अपडेट
नेपालमै पहिलो पटक एशिया प्यासिफिक एडभान्स नेटवर्कको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तराष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुने भएको छ । लामो समयको प्रयासपछि APAN को ५५ औं सम्मेलन फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने भएको हो ।
पाँच दिनसम्म सञ्चालन सम्मेलनमा ५५ वटा भन्दा बढी सेसनहरु सञ्चालन हुनेछन् भने १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रहि प्रस्तुती दिने छन् ।
विश्वभर फैलिएको कोभिड महामारी पछि पहिलो पटक भौतिक रुपमा आयोजना हुन लागेको यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुनु गौरवको विषय भएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताए ।
नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) ले नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पाँच दिने सम्मेलन नेपालमा गर्न लागेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने यस सम्मेलनमा दुईजना नेपालीसहित ४ जना व्यक्तिहरुले मुख्य वक्ता (Keynote Speaker) को रुपमा सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरुबीच छलफल हुनेछ ।
यसका साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहने कार्यक्रम तय भएको छ ।
२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धित संस्थाहरुबाट १५० गरी ३३० भन्दा बढि प्रतिनिधिहरु सम्मेलन स्थल काठमाडौं मेरियटमा सहभागी हुने आयोजकले जानकारी दिएको छ । साथै २०० भन्दा बढि व्यक्तिहरु अनलाइनका माध्यमवाट पाँच दिन सम्म सञ्चालन हुने APAN को ५५ औं सम्मेलनमा सरिक हुने आसा गरिएको छ ।
नेपालमा पहिलोपटक हुन लागेको यस एप्यान सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पऱ्याउने अमात्य बताउँछन् ।
यस्तै यस सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्बन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ ।
यो सँगै नेपाल सरकारले सुचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयासहरु विश्वमाझ पुऱ्याउने अवसर समेत यस सम्मेलनले जुटाउने आयोजकको अपेक्षा छ ।
साथै विभिन्न देशका प्रतिनिधिसँगको आपसी अन्तरकृयाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदाय सँग गरिरहेका वैज्ञानिक सहकार्यहरुलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यस सम्मेलन सम्बन्धी विस्तृत विवरण थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
सम्मेलनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यका साथै नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, Ruijie Networks, APNIC, Internet Society, Asi@Connect, e-Hualu लगायतका संस्थाहरुले सहयोग रहनेछ । सम्मेलनको लागि आवश्यक इन्टरनेट व्याण्डविथ वर्ल्डलिंक र सुबिसुले उपलब्ध गराउने भएका छन् ।
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको (National Research and Education network) सहकार्यमा स्थापित Asia Pacific Advanced Network ( APAN) ले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ ।
APAN ले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ ।
अपडेट
नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो सहकारी
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तान…
अब इमेजको टेक्स्टलाई पनि गूगल ट्रान्सलेटर प्रयोग गरी अनुवाद गर्न सकिने
गूगलको गूगल ट्रान्सलेटरमा अब वेबमा भएको इमेजबाट टेक्स्टलाई अनुवाद गर्न सकिने भएको …
ईसेवामा महिनाको २५ गते प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक
ईसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ । यस अफर अ…
हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजि…
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान
वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवस…
रेमिटलीबाट पठाएको पैसा अब सिधैं आइएमई पे वालेटमै पाउन सकिने
रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको रेमिटेलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नाग…
नारी दिवसमा इसेवाको अफर, महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्ष…
गुणस्तरीय शिक्षासँग जोड्न सय विद्यालयलाई स्मार्ट डिभाइस दिदै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले १०० वटा ग्रामीण भेगका विद्यालयलाई स्मार्ट टिभी, सीसी क्य…
चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने
चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने भएको छ…
डिजिटल डिभाइड कम गर्न दूरसञ्चार प्राधिकरणले डिभाइस वितरण गर्ने
डिजिटल डिभाइड कम गर्न नेपाल दूरसञ्चार प्राधिकरणले डिभाइस उपलब्ध गराउने भएको छ । ब…
नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डमा अब एक जना महिला सदस्य अनिवार्य
नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा अब एक जना महिला अनिवार्य हुने भएको छ । ब…
हामीले डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छुट्याउन सकेका छैंनौः सीईओ विष्ट
विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश विष्टले डिजिटल परिवर्…
सूचना प्रविधिमा महिलाको अवस्था
अहिलेको समय सूचना प्रविधिको हो । आजको दिनमा सूचना प्रविधि (आईटी) दैनिक जीवनको अ…
विश्व प्रविधिलाई परिवर्तन गर्ने १० अब्बल महिला
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देशभर नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्…
रेमिट्याप वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोज…