अपडेट
इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजिव सुब्बा नियुक्त भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गर्नुका साथै उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ ।
नेपाल प्रहरीको पूर्व डीआईजी सुब्बाले प्रहरीको सञ्चार निर्देशनालयको प्रमुख भएर समेत काम गरिसकेका छन् । नेपाल प्रहरीमा नयाँ नयाँ संचार तथा सूचना प्रविधि भित्राउनुका साथै नेपाल प्रहरी संचारलाई डिजिटाइजेसन् गर्न उनको महत्वपूर्ण योगदान रहेको छ । सुब्बा हाल त्रिभुवन विश्वविद्यालय र किंग्स कलेजमा भिजिटिङ प्रोफेसरको रूपमा समेत काम गरिरहेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ ।
नव नियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले एक कार्यक्रमका बीच स्वागत गर्दै सुब्बाको नेतृत्वमा इन्फोडेभलपर्स अझै उचाईमा पुग्ने बताए । ‘उहाँको नेतृत्वमा कम्पनीले नयाँ उचाइ छुने कुरामा म पूर्ण विश्वस्त छु,’ उनले भने ।
२०५९ सालमा स्थापना भएको इन्फोडेभलपर्सले बैंकिङ तथा वित्तिय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर आफ्ना सफ्टवेयर विकास गरेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।
अपडेट
क्यान इन्फोटेकको पाँचौं दिनः पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारले गरे अवलोकन
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पाँचौ दिन सु…
एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट
एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट व…
प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे
डिजिटल वालेट आईएमई पेले प्रयोगकर्ताहरूलाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । …
सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका
सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थ…
क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य…
डिशहोमले ल्यायो वाईफाई सिक्समा आधारित ‘क्याम्पस वाईफाई’, फास्ट इन्टरनेटको अनुभव लिन सकिने
डिशहोम फाइबरनेटले क्याम्पस वाईफाई सार्वजनिक गरेको छ । शनिबार भृकुटिमण्डपमा आयोजित…
क्यान इन्फोटेकको तेस्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तेस्रो दिन खरा…
अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ ह…
ओपो फाइन्ड एनले पायो दुई अवार्ड
ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका …
एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा सुधार गर्ने घोषणा
नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी) ल…
निर्वाचन सामग्री ढुवानी गर्ने गाडीमा जीपीएस सिस्टम
निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । …
क्यान इन्फोटेकको दोस्रो दिनः प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको दोस्रो दिन सु…
डिशहोम फाइबरनेटको सेवा अब तुलसीपुरमा
डिशहोम फाइबरनेटको सेवा तुलसीपुरमा विस्तार भएको छ । उच्च गतिको इन्टरनेट सेवाको म…
पहिलेको भन्दा ५० प्रतिशत बढी रिसाइकल सामग्री प्रयोग गरेर एप्पलका प्रडक्ट निर्माण
गत वर्ष एप्पलले पहिलेको भन्दा ५० प्रतिशत बढि रिसाईकल सामग्री प्रयोग गरेर एप्पल प्रडक्ट…
राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन
राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । वि…