कीवर्डहरू -

अपडेट

आईफोन प्रयोगकर्ताहरूका लागि आइओएसको नयाँ अपडेट, के के छन् सुविधा ?

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.२ अपडेट जारी गरेको छ । यससँगै आईप्याड प्रयोगकर्ताका लागि आइप्याड ओएस १७.२ अपडेट पनि ल्याएको छ ।

नयाँ सफ्टवेयर अपडेटको साथ, कम्पनीले धेरै नयाँ सुविधाहरू रोल आउट गरेको छ । एप्पल आईओएस १७.२ अपडेटमा कम्पनीले जर्नल एप, एक्सन बटनका लागि ट्रान्सलेट विकल्प, स्पेसियल भिडियो फिचर जस्ता सुविधाहरू प्रस्तुत गरेको छ ।

जर्नल

एप्पलले जर्नल एप अपडेट १७.२ मा प्रस्तुत गरेको छ । यो एपमार्फत प्रयोगकर्ताले आफ्नो दैनिक जीवनसँग सम्बन्धित साना, ठूला र विशेष पलहरू लेख्न सक्नेछन् ।
लेख्ने बाहेक, प्रयोगकर्ताहरूले जर्नल एपमा फोटोहरू र समय तालिका सूचनाहरू थप्ने सुविधा पनि पाउँछन् ।
प्रयोगकर्ताले टच आईडी वा फेस आईडीको साथ जर्नल एप लक गर्न सक्षम हुनेछन् ।

एक्सन बटन

१७.२ अपडेटको साथ, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याकस प्रयोगकर्ताहरूले एक्सन बटनहरूको लागि ट्रान्सलेट बटन प्राप्त गर्दैछन् । यो सुविधाको साथ, प्रयोगकर्ताहरूले कुनै पनि अनुच्छेद द्रुत रूपमा अनुवाद गर्न सक्षम हुनेछन् ।

क्यामेरा

आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स प्रयोगकर्ताहरूले स्पाटियल भिडियोको सहयोगमा भिडियो खिच्न सक्नेछन् । यस बाहेक नयाँ अपडेटमा टेलिफोटो क्यामेराको फोकस गर्ने गतिमा सुधार गरिएको छ ।

मेसेज

क्याच–अप एरो फिचरले प्रयोगकर्तालाई पहिले नपढिएको सन्देशहरू पहुँच गर्न मद्दत गर्नेछ । यसका लागि तपाईले माथिल्लो दायाँ कुनामा रहेको एरोमा क्लिक गर्न आवश्यक छ ।

आड स्टिकर विकल्पको सहायताले प्रयोगकर्ताहरूले बबलमा स्टिकरहरू थप्न सक्नेछन् । यस्तै मेमोजी अपडेटको साथ, प्रयोगकर्ताहरूले अब मेमोजीको शरीर आकार समायोजन गर्न सुविधा प्राप्त गर्दैछन् ।
कन्ट्याक्ट की भेरिफिकेसनका साथ, प्रयोगकर्ताले स्वचालित अलर्टको सुविधा प्राप्त गर्दैछन् ।

मौसम

नयाँ विजेटको साथ, प्रयोगकर्ताहरूले अब अर्को आउँदो घण्टाको लागि मौसम पूर्वानुमानको सुविधा पाउनेछन् । यस बाहेक प्रयोगकर्ताले दैनिक पूर्वानुमान, सूर्योदय र सूर्यास्त समय र वर्तमान मौसमको जानकारी प्राप्त गर्नेछन् ।
 

अपडेट

ह्वाट्सएपको स्टेटस अपडेटको रिप्लाइ बार परिमार्जन हुँदै

ह्वाट्सएपको स्टेटस अपडेटमा अब विस्तृत रिप्लाइ बार उपलब्ध हुने भएको छ । वाईबेटाइन्फोको नयाँ रिपोर्टमा ह्वाट्सएपले आफ्ना प्रयोगक…

एनटी फाइबरबाट टेलिफोन सेवा प्रयोग गरिरहेका सेवाग्राहीलाई एक महिना निःशुल्क डाटा सुविधा

एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निः…

युट्युबमा कमेन्ट पज फिचर सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

गुगलको भिडियो सेयरिङ प्लेटफर्म युट्युबले क्रियटरहरूका लागि आफ्नो भिडियोहरूमा आउने कमेन्टहरूमा पूर्ण नियन्त्रण पाउने फिचर सार्वजनि…

५ हजार बढी व्यवसायीले प्रयोग गर्छन् खल्तीको पेमेन्ट गेटवे सेवा

खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँ…

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच बीवाईडी गाडी खरिदकर्तालाई अटो लोन दिन सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित इनलाइटन मोटर्सबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई स…

एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जीते

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिवार सफलतापूर्वक सम्पन्न भए…

नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने भाइबर यात्रा अभियान, एकजनाले गोक्यो लेकको ट्रिप पाउने

नेपालको पर्यटन गतिविधिलाई गतिशील बनाउने प्रयासस्वरूप राकुटेन भाइबरले आफ्नो यात्रा अभियानको दोस्रो सिजन सुरू गर्ने भएको छ ।&nbs…

म्यासेन्जरमा अब एन्ड–टु–एन्ड इन्क्रिप्सन फिचर

मेटाले आफ्नो इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म मेसेन्जरमा प्रयोगकर्ताहरूका लागि नयाँ सुरक्षा अपडेट फिचर ल्याएको छ । मेटाले …

ह्वाट्सएपमा अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक

ह्वाट्सएपले अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक गरेको छ । तस्बिर र भिडियोहरूका लागि भ्यु वन्स फिचर पहिल…

आईओएसमा पनि उपलब्ध भयो टिकटकजस्तै नेपाली एप रमाइलो

टिकटक विकल्पमा आएको नेपाली शर्ट भिडियो प्लेटफर्म एप रमाइलो अब आईओएस

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको अफर, २९९ रूपैयाँमा ३ महिना र ९९९ रूपैयाँमा १ वर्ष हेर्न पाइने

ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजले विशेष अफर ल्याएको छ । मंसिर २२ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने गरी कान्तिपुर सिनेमाजले…

साइप्रसबाटअब ईसेवामै रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जिएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै  साइप्रस …

ह्वाट्सएमा अब एचडी क्वालीटीमा स्टाट्स सेयर गर्न सकिने

अब ह्वाट्सएप स्टाट्स सेयर गर्दा एचडी क्वालिटीमै फोटो–भिडियो शेयर गर्न सकिने भएको छ ।  वाबेटाइन्फोको प…

टिगमा अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा

काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिग<…

‘एनसेल काण्डमा १० वर्षदेखि सीजी टेलिकमलाई नेपालमा स्थापित हुन नदिने पात्र संलग्न छन्’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई …