कीवर्डहरू -

अपडेट

सफ्टवेरिकामा \'जब प्लेसमेन्ट वीक\', रोजगारीका लागि छानिए सय बढी विद्यार्थी

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीहरूका लागि जब प्लेसमेन्ट वीक सञ्चालन गरेको छ ।आईटीमा १२ वर्ष पूरानो यस कलेजले विद्यार्थीहरूका लागि विभिन्न कम्पनीहरूमा रोजगारीका लागि पहल गर्नका लागि यस कार्यक्रम आयोजना गरिएको हो ।

'जब प्रोभाइडर र जब सीकरबीच पुल बन्नका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ,' कलेज प्रमुख प्रमोद पौडेलले भने । रोजगारका लागि विद्यार्थीलाई कसरी तयार पार्ने भन्नेबारे यस कार्यक्रमले सहयोग गरेको उनको भनाइ छ ।

यस कार्यक्रममा कम्प्युटिङ, इथिकल ह्याकिङ र साइबर सेकुरिटीबारे विद्यार्थी र विभिन्न कम्पनीका अधिकारीहरूबीच छलफल गराइएको थियो ।

जब प्लेसमेन्ट वीकमा कलेजका पूर्व विद्यार्थी, अध्ययनरत विद्यार्थीहरू एवम्  विभिन्न २० कम्पनीका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

विहिबार सकिएको कार्यक्रममा १५० विद्यार्थी सहभागी भएका थिए । जसमा १०० जनाभन्दा बढी विद्यार्थी छानिएको कलेज प्रमुख पौडेलले जानकारी दिए ।

सो कार्यक्रम अन्तर्गत विभिन्न कम्पनीका प्रतिनिधिहरूले विविध विषयमा प्रशिक्षण समेत दिएका थिए । कलेजका पूर्व विद्यार्थी एवम् आयात डिजिटल कम्पनि प्रा.लिका सञ्चालक प्रशान्त कोइरालाले आफूले विगतमा भ्याकेन्सी अनाउन्स गर्दा पनि जनशक्ति पाउन नसकेको सुनाए ।

उनले यस कार्यक्रमले विद्यार्थीहरूलाई रोजगारका लागि समेत तयार पारेकोमा खुशी व्यक्त गरे ।कलेजले विद्यार्थीहरूका लागि अध्ययन तथा अनुसन्धान केन्द्र समेत व्यवस्था गरेको छ ।

यस्तै जेहेन्दार विद्यार्थीहरूका लागि स्कलरशीपको समेत व्यवस्था गरिएको  कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । कलेजमा अध्ययनरत अधिकांश विद्यार्थीहरूले ग्राजुएट हुनुअघि नै रोजगारी पाउने गरेको श्रेष्ठले बताए ।

साथमा ग्राजुएट भएकाहरूले पनि ३ महिनाभित्रै रोजगारी पाउने गरेको उनले बताए । कोड रसका एसोसिएट प्रोडक्ट म्यानेजर सृष्टि श्रेष्ठले विगतमा सफ्टवेरिका कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरूले रोजगारीका क्रममा राम्रो पफर्मेन्स गरेकाले अहिले पनि आफू कलेजै विद्यार्थीसँग सहकार्य गर्न आएको बताइन् ।

कार्यक्रममा  लिफरक, मिदास टेक्नोलोजी, जिनिस सोलुसन, डिशहोम, हिताची इनर्जी, सुविधा सेवा, आयात डिजिटल, टेक क्राफ्ट लगायत कम्पनीहरू सहभागी थिए ।

अपडेट

आइएमई पे एप अब नेपाली भाषामा चलाउन सकिने

अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि चलाउन सकिने भएको छ । बैंकिङ् पहुँच नपुगेक…

एप्पलको डार्क स्काई सेवा बन्द

एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई बन्द गरेको छ । एप्पलले सन् २०२० …

नयाँ स्पोर्ट स्ट्रिमिङ एप बनाउँदै अमेजन

अमेजनले खेलकुद एपको निर्माणमा काम गरिरहेको छ । द इन्फोरमेसनको रिपोर्ट अनुसार अमे…

भायानेटकी सीईओ ‘लिडरशिप फिमेल अफ द इयर’बाट सम्मानित

भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठक बोहरा नेपालको प्र…

भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज, प्रतिस्पर्धीमाथि आशंका 

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुलाई लक्षित गर्दै फेसबुकमा नकारात्मक 'फेक रिभ्युज…

एनटीसीका सेवा बारे कुनै गुनासो वा जिज्ञासा छ ? यी निःशुल्क नम्बरमा फोन गर्नुस्

नेपाल टेलिकम (एनटीसी) का विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नक…

बैंक अफ काठमाण्डूले सुरू गर्‍यो मेसिनबाटै चेक जम्मा गर्ने सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न…

अब खल्तीबाटै ललितपुर महानगरपालिकाको कर तिर्न सकिने

खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गर…

रणजित पोदारको अध्यक्षतामा क्यान महासंघमा नयाँ कार्यसमिति

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासं…

फोनपेसँगको सहकार्यमा विभिन्न शहर तथा व्यवसालाई डिजिटल बनाउँदै सिभिल बैंक

पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । न…

हल्ट प्राइज पुलचोक क्याम्पसको वार्ता शृंखलाको पहिलो सत्र सम्पन्न, सामाजिक उद्यमशीलता बारे छलफल

आइओईको पुलचोक क्याम्पसमा हल्ट प्राइजको वार्ता शृंखलाको पहिलो सत्र सम्पन्न भएको छ । ‘स…

राष्ट्रिय परिचयपत्र, ई-पासपोर्ट, लाइसेन्स लगायतका सेवा प्रवाहलाई झन्झटमुक्त बनाइने

राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा प्रवाहल…

सबै सेवा डिजिटाइज गर्ने अर्थमन्त्री पौडेलको पहिलो निर्णय

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयको पदभार सम्हालेका छन् । सोमबार अर्थमन्त्र…

फ्रिल्यान्सिङ सम्बन्धि वर्कशप आयोजना गर्दै लोकस, यसरी हुनुहोस् सहभागी

लोकसले फ्रिल्यान्सिङको वर्कशप गर्ने भएको छ । यस वर्कशपमा रोजगार, रिमोट वर्क तथा फ्रिल्…

फेसियल हाउससँग भेटायो एपको सहकार्य, ५ हजारलाई तालिम दिने योजना

भेटायो एपले सौन्दर्य र सीप विकासको क्षेत्रमा काम गर्दै आइरहेको फेसियल हाउससँग सहका…