कीवर्डहरू -

अपडेट

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा र क्रान्ति नै सावित भएको छ । यो कार्यक्रमको सफलतासँगै वाग्मती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि रेप्लिकेट अर्थात लागु गरेको छ । 

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ यो कार्यक्रम शुरु गरिएको थियो । पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका १५ हजार भन्दा बढी घरधुरीका ८० हजार भन्दा बढी स्थानियवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन् ।

सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पताल अन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम संचालनमा रहेको छ । स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाईरहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले डिजिटल राष्ट्र निर्माण र इको–सिस्टमको रूपान्तरणमा योगदान पुर्या‍उँदै, प्रविधि र डाटामा आधारित स्वास्थ्य सेवा विधिहरू प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

यो कार्यक्रमको छुटै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जम अन्तर्गत कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले व्यक्तिगत स्वास्थ्य सेवा पाउछन् ।

सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्दछन् र साथै उनीहरुको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्याङ्कमा आधारित भई आवश्यक कार्यहरु पनि गरिन्छ ।

एनसेलको धुलिखेल अस्पतालसँगको यो संयुक्त पहलले देशको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण छाप छोड्न सफल भएको छ । धुलिखेल अस्पतालका अनुसार काभ्रेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पीएचपीलाई रेप्लिकेट गरेको छन् भने अन्य नगरपालिकाहरुले यसको कार्यान्वयन गर्न चासो राखेका छन् ।

यसैगरी, चारवटा सामुदायिक स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन सेवाको सफल संचालनपछि बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुईवटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएका छन् ।

धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्यूनिटी प्रोग्राम डाईरेमक्टर डा. विराज कर्माचार्यले एनसेल र धुलिखेल अस्पतालको यो सहकार्यले दुरदराजका समुदायहरुलाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको बताए ।

'बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामिण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ्को सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा रेप्लिकेट गरेको छ,' उनले भने, 'यी अस्पतालहरु र स्वास्थ्य केन्द्रहरुका लागि धुलिखेल अस्पतालले एक हब अस्पतालको रुपमा रही सेवा प्रदान गर्दैछ र यसले १ लाख ५० हजार भन्दा बढी स्थानियहरुलाई टेलिमेडिसिन सेवाको लाभ दिनेछ ।'

अत्याधुनिक टेलिमेडिसिन किट मार्फत दुरदराजमा रहेका स्थानियहरुले आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमार्फत आफ्नै गाउँठाउँमा धुलिखेलमा रहेका विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सबन्धी परामर्श लिन सक्छन् । उनीहरुलाई धुलिखेल अस्पताल वा नजिकैको अन्य कुनै अस्पतालमा गई रहनु पर्ने आवश्यकता रहन्न ।

एनसेलको सीएसआर अन्तर्गत स्वास्थ्य क्षेत्र उच्च प्राथमितामा रहेको क्षेत्रहरु मध्ये एक हो । डिजिटल प्रविधिमा आधारित भई यस किसिमको स्वास्थ्य सेवा प्रदान गर्न एनसेलले २०१९ देखि धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएको छ र एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेल धेरै भन्दा धेरै जन समुदायलाई लाभ लिने सामाजिक कार्यहरु गर्न प्रतिबद्ध छ । 

 

अपडेट

प्याब्सनमा इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको शुरुवात गरेको छ ।…

युटिएलसहित ३ सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले युनाइटेड टेलिकम (युटिएल), म्याक्स नेट सो…

ह्वाट्सएपमा महत्त्वपूर्ण म्यासेज पिन गरेर हाइलाइटमा राख्न मिल्ने फिचर आउँदै

ह्वाट्सएपमा चाँडै नै महत्त्वपूर्ण मेसेज पिन गर्ने सुविधा उपलब्ध हुन लागेको छ । यस फिचरको प्रयोगले उपयोगी सन्देशहरू फेला पार्न सजि…

एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बन्यो न्यास आईटी, आईटी क्षेत्र अझै बलियो हुने विश्वास

नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (न्यास आईटी) एशिया प्याशिफिक आईसीटी अलायन्सको सदस्य बनेको छ । 

आईफोन प्रयोगकर्ताहरूका लागि आइओएसको नयाँ अपडेट, के के छन् सुविधा ?

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.२ अपडेट जारी गरेको छ । यससँगै आईप्याड प्रयोगकर्ताका लागि आइप्याड ओएस १७.२ अप…

स्टार्टअप उद्यमीलाई पुरस्कृत गर्दै सरकार, यस्तो छ आवेदन दिने तरिका

सरकारले नवप्रवर्तनकारी (स्टार्टअप) उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै…

डिशहोमद्वारा आईसीसी टी २० आई विश्वकप छनोटका खेलमा घोषणा गरेको पुरस्कार हस्तान्तरण

डिशहोमले क्रिकेट एशोशिएसन नेपाल (क्यान) लाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव …

महिला सशक्तिकरण तथा दिगो विकास लक्ष्यहरूमा योगदान दिदै दराज

युवा तथा महिलाहरूलाई उत्प्रेरित गर्दै उद्यमीहरूलाई अनबोर्डिङ गरेर, थप समावेशी र दिगो भविष्य निर्माण प्रति कदम चालेको दराजले महि…

ह्वाट्सएपको स्टेटस अपडेटको रिप्लाइ बार परिमार्जन हुँदै

ह्वाट्सएपको स्टेटस अपडेटमा अब विस्तृत रिप्लाइ बार उपलब्ध हुने भएको छ । वाईबेटाइन्फोको नयाँ रिपोर्टमा ह्वाट्सएपले आफ्ना प्रयोगक…

एनटी फाइबरबाट टेलिफोन सेवा प्रयोग गरिरहेका सेवाग्राहीलाई एक महिना निःशुल्क डाटा सुविधा

एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निः…

युट्युबमा कमेन्ट पज फिचर सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

गुगलको भिडियो सेयरिङ प्लेटफर्म युट्युबले क्रियटरहरूका लागि आफ्नो भिडियोहरूमा आउने कमेन्टहरूमा पूर्ण नियन्त्रण पाउने फिचर सार्वजनि…

५ हजार बढी व्यवसायीले प्रयोग गर्छन् खल्तीको पेमेन्ट गेटवे सेवा

खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँ…

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच बीवाईडी गाडी खरिदकर्तालाई अटो लोन दिन सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित इनलाइटन मोटर्सबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई स…

एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जीते

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिवार सफलतापूर्वक सम्पन्न भए…

नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने भाइबर यात्रा अभियान, एकजनाले गोक्यो लेकको ट्रिप पाउने

नेपालको पर्यटन गतिविधिलाई गतिशील बनाउने प्रयासस्वरूप राकुटेन भाइबरले आफ्नो यात्रा अभियानको दोस्रो सिजन सुरू गर्ने भएको छ ।&nbs…