कीवर्डहरू -

अपडेट

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । 

यस प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समुहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको छ । सन्तोष शाक्य र उनको समुहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षिय प्रयत्न थापा र उनको समुहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ-आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समुहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो । एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्रदान गर्दछ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विजयीहरुलाई बधाइ दिदै स्टोरीटेलिङ एउटा महत्वपूर्ण सीप भएको र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्ने बताए । 

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु जिम्मेवारी भएको र भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गरेको बताए । 

स्थानिय कन्टेन्ट अर्थात सामाग्री र प्रतिभाको विकासमा सहयोग पुर्याउने हेतुले आयोजना गरिको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहलाई लक्षित रहेको थियो । “हामी जस्ता युवालाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरिदिनु भएकोमा एनसेललाई धेरै धन्यवाद ।

यस लघु चलचित्र प्रतियोगितामा विजयी हुन पाएकोमा हामी धेरै खुसी छौं । जुनसकै  पृष्ठभुमिबाट आएका र चलचित्र निर्माणका क्षेत्रमा चाख राख्ने हामी जस्ता मानिसहरुलाई यस किसिमको अवसरले आफ्नो प्रतिभा देखाउन र चिनाउन ठूलो प्रोत्साहन दिन्छ।”

यस लघु चलचित्र प्रतियोयिताका निणर्ायक मण्डलका सदस्यहरु निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए । विजयीहरुको घोषणा भाइटीकाको दिन गरिएको थियो र उत्कृष्ट लघु चलचित्रहरु सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियोे । आफ्नो उत्साह व्यक्त गर्दै निणर्ायक मण्डलका सदस्यहरुले यस प्रतियोगितामा देखिएको उल्लेखनीय सहभागिताले हाम्रो देशमा थुप्रै प्रतिभाहरु रहको स्पष्ट पारेको जनाए ।  

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले  दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने शर्त रहेको थियो । साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरु थिए ।

 

अपडेट

पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…

सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने

सामसंगले ग्यालेक्सी एआई सार्वजनिक गर्ने भएको छ ।सामसंगले एआई प्रयोग गरेर लाइभ कल ट्रान्सलेट सुविधासहित ग्यालेक्सी एआई ल्याउन…

कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य, नत्र आधिकारिक कागजात उपलब्ध नहुने

पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्…

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट…

अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने

मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…

दाङको बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा

दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा सुरू भएको छ ।…

डिजिटल बन्दै मनकामना केबुलकार

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकारले व्यावसायिक स…

शनिबार चितवनमा टेक मिटअप हुँदै

चितवनमा टेक मिटअप आयोजना हुने भएको छ । सूचना प्रविधिमा रूची राख्ने युवाहरूलाई लक्षित गर्दै डेभ कम्युनिटी नेपालले टेक मि…

टेक्नोरियन नेपाल आयोजना हुँदै, शीर्ष २ टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जान पाउने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट ल्याएको छ । टेकनोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्ट टेकफेस्ट एट आइआ…

पोखरामा डभलपर्स मिटअप हुँदै

डेभल्पर्स कम्यूनिटी इन पोखराले पीकेआर डभल्पर्स मिटअप आयोजना गर्ने भएको छ । मिटअप मंसिर १० गते नेसनल इनोभेसन से…

शिक्षक सेवाको तयारी गरिरहेकालाई ओटीसले २ लाखसम्मको छात्रवृत्ति दिने, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म ओटीसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका लागि वृहत छात्रवृत्ति योजना सञ्चालनमा ल्याएको छ ।&n…

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी

सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थागत तर्फ नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको छ । सरकारले कर दिवसको अवसर पारेर व्यवसाय सञ्च…

प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

 स्विट्जरल्याण्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।

लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने, विजेताले नगद १० लाख पाउने

‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा …

प्रहरी सेवामा अब क्यूआर कोड

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्ग…