अपडेट
मालुङ्गामा नेपाल टेलिकमको एफटिटिएच सेवा
नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्पmत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अव उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्नेछन् ।
एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिविपिएस स्पिड क्षमता सम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनिय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए ।
मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।
त्यसैगरी हाल वितरण गरिएको एनटिफाइबर सेवामार्फत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्पmत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ ।
एफटिटिएच सेवामा गुणस्तरियता र विश्वसनियता दुबै रहेकाले गल्याङ कार्यालय मार्पmत करिब १३ किलोमिटर परको दुरीमा विस्तार गरि प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणि प्रसाद बश्यालले बताए ।
अपडेट
एमडीएमएस खरिद प्रक्रियामा अनियमितता देखिएपछि कार्यान्वयन रोक्न मन्त्रालयको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन रोक्न नेपाल दूरसञ्चार प्राधिकरणलाई नि…
नेपालको नानो स्याटेलाइट मुनाल प्रक्षेपणमा भारतले सघाउने
मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सघाउने भएको छ । यसका लागि बिहीबार भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (ईस्रो)को तर्फबाट …
पशुपतिमा हुने आरतीको भिडियो व्यवसायीक प्रायोजनका लागि सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने
पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरतीको भिडियो सामग्री सामाजिक सञ्जालमा व्यवसायिक प्रायोजनका लागि राखे…
विन्डोजमा एआई प्रयोगलाई सहज बनाउँदै माइक्रोसफ्ट, अब पीसी किबोर्डमा कोपाइलट की हुने
करिब ३ दशकपछि माइक्रोसफ्टले विन्डोज किबोर्डमा ठूलो परिवर्तन ल्याउने भएको छ । एआई पीसीको अवधारणालाई अगाडि बढाउन माइक्रोसफ्टले पी…
हुम्लाको दक्षिणी भेग ताँजकोटमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्…
सातै प्रदेशमा आईएमईको डिजिटल रेमिटेन्स साक्षरता कार्यक्रम सम्पन्न
नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ …
एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध भयो कोपाइलट
माइक्रोसफ्टले कोपाइलट (पहिलाको बिङ च्याट) लाई
इन्स्टाग्रामले सन् २०१६ मा स्टोरीज फिचर लन्च गरेको थियो र त्यसपछि यसमा धेरै परिवर्तन गरिएको थियो ।
गुगलले सन् २०२० मा नै आफ्नो गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फिचर बन्द गर्ने घोषणा गरेको थियो र अब यसको समय आएको छ । रिपोर्…
ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नो…
विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध एडुरोम (eduroam) सेवा थप क्षेत्रमा विस्तार भएको छ । यो सँगै इडियुरोममा आवद्…
सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पुर्याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दि…
एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केयर हेल्थ सर्भिस नयाँबानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भए…
माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ।
कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” आन्तरिक पर्यटनको प्रवर्धन सन्देश ल…
इन्स्टाग्राममा नयाँ फिचर आउँदै, आफ्नो स्टोरीमा अरुको प्रोफाइल सेयर गर्न सकिने
गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फेब्रुअरी २०२४ मा बन्द हुँदै
ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित
नेपालको जेठो अस्पताल विर अस्पतालमा एडुरोम सेवा विस्तार
न्याय प्रशासनको एक वर्ष: स्वचालित पेसी तारेखदेखि भर्चुअल सुनुवाइसम्म
एभरेष्ट बैंकका कार्ड प्रयोगकर्तालाई एएसजी आइ केयरमा छुट
माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र पोस अक्वायरिङ सर्भिसबाट सम्मानित
कन्दरा ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा आईएमई पे