अपडेट
आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबार अर्थात १६ डिसेम्बर, २०२२ सम्मका लागि मात्रै खुल्ला रहने भएको छ ।
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ चलिरहेको छ ।
स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा सर्वोत्कृष्ट छनोटका लागि आइएमइ पे र स्प्यारो एसएमएस मार्फत शुक्रबार सम्मका लागि भोटिङ गर्न सकिनेछ ।
यी ३ विधामा भोट गर्न प्रत्येक दिन एउटा आईडीबाट एक विधामा एउटा प्रतिस्पर्धीलाई मात्र भोट गर्न सकिने जनाइएको छ ।
यस्तै स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ मा पर्न सफल भएका प्रतिस्पर्धीहरुलाई पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ लागि भोट गर्न सकिने लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।
यस विधामा जतिपनि भोट गर्न पाइने व्यवस्था गरिएको छ भने गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिने छ ।
स्र्टाअप आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरु क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मा पर्न सफल उत्कृष्ट ५ प्रडक्टहरुमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन ।
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा पर्न सफल ५ इन्नोभेसनहरुमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ्ग रहेको आयोजकले जानकारी दिएको छ । यस प्रतिस्प्रधाको पिचिङ तथा ग्राण्ड जुरी सेससनलाई यस वर्ष कान्तिपुर टेलिभिजनमा प्रशारण भईरहेको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
भोट गर्नको लागि सुरूमा आइएमइ एप डाउनलोड गर्नुहोस् । त्यसपछि आफ्नो अकाउन्ट लग इन गरी (नयाँ प्रयोगकर्ताले नयाँ अकाउन्ट बनाउनु पर्नेछ) इन्टरटेन्मेन्ट अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि भोटिङ भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् । अनि विधा छनोट गर्नुहोस् र भोट नाउमा क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ ।
यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार आइसिटी टाइप गरी भोटिङ कोड लेखेर ३५००१ मा पठाउनुपर्नेछ ।
भोटिङ कोड र विस्तृत जानकारीको लागि आधिकारिक वेबसाइट www.ictaward.org बाट जानकारी लिन सकिने आयोजकले जनाएको छ ।
अपडेट
सेल्सबेरीको डिजिटल क्याम्पेन \'क्लिक एण्ड विनमा\' सहभागी भई आकर्षक गिफ्टहरु जित्न सकिने
सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न किसिमका …
नेपाल टेलिकम मार्फत सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने
सिभिल बैंक र नेपाल टेलिकमबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल…
अनलाइनमार्फत् सट्टाबाजी गर्ने २ जना पक्राउ
अनलाइनमार्फत् सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ …
साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक
साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसि…
दराज १२.१२ मा सानिमा बैंकका ग्राहकलाई १२ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहक…
सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल
एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनील…
युएसबी टाइप सी चार्जर बनाउन एप्पललाई यूरोपेली आयोगको म्याद
यूरोपेली आयोगले एप्पलको चार्जर युएसबी टाइप सी बनाउनलाई सिमित समय निर्धारण गरिदिए…
स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउने एप ‘स्थानीय सरकार सञ्चालन पात्रो’
स्थानीय सरकार सञ्चालन पात्रो मोबाइल एप सार्वजनिक भएको छ । स्मार्ट पालिका प्रालिले तय…
नेपालमा पनि मनाइयो एडब्लुएस कम्युनिटी डे
अमेजन वेब सर्भिसेज (एडब्लुएस) कम्युनिटी डे २०२२ सम्पन्न भएको छ । एडब्लुएस युजर ग्रुप…
१ वर्षको डिशहोमको रिचार्ज गर्दा तामाङले पाइन् १ लाख नगद
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने अफर अन्तर्गत भक्तपुरको मध्यपुर ठिम…
बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने
विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्री…
खल्तीमा बैंक खाता लिंक गर्दा दैनिक टिभी जित्ने मौका
खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिङ्क’ अफर ल्याएको छ । यस अफर अन्तर्…
इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा
काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले ब…
नेशनल साईबर ओलम्पियाडको सेमिफाइनल सम्पन्न, फाइनलमा ४ स्कुलका टिम प्रवेश
प्रशिक्षणको आयोजनामा मंसीर १३ गते देखि सुरु भई मंसीर २६ गते सम्म संचालन भइरहेको …
विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित
विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ…