अपडेट
सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा
काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने निर्णय गरेका छन् ।
सरकारले सञ्चार तथा सूचना प्रविधिको सहज सञ्चालनका लागि वातावरण नबनाई दिएको भन्दै दिवसलाई बहिष्कार गर्ने इन्टरनेट सेवाप्रदायकहरुको साझा संगठन आईस्पानले निर्णय गरेको हो । आईस्पानले प्रेस विज्ञप्ति नै जारी गरेर त्यस्तो बताएको हो ।
टाटा, एयरटेल र सिफी जस्ता अप्स्ट्रीम प्रोभाईडर्सहरुलाई भुक्तानी गर्न सरकारले विदेशी मुद्रा सिफारिस पूर्ण रुपमा बन्द गरेको कारण ६ महिनादेखिको रकम भूक्तानी नपाएको उनीहरुको गुनासो छ ।
भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस नै बन्द गरेपछि आगामी हप्ताबाट इन्टरनेट नै बन्द हुने स्थिति आएको भन्दै आईस्पानले विरोध जनाएको हो ।
सपोर्ट शूल्क, वार्षिक मर्मत सम्हार, प्राविधिक तथा निरिक्षण शूल्क जस्ता गैर दूरसञ्चार सेवामा आरटीडीएफ र रोयल्टी न लाग्ने देखिएको भन्दै २०७७ असार १२ गते सर्वोच्च अदालतले बेरुजु रकम नउठाउन प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो ।
तर उक्त निर्देशनलाई पालना नगरी मन्त्रालयले विरुजुकै विषयलाई लिएर अनेकन बाहानामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्ने तर्फ लागेको भन्दै आईस्पानले जनाएको छ ।
साथै आईस्पानले विद्युतीय पोल भाडा प्रयोग तथा सोको भुक्तानी एवम् उपभोग सम्बन्धमा तयार गरेको प्रतिवेदनप्रति पनि असन्तुष्टि जनाएको छ । उक्त प्रतिवेदनको बुँदाहरु कार्यान्वयनमा आएको खण्डमा विद्युत प्राधिकरणको मनोमानी चल्ने उसले बताएको हो ।
आईस्पानले दिवसलाई बहिष्कार गर्दै दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम तथा गतिविधिको आयोजक तथा प्रायोजक नबन्ने, सहभागी नहुने र त्यस्ता कार्यक्रमलाई सहयोग नगर्ने घोषणा गरेको हो ।
अपडेट
तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना
काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्थ…
कार्बन उत्सर्जन कम गर्ने आविष्कारमा ह्वावे केन्द्रित
ह्वावेको १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सम्पन्न भएको छ । एक हाइब्रिड कार्य…
मातातीर्थ औंसीमा ग्यापुको अफर, उपहार पठाउँदा ७० प्रतिशतसम्म छुट
मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले व…
चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्…
महिलाका लागि सुरक्षित इन्टरनेट पहुँच, कस्तो छ अवस्था ?
काठमाडौं । अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवसको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्…
आईतबार वेबकन २०२२ आयोजना हुँदै, स्टार्टअपको विषयमा कुराकानी हुने
वैशाख १८ गते आईतबार ‘वेबकन २०२२ः टेक स्टार्टअप्स इन नेपाल’ आयोजना हुने भएको छ । …
गल्र्स इन आईसिटी डेको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ बारे कन्फेरेन्स आयोजना हुँदै
आज ( अप्रिल २८ ) हरेक वर्ष अन्तर्राष्ट्रिय गल्र्स इन आईसिटी डेको रुपमा मनाइँदै आइएको …
सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम' बजारमा बिक्री सुरू भएको छ …
कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्यो क्यूभर्स
कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको …
ग्लोबल आईएमई बैंकमा अब भिडियो कलबाटै आफ्नो केवाइसी अपडेट गर्न सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई…
टेलिकमले अब ई-सिम उपलब्ध गराउने, कस्तो हुन्छ ई-सिम ?
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रम…
फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यका…
एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक
गूगलले एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल डिभाइस…
शनिबार रिभ्याम्प नेपालको तेस्रो संस्करणः ५० बढी व्यवसाय सहभागी हुने, ३ हजारले अवलोकन गर्ने
रिभ्याम्प नेपालको तेस्रो संस्करण बैशाख १७ गते शनिबार ठमेलको छाया सेन्टरमा आयोजना ह…