अपडेट
राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय
मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाउन थालेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन पाएकोमा निकै खुशी लागेको पूजा वनकरियाले बताइन् । ‘राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा धेरै खुशी लागेको छ,’ उनले भनिन् ।
३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए ।
आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अंगमा आफूहरु पनि सामेल हुन थालेकोमा खुशी लागेको बताए ।
प्राथमिक शिक्षा अध्ययन गरेका उनले आफ्ना भावी सन्तति अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको बताए ।
नेपालभर जम्मा ९१ जना रहेको वनकरिया समुदायका ३० जनाले गाउँपालिकाले सञ्चालन गरिरहेको शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेका छन् । मनहरि–४ का वडाध्यक्ष ध्रुब खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने, ‘केही वर्ष अघिसम्म वनमा आधारित जीवनशैली रहेको वनकरिया समुदाय अहिले शिक्षित हुँदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएकोले हामीलाई पनि खुशी बनाएको छ ।’ वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रा समेत भएको उनले बताए ।
वनकरिया समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।
मनहरि–४ का वडासचिव विदुर पाठकले १० दिनसम्मको शिविरमा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताए । शिविर सञ्चालनको समय पाँच दिन थपिएको छ । रासस
अपडेट
उद्यमशीलता विकासमा नबिल दिगो बैंकिङ्गको जोड
नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल…
ब्रोडवे इन्फोसिसको ‘दशैं दक्षिणा’ अफर, कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार छुट
ब्रोडवे इन्फोसिसले ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । यस अफरमा ब्रोडवे इन्फोसिस…
अब हातहातमा बैंक, ३५ भन्दा धेरै सेवा एनआईसी एशिया आइसर्भबाटै
विश्वव्यापी कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसले डिजिटल कारोबार र डिजिट…
चाँगुनारायण नगरपालिकाका आईटी अधिकृत सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल
चाँगुनारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने सिटी इन्क्युबेटरको …
इसेवा मनि ट्रान्सफरको चाड पर्व उपहार योजना, उपहारमा स्मार्ट टीभी देखि स्कुटीसम्म
इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘…
ओप्पोसँग सहकार्य गरेर वानप्लसले एन्ड्रोईड १३ ल्याउने
वानप्लसले २०२२ का फ्ल्यागशिप फोनमा ओप्पोसँग सहकार्य गरेको एन्ड्रोईड १३ ल्याउने भएको छ…
आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्दै गूगल
गूगलले आईओएस १५ मा फोकस मोड र आईप्याड विजेटको फिचर प्रदान गर्ने भएको छ । आईओएस १…
स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने
स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने भएको छ । सूचना प्…
प्राइभेसी नीति उल्लंघन गर्ने ८ लाख १३ हजार एप डिलिट
एप्पलले प्राईभेसी नीति नमान्ने ५९ प्रतिशत बालबालिकाका एपहरु एप्पल स्टोरबाट हटाएको छ…
राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी
अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मान…
आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै
आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ…
एयर कन्डीसनलाई प्रतिस्थापन गर्न अल्ट्रा ह्वाईट रङ्गको निर्माण
अल्ट्रा ह्वाईट रङ्गले घरमा रंग लगाएमा एयर कन्डीसन पनि नचाहिने भएको छ । सेतो रङ्गले …
आइएमईको दशैं अफर, विदेशबाट पठाएको रकम आईएमई पेमा पाउँदा रकम डबल
आइएमईले दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि…
एनसीएचएल आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनस…
जनगणनामा प्रविधिको प्रयोग
केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छवटा स्थानीय तहम…