अपडेट
एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई सुर्खेतमा ५० लाख रुपैयाँको चेक हस्तान्तरण
एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कार्तिक १७ गतेको विनाशकारी भूकम्प पश्चात एक जिम्मेबार अत्यावश्यक सेवा प्रदायकका रुपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको थियो ।
एनसेलले बिहीवार आफ्नो प्रतिबद्घता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यलय, सुर्खेत पुगेर रु ५० लाखको चेक हस्तान्तरण गरेको छ । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रि कृष्ण बहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए ।
‘‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत । पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ ’’ वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बि सी ले भने ।
कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको छ र भुकम्प प्रभावितहरुलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।
“यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,” एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले भने ।
एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका का.मु. मुख्य सचिव चुडामणि पौडेलले भने, “कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।”
यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै रु १ करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति एनसेल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथ रहेको कम्पनीले जनाएको छ ।
अपडेट
एनसेलद्वारा काठमाडौं, भैरहवा र जनकपुरमा बम्पर पुरस्कार हस्तान्तरण
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई ब…
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बोहोराले जिते १ लाख पुरस्कार
डिशहोमले सञ्चालन गरेको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह…
नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणा
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (य…
कात्तिक २५ बाट सुरु हुुँदै दराजको ११ः११ सेलको छैटौँ संस्करण
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेदेखि …
एप्पलद्वारा आइओएस १७.१.१ अपडेट सार्वजनिक
एप्पले प्रयोगकर्ताहरुका लागि आइओएस १७.१.१ अपडेट सार्वजनिक गरेको छ । यो एक सानो अपडेट हो । यसको सहयोगमा, कम्पनीले केही ब…
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्ग…
आइसिटी अवार्डका जुरी संयोजक सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित
बिजबेलका संस्थापक, आइसिटी अवार्डका जुरी तथा युवा जलविद्युत् उद्यमी सुशील पोखरेल सन् २०२३–२…
नागरिक एपबाटै अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने
नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आएको हो…
युट्युबमा आयो आस्क बटन फिचर, प्रयोगकर्ताले भिडियोसँग सम्बन्धित प्रश्न सोध्न सक्ने
युट्युबले आस्क बटन फिचर सार्वजनिक गर्न सुरू गरेको छ । सुरूवाती सममयमा यसले आस्क बटन सुविधा हाल केही अंग्रेजी भ…
२ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले गलकोट लिंक प्रालि र सुर्खेत केबल…
यस्तो छ मस्कले सार्वजनिक गरेको आर्टिफिशियल इन्टेलिजेन्स च्याटबोट ग्रोक
एलन मस्कले हालै आफ्ना प्रयोगकर्ताहरूका लागि आर्टिफिशियल इन्टेलिजेन्स च्याटबोट ग्रोक ल्याएका छन् ।
एलन मस्कको एआई कम्पनी…
टिकटकसँग सहकार्य गर्दै सरकार, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाइने
टिकटकमा गैरकानुनी र अश्लील सामग्री राख्न थालेपछि त्यसलाई रोक्न सरकारले टिकटकसँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले टिकटक…
आजदेखि लागु हुँदै एमडीएमएस, पहिलो चरणमा हाई ईण्ड फोनका नेटवर्क लक हुने
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ ।
म्यापिङ सागा आयोजना गर्दै आइटेक कर्णाली
आइटेक कर्णालीले म्यापिंग सागा :ओएसएम ट्रेनिंग एण्ड म्याराथन आयोजना गर्ने भएको छ । यो कार्यक्रम ओपन…
सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव
सफ्टवेरिका कलेजका १० नेपाली विद्यार्थीले कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव लिएका छन् । सफ्टवेरिका कलेज अफ आईटी…