कीवर्डहरू -

अपडेट

अपरिचित व्यक्तिसँग भिडियो तथा भ्वाइस कल नगर्न साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित व्यक्तिले भिडियो कल गरेमा सचेत रहन आग्रह गरेको छ । व्यूरोले आईतबार एक विज्ञप्ति जारी गर्दै अपरिचित व्यक्तिसँग भिडियोकल तथा भ्वाइसकल नगर्न आग्रह गरेको हो ।

विगत केही समयदेखि केही व्यक्ति/आपराधिक समूहहरुले प्रविधिको दूरूपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी रकम माग गर्ने गरेको साइबर ब्यूरोले जानकारी दिएको छ ।

अपरिचित व्यक्तिले अश्लिल क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक/अश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई अनैतिक/अश्लिल क्रियाकलापलमा संलग्न गराए पश्चात उक्त भिडियो कलको रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु भन्दै धम्की दिने गरेको ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो क्रियाकलाप प्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको सिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारको भिडियोकल तथा भ्वाइसकल नगर्न हुन सम्बन्धित सबैको लागि जानकारी तथा जनचेतनाका लागि सूचित गरिन्छ,’ ब्यूरोको विज्ञप्तिमा भनिएको छ ।
\"\"

अपडेट

यी हुन संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत बजेटमा उल्लेख कार्यक्रमहरु

सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने…

हुलाकबाट ई-कमर्श चलाउन अध्ययन गरिने

आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक स…

स्टार्टअपलाई ५ वर्षसम्म कर छूट

सरकारले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने भएको छ ।

सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ …

हुलाकबाट इकमर्श चलाउन अध्ययन गरिने

आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक सेवा विस्तार गरिने भएको । हुलाक मार्फत इकमर्श सञ्चालन गर्न सम्भाव्यता अध्ययन ग…

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड हुने भएको छ ।

आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने 

विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्…

आगामी आर्थिक वर्षमा नेसनल गेटवे स्विच संचालनमा आउने

सकारले आगामी आर्थिक वर्षदेखि नेसनल गेटवे स्विच संचालनमा ल्याउने भएको छ आर्थिक वर्ष …

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने भएको छ । 

आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिज…

सरकारी कर्मचारीको तलब २ हजारले वृद्धि

सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि हुने भएको छ । आगामी आर्थिक वर्षको ब…

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजे…

एनटिभी वर्ल्ड संचालनमा ल्याउने

नेपाल टेलिभजिनले आफ्नो अर्को च्यानल एनटिभी वर्ल्ड संचालनमा ल्याउने भएको छ ।

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने 

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । आगामी आर्थिक वर्षमा ७० लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । विभिन्न जिल्लामा अहिलेसम्म २२ लाख तथ्यांक स…

क्युआर कोडसहितको विद्युतीय भिसा जारी गरिने

सरकारले क्युआरकोड सहितको विद्युतीय भिसा जारी गर्ने भएको छ ।