अपडेट
डिजिटल इकोसिस्टम विस्तारको लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य
नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ ।
नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका प्रमुख अनुभव अधिकारी प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र प्रमुख प्रबन्धक विनोद राज पौडेलले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताको यो विस्तारसँगै नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँगै आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्न सक्नेछ । सँगै, उनीहरूले लेनदेन बैंकिङमा मूल क्षमताको लाभ उठाउन सक्छन् ।
यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले समृद्धि फाइनान्ससँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, समृद्धि फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।
नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।
नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।
समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।
अपडेट
कुमारी बैंकको मोबाईल एप्स् मार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोब…
कृषि प्रोत्साहनका लागि खल्ती तथा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा आर्थिक अनुदानको सुरुवात
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाको साझेद…
भायानेटको मिनी प्याक अफरः मासिक ८०० रूपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र एनसेलको ४८ जीबी डेटा
अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टरनेट प्ला…
मेगा बैंकले सुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा
मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग से…
पठाओको बिमा सुविधामा के के छन् प्रावधान ?
नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योर…
नबिल बैंकका ग्राहकले अब खल्तीमा पैसा लोड गर्न सक्ने
नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झ…
विद्युतीय मतदानको तयारीमा निर्वाचन आयोग
नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन…
अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आईएमईको ‘जितौँ हजारौँ हजार’ योजना
आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस …
पर्साबाट पनि ई-पासपोर्टको आवेदन लिन सुरु
जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि …
शुरू भयो केन्द्रिकृत एसएमएस गेटवे, अब न्युनतम शुल्कमै सरकारी कार्यालयले एसएमएस पठाउन सक्ने
सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे शुरू गरेको छ । पुस ७ गते सञ्चार तथ…
जेनेस सँगको सहकार्यमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले क्लाउड कम्प्युटिङ पढाउने
क्लाउड कम्प्युटिङ प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा छ । सन् २०२१ सम्…
सिद्धार्थ बैंकको १९ औं वार्षिकोत्सवः डिजिटल कारोबार गर्दा १५ प्रतिशतसम्म ‘क्यासब्याक’ योजना
सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न…
विश्वको ठूलो प्रविधि प्रदर्शनी सीईएसमा ठूला प्रविधि कम्पनी सहभागी नहुने, आखिर किन ?
अमेजन, फेसबुक र ट्वीटर जस्ता धेरै ठूला प्रविधि कम्पनीले विश्वको ठूलो प्रविधि प्रदर्शन…
कहिलेदेखि पूर्ण कार्यान्वयनमा आउँछ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ?
नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…
सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदाय…