कीवर्डहरू -

अपडेट

प्रहरीको चाडपर्व सुरक्षा योजना, आधुनिक सुरक्षा प्रविधि र उपकरणको प्रयोग गरिने

यस वर्षको बडादशैं दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षा प्रविधि र उपकरणको अधिकतम प्रयोग गरिने भएको छ ।

महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले उपत्यकमा हुनसक्ने विभिन्न प्रकृतिका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिमप्राप्त प्रहरी कुकुर, सीसी क्यामरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडर गनलगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने बताए ।

चाडपर्वमा चुनौती

महानगरीय प्रहरीले पाकेटमारी, चोरी, डकैती, डाँका, हतियार देखाई लुटपाट, विभिन्न प्रलोभनमा ठगी, चन्दा असुली, समूहगत कुटपिट, उच्छृङ्खल र अस्वाभाविक गतिविधि, जुवातास, कौडा, लङ्गुर बुर्जा, दैनिक उपभोग्य वस्तुको कालोबजारी, महँगीलगायत १५ विषयलाई सम्भावित चुनौतीका रूपमा राखेको छ ।

प्रमुख पालले यी चुनौतीको नियन्त्रण तथा व्यवस्थापनका लागि उपत्यका प्रवेश नाका तथा मुख्य बजार क्षेत्रमा कुकुरसहितको सुरक्षा व्यवस्था र बजार क्षेत्र तथा व्यापारिक केन्द्र, सुपरमार्केट, बैङ्क तथा वित्तीय संस्थाहरूमा सीसी क्यामराबाट निगरानी बढाइने जानकारी दिए ।

त्यस्तै मदिरा सेवन (मापसे)सँगै तीव्र गतिमा सवारी चलाउने, आफूखुसी भाडा असुल्ने, लामो दूरीका सवारीमा दुई जना चालकको व्यवस्था नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीसाधनभित्र महिला, वृद्ध तथा बालबालिकामाथि हुने दुव्र्यवहार रोक्न हतियारसहितको जनशक्ति परिचालन गरिएको छ ।

सुरक्षाकर्मी खट्ने

महानगरीय प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले अपराधमुक्त शान्त र सुरक्षित चाडपर्व–२०७८ बनाउन सुरक्षाकर्मीदेखि नागरिक अधिकारकर्मीसम्म र सुरक्षा पोलिसीदेखि प्रविधिसम्मको प्रयोगमा जोड दिइएको बताए ।

यसका लागि उपत्यकाको विभिन्न स्थानमा जडित करिब दुई हजार पाँच सयवटा सीसी क्यामराबाट २४सै घण्टा प्रत्यक्ष निगरानी बढाइएको छ ।

प्रहरीको मोबाइल गस्ती, पैदल गस्ती, क्यूआरटी (क्विक रेस्पोन्स), कडन एन्ड सर्च, एम्बुसिङ, सीआरभी परिचालन, नियमित चेक प्वाइन्ट ड्युटीजस्ता सुरक्षा कार्यक्रम बढाएको जानकारी दिइएको छ ।

सो कार्यका लागि जनपद प्रहरी पाँच हजार ९८६, ट्राफिक प्रहरी एक हजार चार सय एक, सादा पोसाकमा १७० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । एआईजी पालले चाडबाड सुरक्षाका लागि सात हजार ५५७ जना प्रहरी खटिएको बताए ।

त्यस्तै एआईजी पालले पेसागत आचारणविपरीतका गतिविधि सञ्चालन गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको चेतावनी दिएका छन् ।

प्रहरी इमानदार नबन्दा उल्लिखित सुरक्षा चुनौती नियन्त्रण गर्न कठिन हुने जनाउँदै उनले चाडपर्वका बेला उपहार शुभकामना लिने–दिने बहानामा कसैसँग हात थाप्ने काम नगर्न र नगराउन निर्देशन दिए ।

त्रुटिरहित सुरक्षा व्यवस्था

काठमाडौँ, ललितपुर र भक्तपुरको शान्तिसुरक्षा व्यवस्था मुलुककै लागि नमुना बन्ने भएकाले त्रुटिरहित भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नागढुङ्गा नाकाहरूमा कुकुरसहितका सुरक्षाकर्मी खटाइने भएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम, यातायातका साधनमा लैङ्गिक हिंसाविरुद्ध सेफ्टी पिन, ट्राफिक चेकिङ, यात्रु सहायता कक्ष, नागरिक सहयोग कक्ष, जिल्ला प्रशासन कार्यालय, अधिकारकर्मी, उपभोक्तासँग सहकार्य भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।

काठमाडौँको विभिन्न स्थानमा सुरक्षा जनचेतनासम्बन्धी माइकिङ गर्ने र पर्चा पम्प्लेट तयार पारी वितरण गर्ने तयारी भइरहेको छ । घर, कोठा तथा कार्यालयबाट निस्कँदा होस् वा सवारीसाधन प्रयोग गर्दा झोलादेखि खल्तीसम्म सुरक्षित राख्न प्रहरीले अनुरोध गरेको छ । गोरखापत्र

अपडेट

कामना सेवा विकास बैंकको ‘केएसडीजी’ वालेट सेवा, घरमै बसी खाता खोल्न सकिने

साइबरनेटिक्सले दशैं अफर ल्याएको छ । यस अफर अन्तर्गत फोरजी युएसबी डंगोल वा फोरजी ए…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपाल…

उद्यमशीलता विकास गर्न गल्छी गाउँपालिकासँग नबिल बैंकको साझेदारी

नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको…

पठाओ नेपालको तीन बर्षे यात्रा, राईड शेयरिङ देखि पठाओ बजारसम्म

समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ न…

ह्वावे कनेक्ट २०२१ शुरू

ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१  हिजो…

चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्री…

अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ

अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी…

गूगलको एन्ड्रोईड अटो सन् २०२२ मा होण्डा कारका लागि उपलब्ध हुने

सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध हुने भएको छ । गूगलल…

जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने

गुगलले जिमेलको एन्ड्रोईड भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसले गर्दा ईमेल सर्च …

अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बै‌क खातामा रकम पठाउन सकिने

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ…

सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । यस…

एनसेल फोरजीका साथ ‘बजाज पल्सर एभरेस्ट प्रमियर लिग’

एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग …

असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरुको अप्टिकल फा…

काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमै चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको…