कीवर्डहरू -

अपडेट

नेपालमा सेवा दिने विदेशी प्रविधि कम्पनीबाट ५ महिनामा १२ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा विद्युतीय माध्यमबाट कारोबार गर्ने गूगल, फेसबुक, माइक्रोसफ्ट, लिंकडिन, टिकटक जस्ता ठूला विदेशी प्रविधि कम्पनीले १२ करोड कर तिरेका छन् ।

यो आर्थिक वर्षको ५ महिनामा गूगल, फेसबुक, माइक्रोसफ्ट जस्ता ठूला विदेशी प्रविधि कम्पनीबाट १२ करोड २ लाख राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षबाट सरकारले गैरबासिन्दा व्यक्तिले नेपाली उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र दुई प्रतिशत विद्युतीय सेवा कर (डीएसटी) लाग्ने व्यवस्था गरेको थियो भने डिजिटल सेवा कर सम्बन्धि छुट्टै कार्यविधि समेत तयार पारेको थियो ।

नेपालीलाई विद्युतीय सेवा उपलब्ध गराएर २० लाख भन्दा बढी कारोबार गर्ने विदेशी कम्पनीलाई भ्याट र डीएसटी लाग्ने व्यवस्था छ ।

गत आर्थिक वर्षमा डीएसटीका लागि ९ वटा कम्पनी दर्ता भएका थिए भने यस वर्ष १२ वटा कम्पनी दर्ता भएका छन् । पछिल्लो समय नेपाल सरकारले टिकटक नेपालमा चलाउन प्रतिबन्ध लगाएको छ भने सामाजिक सञ्जाललाई नियमन गर्ने छुट्टै ऐन ल्याउने समेत तयारी गरेको छ । 


 
 

अपडेट

अन्य उद्योगभन्दा सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बताएकी छन् ।

<…

प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…

सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान

वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका स्वीकृत

सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गरेको छ । 

इसेवाको लिंक अकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते एक लाखको शपिङ भौचर

इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले रु एक लाखको शपिङ …

खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न सार्वजनिक निकायलाई अख्तियारको सुझाव

आफूले खरिद गरेका सफ्टवेयरको सोर्स कोड नियन्त्रणको सुनिश्चितता गर्न अख्तियारले सार्वजनिक निकायलाई दुझाव दिएको छ ।

आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ ? यसरी काट्नुहोस् टिकट

शुक्रबार अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उत्सवको …

गूगलले ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने

सर्च इन्जिन गुगलले अमेरिकामा करिब ७०० मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ । बजारमा एन्ड्रोइडको बलियो स्थितिको फाइदा उठाएको म…

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य

मोबाइल फोन आयातकर्ताकोहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलबीच सहकार्य भएको छ । 

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस शेयर गर्न सक्ने सुविधा आउँदै

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस सेयर गर्न सक्ने सुविधा आउने भएको छ । 

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । 

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । २३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व–सम्म…

सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन, ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने भएकाले यसको ‘डिपार्चर न…

चौबिसै घण्टा तपाईको स्मार्टफोनले कुरा सुन्न सक्छ, नयाँ अनुसन्धानमा पुष्टि

धेरै पटक तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुहुन्छ, कुनै उत्पादनको बारेमा छलफल गर्नुहुन्छ र त्यसपछि केही समय पछि तपाईंले आफ्नो सोशल मिडिया खातामा सोही प्रडक्टक…

मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई

सन् २०२३ सकिन लागेको छ । यस वर्ष एआईले धेरै चर्चा पायो । गुगलदेखि मेटा र माइक्रोसफ्टसम्म ठूला प्रविधि कम्पनी यस प्रतिस्पर्धाम…