्यक्रममा सबैले नि:शुल्क सहज रुपमा एप प्रयोग गर्न पाउनु हुने छ ।’
मेसोभिसनले सञ्चालन गर्ने ‘कहाँ एप’ प्रविधिक रुपमा उन्नत मात्रै नभएर सम्पदाको संरक्षण तथा प्रवर्द्धनको प्रयासमा स्थानीय समुदायको स्वामित्व र जिम्मेवारीको भावना समेत उत्पन्न गराउने गरि निर्माण गरिएको कम्पनीको भनाइ छ । यसले नेपालको सम्पदाको डिजिटल डकुमेन्टेसनमा भएको कमीलाई पुरा गर्न कोसिस गर्ने कम्पनीको अपेक्षा छ । सम्पदाको संरक्षण, डिजिटलाइजेसन र अभिलेखिकरण गर्ने प्रक्रियाको विधि निर्माण गर्ने र नेपालको सम्पदा, विश्वव्यापी डिजिटल पहुँच पुर्याउने छ ।
कम्पनीले सम्पदा परियोजनाको उद्देश्य प्राप्त गर्नका लागि प्रयोगकर्ता केन्द्रमा राखेर नवप्रवर्द्धन, कम खर्चिलो, प्रविधि प्रयोगका लागि ‘कहाँ एप’ बनाएको हो । प्रयोगकर्ताको सम्पदाको वैभवसँग बढीभन्दा बढीअन्तर्क्रियात्मक होस भन्ने कहाँ एपमा विभिन्न विशेषतालाई समावेश गरेको छ । यसमा राखिएको जानकारी आधिकारिक स्रोतबाट ल्याइने हुनाले विषयवस्तु विश्वनीय हुनेछ । यसमा नेपाल, अंग्रेजीसहित विभिन्न भाषाहरुमा जानकारी रहने छन् । प्रयोगकर्ताको सहजताका लागि शब्दलाई आवाजमा रुपान्तरण गर्न सक्ने गरि निर्माण गरिएको छ ।
सम्पदाको फोटो, भिडियो र ३६० डिग्री भ्युको सुविधा प्रयोग गरेर त्यसमा वृहत श्रव्यको प्रयोग गरिएको छ । प्रयोगकर्ताले एपमा रहेको च्याट सुविधा प्रयोग गरेर स्थानीय समुदायसँग सम्बन्ध बनाउने र अन्तर्क्रिया गर्न सकिने छ । त्यसैगरी एपको लोकेसन शेयरिङ तथा नेभिगेसनबाट तथा सम्पदा क्षेत्र पत्ता लगाउन र पुग्न सक्नुहुनेछ । एपमा रहेको नोटिस बोर्डबाट अद्यावधिक जानकारीबाट सुसुचित हुनेछ र क्युआर जेनेरासन तथा कहाँमा ट्याग गरी सूचना शेयर गर्न सकिने छ ।
‘हामीले दीर्घकालीन सोच र दिगो संस्कृतिक संरक्षणको प्रयासमार्फत मापदण्ड स्थापित गर्ने आशा लिएका छौं । जसबाट स्थानीय जनता मात्रै नभएर विश्वभरका मानिस लाभान्वित हुनुहुनेछ,’ क्षेत्रीले भने, ‘यस विषयमा तपाईहरुको चासो के हो भन्ने विषयलाई मेसोभिजनले गम्भीरतापूर्वक लिनेछ र तपाईंकोतर्फबाट रचनात्मक प्रतिक्रियाहरुको अपेक्षा गरेका छौ ।’
अपडेट
दूरशिक्षालाई सोसल इन्टरप्राइज अवार्ड प्रदान
दूरशिक्षाले सोसल इन्टरप्राइज अवार्ड जित्न सफल भएको छ । शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको एनवाईईएफ स्टार्टअप अवार्ड्समा दूर…
आईएसएमटी कलेजमा जब फेयर सम्पन्न
काठमाडौंको तिनकुने गैरीगाउँमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी जब फेय…
एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने
एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।
क्यान महासंघले भन्यो - इन्टरनेटको भविष्य अन्यौलमा हुन दुखद, आपसी छलफलबाटै विवाद टुग्याउनुहोस्
गाँस, बास, कपासजस्तै अति आवश्यक सेवाका रूपमा रहेको इन्टरनेटको भविष्य अन्यौलतामा रहेको भन्दै क्यान महासंघले लचिलो भएर समस्…
ओपनएआईद्वारा जीपीटी स्टोर सुरु, लाखौं एआई च्याटबटहरू एउटै स्टोरमा उपलब्ध हुने
ओपन एआइले आफ्नो पहिलो अनलाइन स्टोर सुरु गरेको छ । मानिसहरूले यस अनलाइन स्टोरमा च्याटजीपीटीको कस्टोमाइज भर्सन गर्न पनि पाउन सक्नेछन् । ओपनएआईको अनलाइन स्टोर …
सेन्सर बोर्डको वेबसाइट सुरू
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को आधिकारिक वेबसाइटको सुरू भएको छ ।
श…
एप्पललाई ०.३ प्रतिशतले पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी
माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको …
उपत्यका बाहिर टाटा मोटर्सको फन कार्निभल, पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने
पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ ब…
ट्राफिक नियम तोड्नेलाई समात्न नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा जडान, सिटसम्मै निगरानी राख्ने
नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँ…
टेलिकमको विन्टर अफर, १३९ रूपैयाँमा ६ जीबी डाटा र १७० मिनेट भ्वाइस
नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ ।
…नयाँ व्यवसाय दर्ता गर्नेलाई ५ हजार पर्ने कारोबार एपको प्रो सब्सक्रिप्सन निःशुल्क
नयाँ व्यवसाय दर्ता गर्नेलाई कारोबार एपले निःशुल्क प्रो सब्सक्रिप्सन उपलब्ध गराउने भएको छ । पुस १ गतेदेखि चैत ३० गतेभित्र स्था…
एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा गठन भएको छानबिन समितिको म्याद थप
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा उच्चस्तरीय अध्ययन तथा छानविन समितिको कार्यावधि थप भएको छ ।&nbs…
जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारे एनसेलले अब पूर्व सूचना दिने
एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने…
वाईफाई ७ सार्वजनिक, वाईफाई सिक्स इ भन्दा कसरी छ फरक ?
अन्तर्राष्ट्रिय वाइफाइ ब्रान्ड कन्सोर्टियमले एआर/भिआर, गेमिङ र फोरके/एटके भिडियो स्ट्रिमिङ जस्ता प्रविधिहरूको अनुभव र सिमलेस कनेक्टि…
३ दिन नेप्सेको कारोबार प्रणाली बन्द हुने, यस्तो छ कारण
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ ।
बुधबार सूचना…