अपडेट
गूगलले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने
सर्च इन्जिन गुगलले अमेरिकामा करिब ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ । बजारमा एन्ड्रोइडको बलियो स्थितिको फाइदा उठाएको मुद्दामा अमेरिकाको अदालतले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने जरिवाना सुनाएको हो ।
यससँगै गुगलले आफ्नो प्ले स्टोरमा अन्य एप विकासकर्ताहरूलाई पनि राम्रो प्रतिस्पर्धा उपलब्ध गराउन सहमत भएको छ । सान फ्रान्सिस्कोको एक अदालतले गुगलले उपभोक्ताहरूका लागि सेटलमेन्ट कोषमा ७०० मिलियन डलर जम्मा गर्ने जनाएको छ ।
योसँगै राज्यहरूले सात करोड डलर पाउनेछन् । तर, यो निर्णय भने हुन बाँकी छ । आदेश अनुसार प्रत्येक ग्राहकले सेटलमेन्टमा न्यूनतम दुई डलर प्राप्त गर्नेछन् भने ग्राहकले अगस्त १६, २०१६ देखि सेप्टेम्बर ३०, २०२३ सम्म गुगल प्ले स्टोरमा खर्च गरेको रकम अनुसार थप रकम पाउने छन् ।
गुगलमाथि प्ले स्टोरमा उपलब्ध एप्सका लागि ग्राहकबाट बढी पैसा लिएको आरोप लागेको थियो । यसका लागि यसले गैरकानूनी प्रतिबन्ध लगाएको छ र एप्स वितरणमा पनि भेदभाव गरिरहेको पाइएको छ ।
गुगलले एप भित्रै लेनदेन गर्नका लागि ग्राहकबाट अनावश्यक शुल्क लिएको आरोप पनि लागेको छ । यसअघि गुगलले ‘फोर्टनाइट’ गेमको निर्माता ‘एपिक गेम्स’सँग पनि यस्तै मुद्दा लडिरहेको थियो । क्यालिफोर्नियाको एक अदालतले यस मामिलामा गत हप्ता मात्र गुगलको एप व्यवसाय प्रतिस्पर्धा विरोधी भएको आदेश दिएको थियो ।
अपडेट
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त
नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । २३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व–सम्म…
सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन, ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने भएकाले यसको ‘डिपार्चर न…
चौबिसै घण्टा तपाईको स्मार्टफोनले कुरा सुन्न सक्छ, नयाँ अनुसन्धानमा पुष्टि
धेरै पटक तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुहुन्छ, कुनै उत्पादनको बारेमा छलफल गर्नुहुन्छ र त्यसपछि केही समय पछि तपाईंले आफ्नो सोशल मिडिया खातामा सोही प्रडक्टक…
मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई
सन् २०२३ सकिन लागेको छ । यस वर्ष एआईले धेरै चर्चा पायो । गुगलदेखि मेटा र माइक्रोसफ्टसम्म ठूला प्रविधि कम्पनी यस प्रतिस्पर्धाम…
कामना सेवा विकास बैंकको फाइभ इन वान सेवा, डिम्याटदेखि ट्रेडिङ खातासम्मको सुविधा
कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रालि सँगको सम्झौता गरेको …
यस्तो छ काठमाडौंका विभिन्न ठाउँमा पठाओको ब्याग समाएका एलियन देखिनुको रहस्य
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले पठाओ सुपरफेस्ट-२०२३ आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ (डिसेम्बर २१…
इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने
इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने भएको छ । यो फिचर अहिले इन्स्टाग्रामले परीक्षण गरिरहेको छ ।
इन्स्टाग्रामको नयाँ ब्य…
विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता गर्दै मेरो कोडिङ क्लास, यसरी हुनुहोस् सहभागी
मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । पुस १७ गतेदेखि मेरो कोडिङ क्लासले कोडिङ किकस्टार्टको द…
१ हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी कक्षा दिदै एम्बिसन गुरू, यसरी हुनुहोस् सहभागी
अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरूले १ हजार जनालाई निःशुल्क एसईईको तयारी कक्षा दिने भएको छ । एम्बिसन गुरूमा १ लाख जोडिएको अव…
इन्भेष्टमेण्ट मेगा बैंकको अफर, मोबाइल बैंकिङमा रजिष्टर गर्दा स्मार्टफोन जित्ने मौका
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजन…
महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना
महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना तिर्ने भएको छ । भिडियो गेम निर्माता एक्…
भाषा मोडेललाई प्रशिक्षण दिन च्याटजीपीटीको प्रयोग गर्दै बाइटडान्स, अकाउन्ट प्रतिबन्धित
ओपन एआइको एआइ च्याटबट च्याटजीपीटीले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स चोरी समातिएको छ ।
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने
नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) क…
अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको नयाँ एटीएम सञ्चालनमा
एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्दे…
हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम मंसिर २४ गते कलेज…