अपडेट
नेपालमा ओटीटीः विदेशी एपमा दर्शक आए, स्वदेशीमा आएनन्
कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे ।
सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए । तर विदेशी एपमा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले दर्शक पाएनन् ।
नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी लरकार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै गएका छन् ।
आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए ।
अभिनेता, निर्माता, लेखकसँगै चलचित्र ‘पानीफोटो’मार्फत् निर्देशक बन्नुभएका लामिछाने सिनेमाघर एपसँग सन् २०१८ मा जोडिएका थिए । 'नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ' उनले भने, 'अब भने आफ्नै कन्टेन्ट ल्याउनेमा हामी छौँ ।'
यद्यपि त्यसको सूचिगत प्रक्रिया पूरा नहुँदासम्म आँट गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार वार्षिक पात्रो बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्न सकिने उनको भनाइ छ ।
आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताए। 'पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ', उनले भने, 'एप ल्याएर मात्र हुँदैन त्यसलाई दर्शकसम्म पुर्याउन हामीले आवश्यकपर्ने सामग्री सञ्चित गरिरहेका छौँ।'
उनले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । उनले भने, 'पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ । किनकी अहिले चलचित्र भवनबाट समेत खिचिएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।' स्वदेशी आफ्नै सामग्री नहुँदा दर्शकको आकर्षण बढ्न सकेको छैन ।
अभिनेता अर्पण थापाले निर्माण प्रक्रियामा सानो वा ठूलो पर्दा भनेर विभेद नगर्न हुने बताए। 'हामीले शृङ्खला तयार गरिरेका छौँ भने पनि चलचित्र झैँ मेहनत गर्नुपर्छ । शृङ्खला भनेर मेहनतमा कमि भयो भने त्यसको नतिजा राम्रो आउँदैन', अभिनेता थापाले भने, 'मैले भर्खरै एउटा शृङ्खलामा अभिनय गरेको छु। विस्तारै हामी कहाँ पनि ओटिटीलाई लक्षित गरी काम गर्नेछौँ।'
अपडेट
नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित
नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित भएको छ …
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित भएको छ । राष्ट्र…
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित भए…
विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सह-सचिव विरेन्द्र मिश्र न…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू
सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार …
साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको ब…
सूचना प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै
सरकारले मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिु भन्न नारासहित सरकारले मंगल…
क्यान महासंघ मकवानपुरद्वारा अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन
क्यान महासंघ मकवानपुर जिल्ला शाखाले अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन गरेको छ । …
पठाओले गर्यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले …
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, ६० दिनभित्र कोषको व्यवस्थापनको मस्यौदा ल्याउने
सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । …
सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक
सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आय…
सिड्नीमा नेपालीको ह्याकाथन, आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै नेपाली
कृतिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्…
सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सरकारले महावीरसँग …
महावीर पुनसँग सरकारले आज पनि वार्ता गर्दै
सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्…