कीवर्डहरू -

अपडेट

बुधबारदेखि मेसिन लर्निङ तथा डेटा साइन्समा राष्ट्रिय वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी 

आगामी बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भएको छ । मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क र माउन्टटेक सोलुसन प्रालिको सहकार्यमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि भर्चुअल वर्कशप आयोजना हुने भएको हो ।

भदौ ३० गतेदेखि असोज ३ गतेसम्म वर्कशप आयोजना हुने आयोजकले जानकारी दिएको छ । मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि राष्ट्रिय वर्कशप सन् २०१८ बाट शुरू भएको थियो ।

चौथो  संस्करणमा पनि ८०० भन्दा बढी  सहभागी हुने अपेक्षा  गरिएको छ । देश तथा विदेशका  विशेषज्ञहरूले वर्कशपमा तालिम दिनेछन् ।

कार्यक्रमको कीनोट स्पीकरको रूपमा अमेरिकाको हावर्ड विश्वविद्यालयका प्रा.डा. डण्ड रावत, काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, फ्युजमेसिन्सका संस्थापक डा. समिर मास्के र इन्जिनियरिङ अध्ययन संस्थानका डीन डा. शशीधर राम जोशीको उपस्थिति रहने छ ।

त्यस्तै गेष्ट स्पीकरको रूपमा सीक्यु विश्वविद्यालयका पोष्ट डक्टरल रिसर्च फेलो डा. आनन्द कोइराला, जेनेस सोलुसनका ग्लोबल सीटीओ अञ्जनी फुँयाल, एप्पलकी सिनियर सर्च रिलिभेन्स डा. अर्चना भट्टराई, ट्रिलिफ टेक्नोलोजिज प्रालिका सह-संस्थापक अशोक कुमार पन्त, काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा. बाल कृष्ण बलको उपस्थिति रहने छ ।

त्यस्तै डा. दोभान राई, डा. झनक पराजुली, इ. ज्ञानेश्वर बोहरा, डा. मनिष थापा, डा. मनोज कार्की, डा. विशेष खनाल, विशाल लामिछाने, डा. भोगेन्द्र मिश्र लगायतको सहभागीता रहने छ ।

\"\"

यस वर्कशपमा मेसिन लर्निङ, डेटा साइन्स, ट्रान्सफर लर्निङ, क्वान्टम एआई, फोरकाष्टिङ, क्लाउड कम्प्युटिङ लगायतका विषयको बारेमा जानकारी पाइने छ । साथै अन्त्यमा प्रोजेक्ट वर्क समेत हुनेछ ।

यो  कार्यक्रमको शुल्क  ५०० रूपैयाँ राखिएको छ । शुल्क बैंक खाता वा इसेवामा पठाउन सकिने छ । कार्यक्रम हरेक दिन  बिहान ७ बजे  देखि  बेलुका ६ बजेसम्म संचालन  हुनेछ । यसमा सहभागी हुनेले प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।

यस वर्कशपमा सहभागी हुन् यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । कार्यक्रम सम्बन्धि सम्पूर्ण  जानकारी  पाउन यहाँ क्लिक गर्नुहोस् ।

यस वर्कशपमा शैक्षिक सहयोगीको रूपमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन  विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ  र  नेपाल  खुला विश्वविद्यालय, सीएसआईटी एशोसिएसन अफ नेपाल, नामी रहेका छन् ।

त्यस्तै प्रायोजकको रूपमा फ्युजमेसिन्स नेपाल, ट्रिलिफ, पास्कल कलेज, एक्सटेन्सो डेटा, आदिम कलेज रहेका छन् । त्यस्तै पोर्टनरको जेनेस सोलुसन र दियो डटएआई रहेका छन् भने मिडिया पार्टनरमा आइसिटी समाचार रहेको छ ।

\"\"


अपडेट

रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनले सार्वजनिक गर्‍यो प्लेटफर्म

नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स…

गूगलले हङकङ अधिकारीहरुसँग प्रयोगकर्ताहरुको डेटा शेयर गरेको खुलासा

गूगलले हङकङ अधिकारीहरुलाई प्रतिबन्ध हुँदाहुँदै पनि डेटा दिएको छ । चिनियाँ सरकार…

मोटरसाइकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी

एप्पलले मोटरसाईकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी दिएको छ । म्याक …

सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद…

अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा, यसरी गर्नुहोस् प्रयोग 

नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्याल…

काठमाडौं उपत्यकाको थप २ ठाउँमा ट्राफिक लाइट जडान

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै शुक्रबारबाट महेन्द्रशाली…

११६६ के हो ? किन फोन गर्ने ? 

११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो । यो नम्बर आत्महत्या वा आत्महानीको…

आफ्नै  कस्टम सर्भर चिप विकास गर्दै फेसबुक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ…

शनिबार २ घण्टा आरटीजीएस खुला रहने 

भोलि शनिबार पनि आरटीजीएस सेवा खुला रहने भएको छ ।

‘विक…

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने बताएक…

स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड

स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले बेस्ट डिजिटल बैंकको अवार्ड पाएको छ । बेलायत…