कीवर्डहरू -

अपडेट

नेपालमै विद्युतीय स्कुटर बनाउन लागेकाे ग्रन्थ ईभीले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणलाई दिने

ग्रन्थ ईलेक्ट्रिक भेहिकल प्रालिले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर नेपाली जनतालाई बेच्ने भएको छ । कम्पनीलाई वृहत्तर बनाउन सिमित व्यक्तिहरूमा निहित नगरी अहिलेलाई २५ प्रतिशत शेयर बढीमा ४९ जना सर्वसाधारणलाई दिने भएको हो ।

ग्रन्थ ईभीका संचालक तथा प्रमुख कार्यकारी अधिकृत सुजन ढुङ्गेल कम्पनीको २५ प्रतिशत शेयर नेपाली नागरिकलाई दिने निणर्य भएको जानकारी दिए ।

‘यस्ता कम्पनीहरुमा हालसम्म सीमित व्यक्तिहरूको स्वार्थ र अधिनमा रहेको छ,’ उनले भने, ‘सीमित व्यक्तिहरूको वर्षौदेखि अधिनमा हुँदा सधैं एक व्यक्ति मात्रै धनी हुने भइरहेको हुन्छ । त्यस्तो परिपाटीलाई कम गर्न र सबै नेपालीलाई धनी बनाउन यो निर्णय गरेका हौं ।’

लगानीको लागि देश विदेशमा बस्ने जो सुकै नेपालीहरुले पनि आवेदन दिन सक्ने छन् । कम्पनीमा कम्तीमा १ लाख र बढीमा ३ करोडसम्म लगानी गर्न सकिने छ ।

प्राप्त आवेदनबाट ४९ जनालाई अहिलेको चरणमा समावेश गरिने र भविष्यमा थप गर्दै योजना रहेको कम्पनीले जनाएको छ ।  लगानी प्रस्तावका लागि [email protected] इमेलमा आफ्नो प्रस्ताव पठाउन सकिने छ ।

प्रस्ताव पठापछि कम्पनीले एक कार्यक्रम आयोजना गरी लगानीकर्ताको सुची लिकाल्ने छ, सो कार्यक्रममा सम्पूर्ण प्रस्तावकहरुलाई निमन्त्रण दिइनेछ ।

ग्रन्थ ईभीले भैरहवामा सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना गर्दैछ । उद्योग तयार भएपछि कम्पनीले सुरूमा दुई पांग्रे सवारीसाधन एसेम्बल गर्ने र त्यसपछि विस्तारै चार पांग्रेमा छिर्ने योजना लिएको छ ।

ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिन्छ ।

राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगले बताउँछन् ।

अरू स्कुटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् ।

कम्पनीको स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ ।

४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ ।

ढुंगेलका अनुसार ग्रन्थले एसेम्बल गर्ने स्कुटरको मूल्य साढे २ लाखदेखि ३ लाखसम्म पर्ने अनुमान गरिएको छ । स्कुटरमा फास्ट चार्जर प्रविध भने राखिएको छ ।


यो पनि पढ्नुहोस्ः करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै


अपडेट

खल्तीबाट सवारीको ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने मौका 

खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इएमआई डन - १०० % रिटर्न’ अफर पूनः ल्याएको छ । यस …

अब कम्प्युटरमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने

लोकल नेटर्वक प्रयोग गरी स्टिमबाट अब गेमहरू ट्रान्सफर गर्न सकिने भएको छ । स्टिमको नया…

प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गर्ने एआई च्याटबटको धम्की 

माइक्रोसफ्टको एआइ च्याटबटले प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गरेर प्रतिष्ठामा ठेस…

 वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स ली भन्छन्, ‘क्रिप्टोकरेन्सी जुवा जस्तै हो’

वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स लीले क्रिप्टोकरेन्सीको तुलना जुवासँग गरेका छन्…

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृति तथा उत्कृष्टता सम्मान

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्ज…

क्रोममा सार्वजनिक भयो मेमोरी एण्ड इनर्जी सेभर मोड

गूगलले क्रोम ब्राउजरमा मेमोरी एण्ड इनर्जी सेभर मोड सार्वजनिक गरेको छ । म्याक, विन्डो…

हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’

नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट 'हाम्रो पे' थपिएको छ । श…

ब्रोडवे इन्फोसिसको डिजिटल मार्केटिङ ३६० कोर्स

ब्रोडवे इन्फोसिसले डिजिटल मार्केटिङ ३६० कोर्स सार्वजनिक गरेको छ । यसले डिजिटल मार्क…

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने 

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ९८ रूपैया…

च्याटजीपीटीको निरन्तर प्रयोग उपयुक्त होला ? 

पछिल्लो समय एआईको दुनियाँमा च्याटजीपीटी नामक च्याटबटले लोकप्रियता कमाइरहेको छ । च्…

प्रविधिबाट खानेपानी क्षेत्रका चुनौती समाधान गर्न दियालो र भारतको जनजलबीच सम्झौता

खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज …

आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको नेसनल पेमेन्ट स्विचमा आवद्ध

आइएमई पे अब नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा आवद्ध भएको …

डिजिटल वालेट हाम्रो पे सार्वजनिक हुँदै

डिजिटल वालेट हाम्रो पे शुक्रबार सार्वजनिक हुने भएको छ । नेपालको धेरै डाउनलोड भएक…

आइएमई पेबाट अब सजिलै ट्राफिक जरीवाना तिर्न सकिने, यस्तो छ तरिका

आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक जरीवाना भुक्तानी गर्न मिल्ने सुवि…

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता, टिकट खरिदमा रु ५० सम्मको क्यासब्याक

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको…