अपडेट
फ्रि भिपिएन प्रयोग नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भिपिएन ( भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दा विभिन्न जोखिम निम्त्याउने र यो प्रयोग गर्दा सतर्क रहन प्रयोगकर्तालाई आग्रह गरेको छ ।
यसका साथै प्राधिकरणले भिपिएन इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन प्रयोग गरिने गरेको स्वीकार समेत गरेको छ ।
टिकटकमाथि प्रतिबन्ध लागेसँगै नेपालमा फ्रि भिपिएनको प्रयोग बढिरहेको सन्दर्भमा प्राधिकरणले फ्रि भिपिएन प्रयोगमा ह्याकरले ह्याक गर्ने संभावना बढि रहेको उल्लेख गरेको छ ।
इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भिपिएन प्रयोग गरिने भएपनि फ्रि भिपिएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुनसक्ने सार्वजनिक सूचनामार्फत प्राधिकरणले जनाएको हो ।
“इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश फ्रि भिपिएनहरुमा डाटाको सुरक्षा तथा गोपनियतासँग सम्बन्धित कमजोरीहरु रहेको अध्ययनहरुले देखाएका छन् । फ्रि भिपिएनको प्रयोग गर्दा देहाय बमोजिमका जोखिमहरु हुने भएकोले फ्रि भिपिएनको प्रयोग नगरौं ÷ नगराऔं ।” प्राधिकरणले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
फ्रि भिपिएन प्रयोग गर्दा के–के जोखिमहरु हुन्छन् ?
१. फ्रि भिपिएन प्रदायकहरुले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांकहरु संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री÷वितरण गर्ने सम्भावना हुन्छ ।
२. फ्रि भिपिएन प्रदायकहरुले प्रयोगकर्ताको सबै अनलाइन गतिबिधिहरु अनाधिकृत रुपमा निगरानीगर्ने सम्भावना रहन्छ ।
३. फ्रि भिपिएन मार्फत इन्टरनेट प्रयोग गर्दा इन्टरनेटको गति तथा गुणस्तर कम हुने हुन्छ ।
४. फ्रि भिपिएन को माध्यमबाट प्रयोगकर्ताको कम्प्युटर/मोबाइलमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पुर्याउने सम्भावना रहन्छ ।
५. फ्रि भिपिएन प्रयोग गर्दा ह्याकरले ह्याक गर्ने सम्भावना बढी रहन्छ ।
अपडेट
टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…
अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, सुरुवाति तीन कारोबार निःशुल्क
हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमव…
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’
नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’ नेपालको इन्टरनेटमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कयौं कानुन व्यवस…
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन(ओस…
ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय स्तरको ‘एड टेक अवार्ड’
आइटी तालिम प्रदान गर्दै आएको कम्पनी ब्रोडवे इन्फोसिसले एसोसिओ एड टेक अवार्ड छ पाउन सफल भएको छ । एसियन–ओसियन कम्प्यु…
आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने
आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौट पश्चात पब्लिक भोटिङ सञ्चाल…
माइक्रोसफ्ट बिङ एआइ च्याटको नाम परिवर्तित, अब को-पाइलटको नामले चिनिने
माइक्रोसफ्टले बिङ एआइ च्याटको नाम परिवर्तन गरेको छ । कम्पनीले अब बिङ एआइ च्याटबटको नाम को-पाइलट नामाकरण गरिदिएको छ ।
१९ जिल्लालाई 'नमूना जिल्ला' बनाएर सेवा दिने तयारीमा नेपाल टेलिकम
नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागे…
समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउनु प्रत्युत्पादकः क्यान महासंघ
सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले गम्भीर आपत्त…
लक्ष्मीको रुपमा महिला सदस्यलाई अपनाएको देखाएर भिडियो बनाइ लक्ष्मी बैंकबाट ५० हजार रुपैयाँसम्म जित्न सकिने
नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभिय…
ट्याङ्गोपे मार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका
ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत  …
एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर
एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …
नेपालमा टिकटक तत्काल बन्द हुने मन्त्रिपरिषदको निर्णय
सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद बै…
नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट चलाउँदा यस्ता छन् फाइदा
नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर…
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्…