अपडेट
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ विद्यार्थीका परियोजना छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ विद्यार्थीका आईडियाबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधा अन्तर्गत कुल ५२ आईडियाले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको हो ।
उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट छनोटका लागि अहिले पब्लिक भोटिङ चलिरहेको छ । आईएमई पेको मोबाइल एप र एसएमएसबाट भोटिङ गर्न सकिने छ ।
आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो ।
यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट यस प्रकार छन् ।
आस्क म्याटरब
आस्क म्याटरब विद्यार्थीहरुका लागि उपयोगी निःशुल्क लर्निङ प्लेटफर्म हो । यसले विद्यार्थीहरुलाई गुणस्तरीय नोट प्रदान गर्छ । नोट प्रदान गर्नु साथै आस्क म्याटरबले देशभरिका विद्यार्थीहरुलाई एकीकृत गर्ने पनि गरेको छ ।
यस प्लेटफर्ममा मेन्टरको सोलुसनमात्रै नभएर विद्यार्थीबाटै पनि समाधान निकाल्ने कोसिस गरिन्छ । यसमा विद्यार्थीलाई आफै समस्या समाधान गर्न प्रोत्साहित गरिन्छ र त्यसलाई कम्युनिटीले विश्लेषण गर्ने गर्दछ ।
आस्क म्याटरबले शिक्षामा रहेको दूरीलाई जोड्ने उद्देश्यसहित काम गरिरहेको छ । यस प्लेटफर्ममा विद्यार्थीहरुले आफ्नो कथा समेत बताउने गर्दछन् । हाल आस्क म्याटरबमा तीस हजार भन्दा बढि पाठक तथा १ हजार ४५० बढि पठन स्रोतहरु रहेका छन् ।
आस्क म्याटरबले आफूलाई अन्तर्क्रियात्मक प्लेटफर्म बनाउनका लागि काम गरिरहेको छ । यसमा २ हजार बढि विद्यार्थीहरु जोडिएका छन् र यसमा १२० बढि क्रियटर र ४० बढि एडमिन रहेका छन् ।
कमर्सियलाइजेसन अफ अटोनोमस इगलआई अनम्याण्ड एरियल भेइकल (यूएभी)
अनम्याण्ड एरियल भेइकल (यूएभी) ले द्रुत निगरानी, थ्रीडी म्यापिङ, थर्मल इमेजिङ, सैन्य सेवा, वातावरणीय अध्ययन, आपतकालीन राहत, र एरियल सीडिङको सम्भावना बढाउने गर्दछ । कम लागत र द्रुत कार्य कार्यान्वयनको साथ यी काम गर्न यसको डिजाइन गरिएको हो ।
यो एक निश्चित क्षेत्र वरिपरि लगभग ६० मिनेट लगातार उड्न सक्छ । यसको डिजाइनकै कारणले यसको लागत करिब रु. ९० हजार मात्रै पर्ने गर्दछ, जुन एउटै एप्लिकेसनको लागि बनाइएको ड्रोनको लागतको तुलनामा लगभग आधा हो । यस प्रडक्टको विशिष्टता भनेको ड्रोनको तुलनामा कम लागत र बढेको उडान समय हो ।
कारोबार
कारोबार नेपाली एमएसएमई, नेपाली डिजिटल खाताको लागि मोबाइल अकाउन्टिङ एप हो । कारोबार एप मार्फत, एमएसएमईहरूले सजिलैसँग आफ्नो व्यापार लेखा र मोबाइलबाट इन्भेन्टरी व्यवस्थापन गर्न सक्छन् ।
कारोबार एउटा नेपाली डिजिटल खाता हो । हाल लगभग ३५ हजार बढि डाउनलोडहरू रहेका छन् र ३० हजार भन्दा बढी व्यवसायहरू करोबार एपमा दर्ता भएका छन् ।
तिनीहरूले मोबाइलबाट आफ्नो व्यापार पसल र सूची व्यवस्थापन गर्न कारोबार एप प्रयोग गर्छन् । साना व्ववसायलाई लक्षित गर्दै कारोबार एपको विकास गरिएको छ । यसबाट बिक्री, खरिद, स्टक र पार्टी क्रेडिटहरू ट्र्याक गर्न प्रयोग गर्न सकिन्छ ।
कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो लेखा र स्टकहरू व्यवस्थापन गर्न सहज किसिमको मोबाइल इन्टरफेस प्रदान गर्ने गर्दछ । यो नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ र यसले अफलाइनमा पनि काम गर्छ । नेपालमा पनि सामान्यतया लेनदेन क्रेडिटमा हुन्छ र पसलहरूले परम्परागत कागज खाता प्रयोग गर्छन् ।
यस्तोमा कागज बनाउन धेरै रूखहरू काट्नु पर्छ र तिनीहरूको लेनदेनको विवरण रेकर्ड गर्दा / फेला पार्दा पार्टी खोज्नु फलदायी हुँदैन र यस्तो झन्झटबाट बच्नका लागि पनि करोबारले मद्दत गर्ने गर्दछ ।
कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो पसललाई डिजिटलाइज गर्न र डिजिटल नेपाल प्रवर्द्धन गर्न मद्दत गर्छ । यो नेपालका हरेक पसललाई चाहिने मोबाइल समाधान हो ।
नेप्टु
नेप्टु (नेपाल टुरिज्म) एक एप हो, जसले स्थानीय उत्पादन, भ्रमण गर्ने ठाउँ र स्थानीयको मद्दतसहित सबै पर्यटक साइटहरू बारे जानकारी प्रदान गर्दछ । पर्यटकले त्यस स्थानमा कुनै पनि साइटहरू नछुटाई ठाउँहरू भ्रमण गर्न सक्छन् ।
यसको वेब/एप मार्फत प्रयोगकर्ताले भ्रमण गर्ने ठाउँ बारे जानकारी पाउँछन् । पर्यटकहरूले नेप्टु प्रयोग गरेर प्रख्यात र कम प्रख्यात स्थानहरूको बारेमा थाहा पाउनेछन्, जसले गर्दा अर्को गन्तव्य छनोट गर्न सहज हुनेछ ।
नेप्टुले पर्यटकहरूलाई थप अन्वेषण गर्न र सुरक्षित महसुस गर्न मद्दत गर्नेछ । नेप्टु एप मार्फत पर्यटकहरूले नेपालभर घुम्न सक्छन् र उनीहरू गएको ठाउँबाट स्थानीय गाइडहरूले पर्यटकहरूलाई मद्दत गर्नेछन । यसकारण पर्यटकहरू नेपालमा लामो समयसम्म बस्नेछन् र अधिक खर्च गर्नेछन् ।
यसले गर्दा विदेशी स्रोतहरूबाट आम्दानी बढ्ने विश्वास गरिएको छ । एपमा स्थानीय उत्पादन, परम्परा र संस्कृतिका बारेमा जानकारी पनि राखिएको छ ।
पर्यटकहरूको सुरक्षाको लागि स्थानीय अधिकारीहरूसँगको सहकार्य पनि गरिने नेप्टुको भनाइ छ । एपबाट पर्यटकहरूलाई कुन सेवाहरू बढी प्रख्यात छन् भनेर जान्न सकिन्छ ।
साराङ्ग
साराङ्ग विद्यार्थीले नेतृत्व गरेको स्टार्टअप हो, जसले नेपालको सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न मद्दत गर्दछ ।
यसले ट्राभल टेक उद्योगमा प्रडक्टहरुको विकास गर्ने र सम्पदाहरूको सूचना प्रवाह प्रणालीलाई डिजिटलाइज गर्न काम गरिरहेको छ ।
कम्पनीका अनुसार यसले क्युआर संलग्न बोर्डहरू निर्माण गर्नेछ, जसलाई सम्पदा स्थलहरूमा राखिनेछ । यी क्युआर कोडहरूलाई स्क्यान गरेपछि यसले प्रयोगकर्तालाई विश्वका सबै प्रमुख भाषाहरूमा सम्पदाको बारेमा बताउँनेछ र सम्पदा वरिपरिको भ्रमण गराउनेछ ।
साराङ्गले नेपालभर १०० वटा बोर्ड राखेको छ, जसमा क्युआर कोड छन् । साराङ्गका केही उल्लेखनीय स्थानहरू लुम्बिनी, जनकपुर नगर, ठमेल, बुढानिलकण्ठ, दक्षिणकाली आदि हुन् ।
यसले सयौँ सम्पदाहरूको डिजिटल फुटप्रिन्ट सिर्जना गरेको छ । ठमेलजस्ता पर्यटकीयस्थलको थालनी गर्ने आधार बनेको भगवान बहलजस्ता बिर्सिएका र किनारा लगाइएका ठाउँलाई साराङ्गले प्रवर्द्धन गर्ने छ । यसले नेपालमा घुम्न जाने ठाउँहरूको बारेमा जान्न चाहने पर्यटकहरूकालाई सबै जानकारी उपलब्ध गराएको छ ।
