अपडेट
एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ स्मार्टफोन जित्ने सकिने
यसपालीको चाडपर्व थप उल्लासमय हुने भएको छ । एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दशैं, तिहार र छठ पर्वको अवसरमा बिहीबार (असोज २१) बाट लागु हुने गरि यो आकर्षक योजना संचालनमा ल्याउँदै छ । यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने २१ जना ग्राहकले १÷१ वटा गरि हरेक हप्ता २१ वटा स्मार्टफोन पाउँनेछन् ।
यस देखि बाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् ।
यो योजना पाँच हप्ता अर्थात कार्तिक २४ गते सम्म संचालनमा रहनेछ । यसको मतलब योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले माथि उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ ।
प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाइले यो आकर्षक योजनाको लाभलिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
हरेकहप्ताग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जनाग्राहकले स्मार्टफोन पाउनेछ ।
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरु माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ ।
यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीतहरु मार्फत गीतसंगीतको आनन्द दिनेछन् भने कमेडियन सुमन कार्कीको हस्यकलाले मनोरञ्जन प्रदान गर्नेछ ।
यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् ।
ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।
अपडेट
ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा
ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्स…
एनएमबिका ग्राहकले अब सिजि इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्म छुट पाउने
आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेक…
एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त
एनएमबि बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त…
नबिल बैंकद्वारा नबिल दशैं धमाका अफर जारी
नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएक…
“दिमाग हल्लिने अफर” अब मात्र रु ८९९ मा १०० एमबिपिएस डिशहोम फाईबरनेट
डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको…
ग्लोबल बिजनेस आउटलुक अर्वाडमा नेपालबाट ‘डिजिटल नेटवर्क सोल्युसन’ विजेता
नेपालबाट ग्लोबल बिजनेस आउटलुक अर्वाडमा डिजिटल नेटवर्क सोल्युसनले ‘फास्टेस्ट ग्रोइङ ड…
ग्यापुको दशैँ तिहार धमाका; अप्रिलिया स्कुटर जित्ने मौका
नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ…
डिजिटल एण्ड बियोण्डले गर्याे कोरियामा गूगल क्लाउड पाटर्नरको रुपमा सम्बद्ध कार्यालय स्थापना
सूचना तथा प्रविधिको युगमा शिक्षाक्षेत्र सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने ह…
एनएमबिको एआईमा आधारित भिडीयो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो
एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने…
पर्व अफर अन्र्तगत डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस प्राप्त गर्न सकिने अवसर दिदै नेपाल टेलिकम
नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा भोलि (२०७८।६।१९)देखि विभिन्न ड…
इसेवाको चाडपर्व लक्षित अफर, विभिन्न आकर्षक पुरस्कारका साथै बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने
भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै व…
एमालेले सार्वजनिक गर्याे नयाँ लोगोसँगै पार्टीका लागि नयाँ एप
एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको वि…
आइसिटी अवार्डका ४० बढि स्टार्टअप तथा प्रडक्ट सम्मिलित \'स्टार्टअप एण्ड इन्नोभेसन\' फेस्ट सम्पन्न
स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यल…
रियलमीको फेस्टिभल अफर “रियलमी फेस्टिभ डेज” यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा
स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “रियलमी फ…
डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार
डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहर…