कीवर्डहरू -

अपडेट

एनएफसीमा प्रविधिमा आधारित चिपसहितको डिजिटल भिजिटिङ कार्ड नेपाल भित्रियो, कति होला मूल्य ?

नेपालमै पहिलो पटक नियर–फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुवात भएको छ । यो चिप प्रविधिमा आधारित पेपरलेस डिजिटल भिजिटिङ कार्ड हो । 

एटिएम कार्ड बोकेझैँ गरी लिएर हिँड्न मिल्ने यसको चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरू राखिएको हुन्छ । यसले गर्दा प्रयोगकर्ताको आफ्नो जानकारीहरू सजिलै सँगै अन्य व्यक्तिहरूलाई दिन सकिन्छ र मोबाइल नम्बर, इमेल र अन्य जानकारीहरू सजिलो र बिना झन्झटिलो तरिकाबाट दिन सकिन्छ ।

चिपको माध्यमबाट कार्डलाई मोबाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोबाइल फोनको ‘कनट्याक्ट लिस्टमा सेभ गर्न सकिन्छ । विकसित मुलुकहरूमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएता पनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालिमार्फत नेपालमा भित्राएका हुन् । 

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ कार्ड, अनलाइन र अफलाइन दुबैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैँका लागि हुने, व्यक्तिगत नाम ‘ईम्बोस्ड’ प्रिन्ट हुने लगायतका अन्य थुप्रै विशेषता रहेका छन् । 

यसका साथै कम्पनी वा बिजनेस प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यू’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ, जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यू’ दिन सकिने कम्पनीले जनाएको छ ।

कार्डको सफ्टवेयर एआई प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्ने हुन्छ । यसको डाटाहरूलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरू अपनाइएकोले डाटा हराउने तथा दुरुपयोगको जोखिम नहुने’ कम्पनीका प्रबन्ध निर्देशक बानियाँले जानकारी दिए । 

कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ, जसमा कम्पनीले आकर्षक कार्ड बक्ससहित कार्ड उपलब्ध गराउने जनाएको छ । 

अपडेट

बार्डको नयाँ संस्करण चलाउन पैसा तिर्नुपर्ने

जब गुगलले गत वर्ष फेब्रुअरीमा आफ्नो एआई च्याटबट बार्ड सार्वजनिक गर्‍यो, धेरै विज्ञहरूले गूगलले हतारमा बार्ड सुरु गरेको …

मालुङ्गामा नेपाल टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाक…

नेपाल सम्वत एल्गोरिदम बनाउने स्पाइरलजिक्सलाई प्रधानमन्त्रीद्वारा सम्मान प्रदान

आईटी कम्पनी स्पाइरलजिक्सले अत्याधुनिक नेपाल सम्वत (एनएस) एल्गोरिदम बनाए वापत सम्मान प्राप्त गरेको छ । नेपाल सम्वत&…

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार भट्टलाई पक्राउ गरेको …

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै कामना सेवा विकास बैंक, डिजिटल कारोबार बन्द हुने

शुक्रबार साँझ ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म कामना सेवा विकास बैंकका सम्पुर्ण डिजिटल बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुन…

एमडीएमएस खरिद प्रक्रियामा अनियमितता देखिएपछि कार्यान्वयन रोक्न मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन रोक्न नेपाल दूरसञ्चार प्राधिकरणलाई नि…

नेपालको नानो स्याटेलाइट मुनाल प्रक्षेपणमा भारतले सघाउने

मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सघाउने भएको छ । यसका लागि बिहीबार भारतीय अन्तरिक्ष  अनुसन्धान संस्था (ईस्रो)को तर्फबाट …

पशुपतिमा हुने आरतीको भिडियो व्यवसायीक प्रायोजनका लागि सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने

पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरतीको भिडियो सामग्री सामाजिक सञ्जालमा व्यवसायिक प्रायोजनका लागि राखे…

विन्डोजमा एआई प्रयोगलाई सहज बनाउँदै माइक्रोसफ्ट, अब पीसी किबोर्डमा कोपाइलट की हुने

करिब ३ दशकपछि माइक्रोसफ्टले विन्डोज किबोर्डमा ठूलो परिवर्तन ल्याउने भएको छ । एआई पीसीको अवधारणालाई अगाडि बढाउन माइक्रोसफ्टले पी…

हुम्लाको दक्षिणी भेग ताँजकोटमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्…

सातै प्रदेशमा आईएमईको डिजिटल रेमिटेन्स साक्षरता कार्यक्रम सम्पन्न

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ …

एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध भयो कोपाइलट

माइक्रोसफ्टले कोपाइलट (पहिलाको बिङ च्याट) लाई

इन्स्टाग्राममा नयाँ फिचर आउँदै, आफ्नो स्टोरीमा अरुको प्रोफाइल सेयर गर्न सकिने

इन्स्टाग्रामले सन् २०१६ मा स्टोरीज फिचर लन्च गरेको थियो र त्यसपछि यसमा धेरै परिवर्तन गरिएको थियो । 

गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फेब्रुअरी २०२४ मा बन्द हुँदै

गुगलले सन् २०२० मा नै आफ्नो गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फिचर बन्द गर्ने घोषणा गरेको थियो र अब यसको समय आएको छ । रिपोर्…

ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित

ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नो…