अपडेट
डिजिटल मिडिया सोसाइटी गठन
डिजिटल मिडियाका प्रकाशकहरूले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् । मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको भन्दै समाचारलाई अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गरेर ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरिएको हो ।
संस्थाको अध्यक्षमा बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान रहेका छन् । यसैगरी, उपाध्यक्षमा सेतोपाटी सञ्चार प्रालि (सेतोपाटी डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डटकम)का अध्यक्ष तथा सम्पादक बिमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमान्डु डटकम)का अध्यक्ष पुष्प दुलाल रहेका छन् ।
सोसाइटीका कार्यसमिति सदस्यहरूमा विकास मिडिया प्रालि (विकास न्युज डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्रालि (क्यापिटल नेपाल डटकम)की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देशसञ्चार डटकम)का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डटकम)का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डटकम)का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्युज नेटवर्क प्रालि (रातोपाटी डटकम)का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डटकम)का सञ्चालक सुरेश सिम्खडा रहेका छन् ।
कम्तीमा सञ्चालनको पाँच वर्ष पूरा गरेका र न्यूनतम् १५ जना सञ्चारकर्मीलाई रोजगारी दिइरहेका अनलाइन सञ्चारमाध्यमहरू सोसाइटीमा आबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बद्र्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको पाँच वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो दुई वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना सञ्चारकर्मीलाई रोजगारी दिइरहेका र गत आर्थिक वर्षसम्म सरकारी कर चुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।’
यस्तै, संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालि (हिमाल खबर डटकम)का अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्युज नेटवर्क प्रालि (रातोपाटी डटकम)का संस्थापक ओम शर्मालाई सल्लाहकारमा चयन गरेको समेत संस्थाले जनाएको छ । विधानका सर्त पूरा गर्ने संस्थाहरूलाई सोसाइटीको सदस्य बन्न आवेदन खुला गरिएको समेत जानकारी दिइएको छ ।
अपडेट
नमस्ते पेमार्फत उडान टिकट बुकिङ गर्दा २ सय रुपैयाँसम्म क्यासब्याक
यस दशैँमा नमस्ते पेमार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्…
इसेवाको दशैं तिहार अफर, कारोबार गर्दा टुर प्याकेज, स्मार्टफोन र ३ वटा मोटरसाइकल जित्ने मौका
नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले नेपालीहरूको महान चाड दशैँ तिहारलाई मध्यनजर गर्दै इसेवा डिजिटल उत्सव हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।…
प्लस साइज नेपाल डटकमको ‘ज्याकपट सेल’, हरेक दिन ५ जनाले पाँच रूपैयाँमै सामान पाउने
फेसन ब्राण्ड अनलाइन सपिङ प्लेटफर्म प्लस साइज नेपाल डटकमले दशैंको अवसरमा नयाँ अफर ‘ज्याकपट सेल’ ल्याएको छ ।
ज्याकप सेल अन्तर्गत प्…
राष्ट्रिय पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा एनसेलको सहकार्य
एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारा…
स्थानीय तहबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन बायोमेट्रिक विवरण दिन सकिने
अब मतदाता नामावलीमा नाम दर्ता गराउन अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन सकिने भएको छ ।
नि…
नेपालको पहिलो एडब्लुएस क्लाउड क्लब त्रिविमा स्थापना
त्रिभुवन विश्वविद्यालया (त्रिवि) मा नेपालको पहिलो अमेजन क्लाउड सर्भिसेस (एडब्लुएस) क्लाउड क्लब स्थापना भएको छ ।
एडब्लुएस क्लाउड क्लबले विशेष गर…
पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ
पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ परेका छन् ।
असोज २८ गते काठमाण्डौका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई …
इभो स्टोर र नयाँ पुरानोबीच सहकार्य, पुराना फोन नयाँ आइफोनसँग साट्ने अवसर
आफ्ना पुराना स्मार्टफोनहरू विक्री गर्नका लागि सजिलो एप नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इ…
डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने
दसैँको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने भएका छन् । घटस्थापनाको …
तिलिचो ताल क्षेत्रमा इन्टरनेट सेवा
विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङ…
नेपाल टेलिकमको दशैं अफर, ७८९ रूपैयाँमा ३० जीबी डेटा, ६०० मिनेट कल र २०० एसएमएस
नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुक…
चौंथो वर्षमा आइसिटी समाचार डटकम
‘प्रविधि सँगसँगै’ भन्ने नारासहित सुरू भएको आईसीटी समाचार डटकम तेस्रो वर्ष पूरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । हरेक क्षेत्रमा सूचना तथा सञ्चा…
पठाओले ल्यायो वार्षिक छात्रवृत्ति योजना, देशभरका १०० जेहेनदार विद्यार्थीलाई अवसर
पठाओ नेपालले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा 'त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना' सार्वजनिक गरेको छ ।
सम्झौतापत्रमा पठाओका तर्फबाट…
कोड फेस्ट २०२३ सम्पन्न, सुदूरपश्चिमको नास्ट टिम बन्यो विजेता
कोड फर चेन्ज द्वारा आयोजित नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ काठमाडौंमा स…
आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जीवन कथामा आधारित पुस्तक अनलाइनबा…