कीवर्डहरू -

अपडेट

सुरू भयो क्यान इन्फोटेक २०२३

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबार अर्थात आजबाट सुरु भएको छ । माघ २४ गतेदेखि सुरू भएको क्यान इन्फोटेक माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौंको प्रर्दशनीमार्ग स्थित भृकुटिमण्डपमा आयोजना गरिएको इन्फोटेकको प्रमुख अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेकी थिइन् । मन्त्री शर्माले मोबाइल एपबाट पानसमा बत्ति बाल्दै कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

\"\"

कार्यक्रममा ड्रोनबाट पुप्षवृष्टि समेत गरिएको थियो । क्यान इन्फोटेकमा २०० स्टलहरुको उपस्थिति रहेको छ । इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को अतिथिको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट लगायतको उपस्थिती रहेको छ ।

माघ २५ गतेदेखि २८ गतेसम्म सूचना प्रविधिको क्षेत्रमा उदाउँदा प्रविधिबारे ४ वटा सेमिनार सञ्चालन हुने आयोजकले जनाएका छन् । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले सरकारले स्वदेशी सफ्टवेयर उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । मेलाले डिजिटल नेपाल निर्माणमा सहयोग पुर्याउने क्यान महासंघका महासचिव चिरिञ्जीवी अधिकारीले बताए । मेलालाई अनलाइनबाट पनि अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

\"\"

इन्फोटेकमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउँछन् भने व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्छन् ।

क्यान इन्फोटेकको टिकट डिजिटल वालेट पे वेलबाट खरिद गर्न सकिन्छ । यस अन्तर्गत सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० शुल्क तोकिएको छ । तर पेवेल एपबाट टिकट काट्दा २५ रूपैयाँमानै टिकट पाइने छ ।

यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने विश्वास महासंघले लिएको छ ।

\"\"

इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर हुने महासंघको भनाइ छ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लम्बिडसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ ।

साथै क्यान इन्फोटेकके दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ,क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन भइरहने छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


अपडेट

आइएमई पेको मन्थ अफ लभ अफर, कारोबार गर्दा स्मार्टफोन जित्ने मौका

आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवध…

मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ माघ २४ गते मंगलबार न…

हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ? 

युवा उद्यमीहरूका लागि सबैभन्दा ठूलो प्रतियोगिता हल्ट एट आईओई अनक्याम्पसको ग्रान्ड फिन…

टेलिकमले सुरू गर्‍यो फाइभजी परीक्षण

नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको …

४९ रूपैयाँमा १ दिनका लागि टेलिकमको अनलिमिटेड डाटा र १०० मिनेट भ्वाइस

नेपाल टेलिकमले २९४ रूपैयाँ २० जीबी डाटा दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको…

टेलिकमले २०० को रिचार्जमा २ जीबी र ५०० को रिचार्जमा ८ जीबी डाटा बोनस दिने 

रिचार्ज गर्दा नेपाल टेलिकमको डाटा बोनस दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अव…

१२ हजारमा एक वर्षका लागि टेलिकमको २० एमबिपिएस इन्टरनेट, टेलिफोन र एनटीटीभी

१२ हजार रूपैयाँमा १ वर्षका लागि नेपाल टेलिकमको २० एमबिपिएस इन्टरनेटसहित आईपीटीभ…

फोन पेबाट अब बिना इन्टरनेट पनि पैसा तिर्न सकिने

फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्ला…

खल्तीको खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक

खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा  आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो…

च्याटजीपीटीको १०० मिलियन प्रयोगकर्ता पूरा

च्याटजीपीटीले जानवरीमा १०० मिलियन प्रयोगकर्ता पुर्याउन सफल भएको थियो । च्याटजीपीटी…

डिजिटल वालेट पेवेलबाट २५ रूपैयाँमै क्यान इन्फोटेकको टिकट काट्न सकिने

डिजिटल वालेट पेवेल एपबाट क्यान इन्फोटेक २०२३ को टिकट २५ रूपैयाँमै पाइने भएको छ …

क्यान इन्फोटेकमा प्रविधि उद्योग र एकेडेमिया बीचको अन्तरबारे छलफल हुने

कम्प्युटर एसोसियन अफ नेपाल महासंघ को आयोजनामा आउँदो माघ २४ देखि २९ गते ६ दिनसम्म…

नबिल बैंकका ग्राहकलाई शाओमीका सामान खरिदमा इएमआई सुविधा 

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान  खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल…

भक्सक्रोको ५ औँ वार्षिकोत्सब: कल सेन्टरको प्रयायवाची बन्दै गेटडेस्क

नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी 'भक्सक्रो'ले स्थापनाको …

नेपालमा \'सुरक्षित इन्टरनेट दिवस\' मनाउँदै चाइल्डसेफनेट

चाइल्डसेफनेटले फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउने भएको छ । बालबालिका तथ…