कीवर्डहरू -

अपडेट

आइसिटी अवार्ड २०२३ अन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ र फिल्ड भिजिट सञ्चालन हुने

प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो । 

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी-१ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, दृश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन ।

 आइसिटी अवार्ड २०२३ का यि ३ विधाहरुमा २०० बढिको नोमिनेसन प्राप्त भएको थियो । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए ।

यसैगरी उनिहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसन अन्तर्गत प्रिजेन्टेसन एण्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुती, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ ।  

विभिन्न ३ विधामा छनौट भएका उत्कृष्ट ५ हरुले केहि समयपश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन भने स्र्टाअप लगायतका विधामा जुरी समितीले कार्यालय भिजिट पनि गर्नेछ । उत्कृष्ट ५ मा पर्र्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन ।  सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । 

यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा दोश्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ । 

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा नोमिनेसन अवधी समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्र्टाटअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढिको नोमिनेसन प्राप्त भएको छ । यस विधामा सर्वोत्कृष्ट छनौटकोे लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाबाट जुरी सदस्यहरु रहेका छन । 

क्रम लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो । यस वर्ष आठौ सस्करण अन्तगर्तको आइसिटी अवार्डमा १३ विधामा ५५० बढिको अनलाइन नोमिनेसन प्राप्त भएको छ । छनौटको लागि १४ जना बिज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको शिशिष्ट सल्लाहकार समिती रहको छ । 

अवार्डमा छनौट प्रकृयाको लागि २५ बढि जुरी मिटिङ र प्रवद्धनको १० बढि प्रि-इभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ । यस अवार्ड कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नास्ट, एफएनसिसिआई, न्यास आइटी लगायतका राष्ट्रिय, अन्तराष्ट्रिय सस्थाहरुको सहकार्य रहेको छ । 

 

अपडेट

नियम उल्लंघन गरेको अवस्था बाहेक चेकजाँचको समयमा अब नागरिक एपमै लाइसेन्स देखाए पुग्ने

ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा अब नागरिक एपमा देखाएको ड्राइभिङ लाइसेन्सले मान्यता पाउने भएको छ ।&nb…

लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर, तपाईको फोनमा पनि छन् कि ?

लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर…

स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार

एशियाली विकास बैंक (एडीबी) ले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । विकासशील देशको राष्ट्रिय स्वास्थ्य वित्तीय प्…

डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने

दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ । तिहार र छठ…

गूगल प्ले स्टोरमा पुनः फर्कियो मेरो शेयर एप

गूगल प्ले स्टोरमा मेरो शेयर एप फर्किएको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको एप पुनः देखिएको हो । 

शुक्रबार बिहान सीडीएसी एण्…

गूगल प्ले स्टोरबाट मेरो शेयर एप गायब, यस्तो छ कारण

मेरो शेयर एप गूगल प्ले स्टोरबाट हटेको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको हो । 

थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर आउन सुरू, तपाईले पाउनुभयो ?

मेटाको सामाजिक सञ्जाल थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर उपलब्ध हुने भएको छ । बिहीबार मेटाका सीईओ मार्क जुकरबर्गले नयाँ अप…

स्न्यापड्रयागनको नयाँ प्रोसेसर एक्स इलाइट घोषणा, एप्पलकोभन्दा ५० प्रतिशत फास्ट हुने दाबी

क्वालकमले कम्प्युटरका लागि नयाँ प्रोसेसर स्न्यापड्रयागन एक्स इलाइटको घोषणा गरेको छ । बुधबार क्वालकमले स्न्यापड्रयागन एक्स इलाइट प्रोस…

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।

सुपर एप बन्दै पठाओ, लोगो समेत परिवर्तन

राइड सेयरिङ/हेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक…

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, डिजिटल दक्षिणा दिदा १० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिन…

लाखौं खर्च गरेर सामुदायिक विद्यालयमा राखिएका विद्युतीय हाजिरी मेसिन केही महिनामै बिग्रिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सक…

१५ दिनपछि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन नचल्ने, यस्तो छ दर्ता गर्ने तरिका

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा १५ दिनभित्र आफ्नो फोन दर्ता गर्न आग्रह गरेको छ । …

रियलमीको दसैँ फोटो कन्टेस्ट सुरू, विजेतालाई आकर्षक पुरस्कार

सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दसैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ…

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शी…