अपडेट
लगानीकर्तालाई वित्तीय जानकारी र प्राविधिक विश्लेषण दिने प्लेटफर्म मनि मित्र सार्वजनिक
सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको आइडियाप्रेनर नेपालले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न मनि मित्र एप र वेबसाइट सार्वजनिक गरेको छ ।
प्रयोगकर्ताले वेवसाइटमा www.moneymitra.com र एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।
२९९ रूपैयाँ सुरुवाती मूल्य रहेको मनि मित्रमा नेपालको सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगायतका सेवाहरु उपलब्ध छन् । मनि मित्रको निःशुल्क संस्करणमा भने प्रयोगकर्ताले सीमित सेवाहरु प्रयाेग गर्न सक्नेछन् ।
प्रयोगकर्ताले मनि मित्रको एकै सदस्यता (Subscription) भित्र कम्पनीहरुका सम्पूर्ण विवरण, जानकारी र डाटा रहेको ‘गुरु मन्त्र’, ब्रोकरहरुको विवरण विश्लेषण र ब्रोकेरबीच तुलना गर्न मिल्ने ‘ब्रोकर चिरफार’, व्यक्तिगत वित्तीय व्यवस्थापनको लागि ‘बृद्धि’ र ज्ञान वृद्धिका लागि ‘आइडियाप्रेन्युर ज्ञान’ प्राप्त गर्नेछन्।
मनि मित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचीकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल प्राप्त गर्नेछन्। प्राविधिक विश्लेषण चार्ट भने निःशुल्क प्रयोगका लागि उपलब्ध छ ।
यससँगै गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी दिने नोटिफिकेसन अलर्ट, पोर्टफोलियोको विवरण, म्यूचुअल फण्डहरुको विवरण साथै विभिन्न म्यूचुअल फण्ड तथा कम्पनीहरुको वित्तीय अवस्थाबीच तुलना गर्न मिल्ने टुल उपलब्ध छ।
यस्तै, गुरु मन्त्रमा रहेको स्टक बास्केटमा विभिन्न १६ आधार कम्पनीहरुलाई समूहगत रूपमा रहेका छन् । नेप्से उपसमूहका अन्य कम्पनीहरुको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरुलाई समूहगत रूपमा सुपर कमर्शियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेन्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफाइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ भने उच्च लाभांस दिनेलाई डीभिडेण्ड स्टार, समूहमा राम्रो मुनाफा गरिरहेका र राम्रो लाभांस प्रदान गर्ने क्षमता भएका कम्पनीहरुलाई फरेभर ब्लु चिप,
छुटको मूल्यमा किन्न सकिने कम्पनीहरुलाई मेगा बार्गेन, उदाउँदा कम्पनीहरुलाई राइजिङ स्टार, ब्रोकरहरुले उच्च मात्रामा बिक्री गरेका कम्पनीहरुलाई डिस्ट्रीव्युसन, अप्रत्यासित रुपमा मूल्य बढीरहेका र लगानीकर्तालाई मनोवैज्ञानिक रूपमा प्रभावित गरेका कम्पनीहरुलाई बबल ट्रयाप, बेन्जामिन ग्रहामको भ्यालु इन्भेष्टमेन्ट विधिमा आधारित अण्डर भ्यालुड कम्पनीहरुलाई ग्राहम फेबरेट, ब्रोकरहरुले पछिल्लो समय उच्च मात्रामा खरिद गरिरहेका कम्पनीहरुलाई ब्रोकर फेबरेट, उच्च नेटवर्थ र लाभांस वितरण क्षमता भएका कम्पनीहरुलाई रिजर्भ किंग गरी १६ समुहमा विभाजन गरिएको छ।
सेयर बजारमा लगानीबारे अधिक जानकारी नभएका लगानीकर्तालाई यो सूचीले निर्णय लिन सल्लाह दिनेछ । साथै गुरु मन्त्रमा समग्र राष्ट्रको अर्थतन्त्रको तथ्याङ्कहरु पनि उपलब्ध छन्।
यस्तै गुरू मन्त्र अन्तर्गत प्रत्येक कम्पनीहरुको अद्वितीय विवरणमा: कम्पनीको सेयर कारोबारको विवरण, कम्पनीको सम्पूर्ण वित्तीय विवरण, कम्पनीको सेयरप्रती लगानिकर्ताको इमोसन दर्शाउने इमोसन मिटर, कम्पनीको वित्तीय अवस्थाको आधारमा रेटिङ, नेप्से र उपसमूहको तुलनामा कम्पनीको सेयरमूल्यको उपस्थिति,कम्पनीले दिएको मासिक र साप्ताहिक रिटर्न, ब्रोकर होल्डिङ, उपसमूहको अन्य सामान कम्पनी बीच तुलना, कम्पनीको स्वट एनालिसीस रहेको छ।
यस्तै लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था जान्न सयौँ पेजको रिपोर्टममध्ये कुन तथ्याङ्कको लागि कुन पेज खोज्ने भन्ने समस्या समाधान गर्न गुरुमन्त्रमा कम्पनीको वित्तिय विवरण अध्ययनलाई सहज बनाउन फाइनान्सियल अन्तर्गत त्रैमासिक रिपोर्ट, व्यलेन्स सीट, इन्कम स्टेटमेन्ट, क्यासफ्लो, अडिट-रेगुलेटरी तथा अन्य मेट्रिक्समा कम्पनीको वित्तीय विवरण प्रस्तुत गरिएको छ।
मनि मित्रको अर्को प्रोडक्ट ब्रोकर चिरफारमा प्रयोगकर्ताले आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई उसको सेवाको आधारमा रेटिङ् प्रदान गर्न सक्छन् । साथै ब्रोकर चिरफारको फीडमा आफ्नो अनुभव अन्य प्रयोगकर्ताले पनि हेर्न मिल्ने गरी साझा गर्ने व्यवस्था गरिएको छ।
ब्रोकर चिरफार अन्तर्गत सेयर कारोबारमा लाग्ने विभिन्न कारोबारको कमिसनको हिसाबकिताब, ब्रोकेरले सर्वाधिक खरिदबिक्री गरेका सेयरको बिबरण, ब्रोकरले होल्ड गरेको कम्पनीको बिवरण सँगसँगै ब्रोकरका रोजाइका कम्पनीहरूलाई प्रयोगकर्ताले सहज रुपमा बुझ्ने गरी ब्रोकर चिरफारमा राखिएको छ।
यसमा प्रयोगकर्ताले विभिन्न ब्रोकरहरुले प्रस्ताव गर्ने सेवाहरुकाबीच तुलना गरी गर्न सक्नेछन् । यस्तै मनि मित्रको अर्को प्रोडक्ट वृद्धिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सहयाेग र सल्लाह प्रदान गर्नेछ।
प्रयोगकर्ताले लगइन गर्ने समयमा वेबसाइटमा उपलब्ध गरेको विवरणको आधारमा प्रयोगकर्ताको वित्तीय अवस्था विश्लेषण गरी थप वित्तीय स्थाइत्वको लागि कसरी वित्तीय व्यवस्थापन गर्ने बारे यसले सल्लाह दिन्छ । यसमा प्रयोगकर्ताले चाहेको खण्डमा वित्तीय क्षेत्रका विज्ञसँग सहज कुराकानी गर्ने सुविधा उपलब्ध रहेको छ।
वृद्धिले भविष्यका लागि कति वर्षमा कुन वित्तीय लक्ष्य प्राप्त गर्न बार्षिक र मासिक रूपमा कति बचत गर्नुपर्छ भन्ने सल्लाह दिन्छ । सँगसँगै यसमा खर्चको हिसावकिताव राख्न मिल्ने सुविधा उपलब्ध छ ।
बिल स्क्यानकै आधारमा प्रयोगकर्ताले खर्चको हिसाबकिताब गर्न सक्छन् । साथै प्रयोगकर्ताको वित्तीय अवस्थाको आधारमा सेयरबजार, एसआईपी, म्युच्युअल फण्ड, मुद्दती, बचत मध्य कसरी पोर्टफोलियो विभाजन गर्ने बारे वृद्धिले सल्लाह प्रदान गर्दछ।
यस्तै आइडियाप्रेन्युर ज्ञानमा अर्थतन्त्र, व्यवसाय र वित्तीय साक्षरता वृद्धिका लागि विभिन्न लेखहरू उपलब्ध रहनेछन् भने आइडियाप्रेन्युर कोर्समा वित्तीय साक्षरता अभिवृद्धि गर्ने विभिन्न विधाका कोर्षहरु उपलब्ध रहनेछन् ।
अपडेट
नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को संचालक समितिमा महेश शर्मा ढकाल र जगदिश दाहाल …
स्थानीय भाषामा डोमेन प्रणाली व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ ।…
नयाँ वर्षको अवसरमा बससेवाको सुनको हार उपहार, अग्रिम टिकट काट्नेलाई प्राथमिकता
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २…
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा…
११ लाख पुग्यो फोनपे मर्चेन्ट नेटवर्कको संख्या
फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या ११ लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मा…
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक ह…
अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सकिने व्यवस्था हुँदै
यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अब ड्राइभिङ लाइसेन्सका …
अब नेपालीमै इम्बोस्ड नम्बर प्लेट राखिने, शुल्क पनि घट्ने
अब नेपाली भाषामै इम्बोस्ड नम्बर राखिने भएको छ । सोमबार उपप्रधान एवं भौतिक पूर्वाधा…
एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने
एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने भएको छ । यो फिचर मर्मतस…
च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटा सार्वजनिक
च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटालाई सार्वजनिक भएको छ । ओपनएआइका अनुसार एउ…
अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी
डेभ कम्युनिटी नेपालले अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प सञ्चालन गर्ने भएको छ । आउ…
मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा व…
आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो ‘इन्नोभेसन सेन्टर’
आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजी…
गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा
गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा…