अपडेट
अब नेपालमै स्टिकर छापिने, अर्थमन्त्री शर्माले दिए निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीमा रहेको आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन् ।
‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अर्ब स्टिकर छाप्न यस्ता मेशिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’, मन्त्री शर्माले भने, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस् ।’ उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिए ।
जडान हुँदै गरेका अत्याधुनिक मेशिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उनले यसको ठूलो बजारसमेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए ।
आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए ।
‘धेरै ठूलो व्यापार यसले गर्नसक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो’, मन्त्री शर्माले भने, ‘यहाँ मैले घाटा देखिनँ । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’ उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औँल्याउँदै अब सुरक्षण मुद्रण केन्द्रले त्यो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरे ।
यसबाट अर्बौको राजस्व चुहावटलाई नियन्त्रण गर्न सकिने विश्वास उनले व्यक्त गरे । ‘यहाँ प्रिन्ट गरेर अर्बौको फाइदा मात्र गर्ने होइन, अर्बौको राजस्व थप असुल हुने पनि देखिन्छ ।
अहिले मन्त्रालयले अन्तःशुल्क स्टिकरबाट करिब एक खर्ब रुपैयाँ बराबरको राजस्व उठाउने गरेको छ’, उनले भने, ‘यस्ता स्टिकरले सुशासन कायम गर्नसमेत सहयोग गर्छ ।’
यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्थामध्ये उदाहरणीय संस्था बन्नसक्ने उल्लेख गरे ।
‘यसले नमुनाका रूपमा काम गरोस्, उनले भने, ‘भोलि गएर सरकारले चलाएको उद्योग पनि राम्रो चल्छ, राम्रो हुँदोरहेछ भन्ने कुरा यसले देखाउन सकोस् ।’
अहिले स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले झन्डै २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत स्टिकर छापिँदै आएको थियो । रासस
अपडेट
एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा बाबुराम अर्याल निर्वाचित
एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा अत्याधिक बहुमतका साथ बाबुरा…
ओपो ईन्नो डे २०२१ को वेबसाइटले जित्यो एफओटीडी अवार्ड
ओपो ईन्नो डे २०२१ को वेबसाइटले एफडब्ल्यूए (फेभरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (…
अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका
महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्…
ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिला स्कुटर
लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्…
एनिमोका खेलकुद एनएफटी प्लेटफर्मबाट २ अर्ब चोरी
ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाल…
एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी
गूगलले एन्ड्रोइड १३ बाट ट्याप टू ट्रान्सफर फिचर लिएर आउने भएको छ । एन्ड्रोइड पुलिसको…
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने
फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । …
सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक
सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्…
वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट
डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी इन्टरने…
कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित
कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित भएको छ । यसअघि माघ १८ गतेदेखि २३…
अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने
ब्रेकथ्रुले तपाईलाई घरमै ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न दिने भएको छ । अब तपाईको फ…
कामना सेवा विकास बैंक र मोकोबीच सम्झौता
कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच व्यवसायिक साझेदारी भएको छ । मंगलबार…
शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आ…
बनेपा र बालाजुमा साओमीको आधिकारिक स्टोर, दोब्बर बनाउने लक्ष्य
साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेप…
सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने
सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विथड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि व…