कीवर्डहरू -

अपडेट

क्यान इन्फोटेकः भिजिट गर्नेलाई अफरै अफर 

बुधबारदेखि २७ औं संस्करणको क्यान इन्फोटेक सुरू भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रको ठूलो प्रदर्शनीको रूपमा पनि लिइएको क्यान इन्फोटेक आउँदो सोमबारसम्म चल्ने छ ।

क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विभिन्न व्यवसाय, स्टार्टअप, तथा आईडियाहरुका १७० स्टलहरू प्रद्धर्शनीका लागि राखिएका छन् ।

इन्फोटेकमा वस्तु तथा सेवाको जानकारीका साथै सामान खरिद गर्न पनि सकिन्छ जसमा अवलोकनकर्ताहरुका लागि कम्पनीहरूले अफरै अफर ल्याएका छन् ।

क्यान इन्फोटेकमा भायानेटको इन्टरनेट खरिद गर्नेले १७ प्रतिशत छुटका साथै विभिन्न उपहार समेत जित्न सक्नेछन् । ग्राहकले निःशुल्क डुअल ब्याण्ड फाइबर वाईफाई डिभाइस पाउने छन् ।

त्यस्तै १२ भाग्यशालीले १० हजार बराबरको एन्ड्रोइड टिभी बक्स र एकजना भाग्यशालीले ८० हजार बराबरको एमआई स्मार्ट टिभी जित्न सक्ने छन् । यसका लागि भायानेटको स्टल डी ४० मा सम्पर्क गर्न सकिने छ ।

इन्फोटेकमा नेपाल क्लियरङ हाउसको स्टल भिजिट गर्ने एकजनाले स्मार्टफोन जित्न सक्ने छन् भने हरेक दिन ५ जनाले १०० को रिचार्ज जित्न सक्ने छन् ।

त्यस्तै इन्फोटेकमा इसेटको एन्टिभाइरस खरिद गर्नेले १५ सयसम्म छुट पाउने छन् । डिशहोम इन्टरनेट सब्सक्रिप्सन गर्दा राउटरको डिपोजिट समेत राख्नु पर्दैन् ।

त्यसैगरी डिजिकमका विभिन्न प्रडक्टमा १० प्रतिशतसम्म, लेनोभोको ल्यापटप खरिदमा १४ प्रतिशतसम्म, एसरका ल्यापटपमा १७ प्रतिशतसम्म छुट पाइने छ ।

सेलपेको एप डाउनलोड गरेर अकाउन्ट बनाउँदा ५० रूपैयाँ र केवाईसी भेरिफाई गर्दा ५० रूपैयाँ पाइने छ । ल्यापटपको ब्याट्री, एडप्टर, किबोर्ड, स्क्रिन, स्पीकर, मदरबोर्ड, र्याम, फ्यान, स्वीच लगायतका सामान खरिद गर्दा पनि २० प्रतिशतसम्म छुट पाइने छ ।

\"\"

त्यसैगरी स्मार्ट वेल्थ प्रोको सब्सक्रिप्सनमा छुट पाइने छ । प्रयाक्सिस पुरानो ब्याट्री दिएर ५० प्रतिशतसम्मको छुटमा नयाँ ब्याट्री लिन सकिने छ । त्यस्तै आईएमई पेको स्टलबाट निःशुल्क भर्चुअल कार्ड पाइने छ ।

क्यान इन्फोटेकमा एउटा किताबको स्टल पनि राखिएको छ, जहाँबाट जुनसुकै किताब ५० प्रतिशत छुटमा किन्न सकिने छ ।

इन्फोटेक भिजिट गर्नेले आरआर श्रीका प्रत्येक कोर्षमा ३० प्रतिशत, आईटी कम्पनी पकेट स्टुडियोको सेवामा १५ प्रतिशत छुट, क्रिस्टल डाइगोनोस्टिक सेवामा ५० प्रतिशत छुट पाउने छन् । क्युरा हेल्थले निःशुल्क बल्ड ग्रुप जाँच, पिसाब जाँच गरिरहेको छ ।

साथै स्ट्याण्डर्ड चार्टड बैंकमा खाता खोलेर लिभरपुल फटबल क्लबको दैनिक मर्च्याडाइज र बम्परमा हस्ताक्षर गरेको जर्सी पाइने छ ।

इन्फोटेकमा उपाय सिटी कार्गोको एप डाउनलोड गरेर हेडफोन, स्पीकर, स्मार्टवाच र पावर ब्यांक जित्न सकिने छ । त्यस्तै स्टलमा राखेको खल्ती क्युआर कोड स्क्यान गरेर वानप्लस ब्याण्ड जित्न सकिने छ । टेलिनेटको स्टल भिजिट गरेमा ३ महिनाको लागि अलिबाबा क्लाउड निःशुल्क पाइने छ ।

यी बाहेक क्यान इन्फोटेकमा अन्य थुप्रै अफरहरू रहेका छन् । क्यान इन्फोटेकमा गएर उक्त अफरहरूको फाइदा उठाउन सकिने छ ।

अपडेट

सुरू भयो क्यान इन्फोटेक, स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता  

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक बुधबारबाट सु…

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिशहोम

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक बुधबारदेखि क…

अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड

अन्वेषकहरुले क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसको विश्व रेकर्ड तोडेका छन् । बेइजिङका अन्वे…

निजी क्षेत्रसँग सरकार सधैँ हातेमालाे गर्न तयार छ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सधै …

अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ…

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेल…

वैशाख १९ गते राष्ट्रिय आइसिटी दिवस, प्रदेश र स्थानीय तहलाई पनि मनाउन पत्राचार गरिने

आउँदो वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ मनाइने भएको …

आइएमई पेको नयाँ योजना अन्तर्गत हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट

‘आइएमई  पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे ए…

क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउसको स्टल भिजिट गरेर स्मार्टफोन जित्ने मौका 

क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्टल भिजिट गर्ने एक जना…

भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट

बुधबारदेखि २७ औं संस्करणको आईएमई पे क्यान इन्फोटेक भृकुटिमण्डपमा शुरू हुँदैछ । वै…

स्वास्थ्य बीमा बोर्डको प्रिमियम अब खल्तीबाटै तिर्न सकिने

उपभोक्ताहरूले अब खल्ती एपमार्फत पनि स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्ने भए…

डिजिटाइजेसनलाई एच्छिक होइन् अनिवार्य बनाउनुपर्छः मेयर सुवेदी

विराटनगर । तीन तहकै सरकारमा डिजिटाइजेसनलाई अनिवार्य …

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार 

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्र…

प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम

विराटनगर । प्रदेश सरकारको आम्दानी स्रोत बढाउन डिजिटाइज…

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …