अपडेट
नेपाल टेलिकमको दशैं अफर, ७८९ रूपैयाँमा ३० जीबी डेटा, ६०० मिनेट कल र २०० एसएमएस
नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ ।
दशैंका लागि यो अफर असोज २८ गतेदेखि प्रारम्भ भएको छ । यो अफर आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ४९ रूपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।
त्यसैगरी ९८ रूपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने र १९९ रूपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ रूपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रूपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ ।
यस अनुसार २०० देखि ४९९ रूपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ५०० रूपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड ११९९ प्याकेज यसअघि १४९९ रूपैयाँ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि ११९९ रूपैयाँमा उपलब्ध हुनेछ । यस अफर अन्तर्गत अनलिमिटेड अल-नेट भ्वाइस कल, १००० वटा अल-नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।
असोज २८ देखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।
अपडेट
आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जीवन कथामा आधारित पुस्तक अनलाइनबा…
२४औँ वार्षिकोत्सवको अवसरमा पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गर्दै भायानेट
भायानेटले २४ औँ वार्षिकोत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । यस अ…
नेटा भीको एक्स्चेन्ज क्याम्प आयोजना हुँदै, असोज २८ गतेसम्म सञ्चालन हुने
सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ …
वर्ल्डलिंकका ग्राहकहरुका लागि खल्ति तथा सामसङको उत्कृष्ट चाडपर्व अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री …
इजरायल–हमास युद्धमा यसरी हुँदैछ क्रिप्टोकरेन्सीको प्रयोग
इजरायल र हमासबीच चलिरहेको युद्ध चलिरहेको छ । यो युद्ध गोला बारुदले मात्र लडिएक…
काठमाडौं विश्वविद्यालयमा बनेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन
कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् दक्षिण कोरियाली सरकारको अनुदानमा…
नेपाल टेलिकमको अटम अफर, १३ रूपैयाँमै १२ घण्टासम्म अनलिमिटेड कुराकानी गर्न पाइने
नेपाल टेलिकमले अटम अफर उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डा…
लक्ष्मी सनराइज बैंकको दशैं योजना, मोबाइल बैंकिङबाट टिकट काट्दा क्यासब्याक
नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले …
अरोरा र अन्डरडग टेक अवार्डको आवेदन खुला, महिला टेक संस्थापकहरुले आवेदन दिन पाउने
महिला टेक संस्थापकहरुलाई लक्षित गरिएको अरोरा टेक अवार्ड र अन्डरडग टेक अवार्डको आवे…
हाम्रो पेको क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा ‘कोइली’ कराउने
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब 'कोइ…
फोनपेबाट एयरलाइन्सको टिकेट काट्दा म्याकबुक एयर जित्ने मौका
नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले फोनपे सुपरयात्रा नामक अभियान संचाल…
एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?
एप्पलले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ आईफोन ल्याउँछ । केही समय अगाडि म…
डिशहोमका ग्राहक राईले जिते एक लाख नगद
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ क्यास आईडीका ग्रा…
सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका
‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली…
शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?
गत शनिबारदेखि इजरायल र हमासबीच युद्ध जारी छ । गत ७ अक्टोबरमा प्यालेस्टिनी इस्लामिक…