यसले नेपालको सम्पदा र संस्कृतिको संरक्षण गर्दछ । त्यस्तै यसले पर्यटन गतिविधिहरूलाई पनि बढावा दिन्छ । यसले पर्यटनमा आधारित स्थानीय अर्थतन्त्रलाई जीवन्त बनाउँन मद्दत गर्ने बताइएको छ ।
साराङ्गले अमेजन क्लाउड सेवा र आर्टिफिसियल इन्टेलिजेन्स उपकरण पनि प्रयोग गरेको छ, जसले गर्दा यसले स्थलहरुको जानकारी विश्वका सबै प्रमुख भाषाहरूमा पहुँचयोग्य बनाउन सक्छ ।
अपडेट
नेपाल रेमिटको सीईओमा खनाल नियुक्त, डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने
नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड अकाउण्टेन्…
मलेसियाबाट १४ हजार रकम पठाउने तामाङलाई आईएमईको १० लाख उपहार
आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्त…
टेलिकमको ब्राण्ड एम्बेसडरमा क्रिकेड खेलाडी खड्का र मिस नेपाल जोशी नियुक्त
नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस …
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा मेगा बम्पर विजेतालाई उपहार हस्तान्तरण
सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” यो…
मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय
मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको …
हल्ट प्राइज पुलचोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
हल्ट प्राइज पुलचोक क्याम्पसले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार पुलोच…
उपत्यकामा १० वटा विद्युतीय चार्जिङ स्टेशन बनाउँदै सेगवे
सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वट…
गूगल होमको नयाँ इन्टरफेस सार्वजनिक
गूगल होमले नयाँ इन्टरफेस सार्वजनिक गरेको छ । गूगल नाइन टू फाइभको रिपोर्ट अनुसार …
नास्टले युवा वैज्ञानिकलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने, प्रस्ताव पठाउन आह्वान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूलाई अनुसन्धानम…
नेशनल साईबर ओलम्पियाडको क्वालिफाई चरण सम्पन्न
प्रशिक्षणको आयोजनामा मंसिर १३ गते देखि सुरु भएको नेशनल साईबर ओलम्पियाड-२०७९ का क्…
मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङबाट द डालो रेष्ट्रोमा भुक्तानी गर्दा छुट पाइने
मुक्तिनाथ विकास बैंकले बसुन्धराको ‘द डालो रेष्ट्रो’ सँग फुड एण्ड बेभरेजमा विशेष १०…
याडियाका विद्युतीय स्कुटर खरिदमा २० हजार छुटसँगै अन्य उपहार
नेपालको लागि याडिया ब्राण्डका विद्युतीय स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्…
पब्जी विश्वकपको फाइनलमा नेपाली टिम टिटुके ई-स्पोर्ट्स र डीआरएस गेमिङ
नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) र ट्रेन टु किल (टिटुके) ई-स्पोर्ट्स…
मोबाइल रिचार्जमा डाटा बोनस दिदै नेपाल टेलिकम
नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टपअप) गरे वापत ग्राह…
वाटरप्रूफ ब्लुटुथ कलिङ स्मार्टवाच \'फ्युचरफिट अल्ट्रा २\' नेपालमा
हाइफ्युचर नेपालले हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ नेपालमा सार्वजनिक गरेको छ । लोकप्रिय…