अपडेट
युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरू
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् नवलपरासीको स्थानीय तहका एक जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गरेका हुन् ।
समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उनले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गरेका हुन् ।
“मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन”, उनले भने, “युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ ।” वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताए ।
वडाध्यक्ष महतोले सात सय २० वर्गफिटमा संरचना निर्माण गरी डल्लेच्याउ तथा चार सय ५० वर्गफिटमा छुट्टै संरचना बनाएर पातेच्याउको व्यावसायिक खेती गर्दै आएका छन् । च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक आफूले रु दुई लाख ७५ हजार लगानी गरेको उल्लेख गर्दै खेतीबाट सन्तुष्ट रहेको बताए । महतोले उत्पादन गरेको च्याउ घरबाटै बिक्री हुने गरेको छ । धेरै भएको च्याउ चोरमारा, अरुणखोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पुर्याउने गरेको उनले बताए ।
“च्याउ उत्पादन राम्रो भए पनि बजारको अलि समस्या छ, उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ”, उनले भने, “यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ ।” गाउँका उपभोक्ता च्याउ खोज्दै आफूकहाँ आउने गरेको भए पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता रहेको उनले बताए । च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भन्दै उनले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने बताए ।
“किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ”, उनले भने, “मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईँ पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ ।” उत्पादनसँग जोडिएर उत्पादन भयो भने त्यसको बिक्री तीव्र भएर आर्थिक उन्नति हुन्छ भन्ने हिसाबले लाग्नुपर्ने उनले बताए । राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म कुनै अनुदान नलिएको उनले बताए ।
“मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन् । त्यो भन्दा बरु मैले अनुदान नलिई काम गर्छु”, उनले भने, “अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ ।”
दिनभरि वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउखेतीमा दिने भन्दै उनले यस खेतीमा आफ्नो परिवारबाट साथ मिलेको बताए । व्यावसायिक रूपमा च्याउखेती गरेपछि तीनपटकसम्म च्याउ टिप्न सकिने भन्दै उनले त्यसबाट राम्रै नाफा हुने बताए ।
सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए। “जबसम्म हामीले निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ”, उनले भने, “हामी विश्व व्यापार सङ्गठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ । उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन् ।” राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ ।
च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने भन्दै उनले भने, “जसको कारण उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ ।” सिजनअनुसार पातेच्याउ रु एक सय ३० देखि दुई सयसम्म तथा डल्लेच्याउ रु तीन सय ५० देखि ६ सयसम्म प्रतिकिलो बिक्री हुने गरेको उनको भनाइ छ । प्रविधि भित्र्याउँदै च्याउखेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको उनले जानकारी दिए । रासस
अपडेट
इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न
नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इसेवाले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अन्तरिक्षमा काठको स्याटेलाइट पठाउने पहिलो देश जापान, इको–फ्रेन्डली प्रविधिमा नयाँ युगको सुरुवात
जापान काठबाट बनेको स्याटेलाइट अन्तरिक्षमा पठाउने पहिलो देश बनेको छ । अन्तरिक्षमा पठाइएको स्याटेलाइट पूर्ण रूपमा काठबाट तयार गर…
नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, १९ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा पुस २८ गते काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनस…
सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन
सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ…
एनसेलको सधैं अनमा अब फ्री अनलिमिटेड नाइट डेटा
एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त…
प्रविधि र इनोभेसनको संयोजन सीईएस २०२५, के के घोषणा भए नयाँ प्रविधि ?
कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सिईएस) २०२५ मा धेरै नयाँ प्रविधि र इनोभेसनहरूको घोषणा गरिएको छ । जनवरी ७ देखि ११ सम्म लस भेगसमा&n…
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार ल्याउनु स्वागतयोग्य: क्यान महासंघ
सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन …
टेलिकमको १७औं वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौम…
भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन
भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन व…
डिजिटल वालेट मोरूबाटै अब होटल, रिसोर्ट र होलिडे प्याकेज बुक गर्न सकिने
मोरू डिजिटल वालेटले हालै होटल तथा होलिडे बुकिङ सेवा सुरु गरेको छ । अब मोरू एपमार्फत प्रयोगकर्ताले सजिलै देशभरका होटल, रिसो…
गुगलको २०२५ रणनीति: जेमिनाई २.०, विलो चिप र एआई प्रभुत्वका लागि सुन्दर पिचाइको योजना
गूगलका सिईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको मुख्य उद्देश्य उल्लेख गर्दै एक ईमेल पठाएका छन् ।गुगलका सीईओ सुन्दर पिचाइले आफ्नो ट…
हनी एक्सटेन्सनमा ठगीको आरोप, युट्युबरहरूले खोले कुपन स्क्यामको वास्तविकता
प्रविधि क्षेत्रमा एउटा नयाँ स्क्याम बाहिर आएको छ । हामी कुरा गर्दैछौं द हनी स्क्यामको, जुन अहिले धेरै चर्चा भइरहेको छ ।
<…क्लासिक टेकको १२ मा १२ अफर, वार्षिक इन्टरनेट जोड्दा थप एक वर्ष निःशुल्क
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ । अब ग्राहकहरुले ७५ एमबिप…
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा गोष्टी सम्पन्न, साइबर कानुन र साइबर सुरक्षामा बहस
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्रावि…
स्पोटिफाई, क्याण्डी क्रस र टिन्डरजस्ता एपबाट लाखौं प्रयोगकर्ताको डेटा चोरी
चर्चित एपहरू जस्तै स्पटीफाई, क्याण्डी क्रस, टिन्डर र भिन्टेडका लाखौं प्रयोगकर्ताहरूको संवेदनशील लोकेशन डेटा एक अनजान ह्याकरद्वारा च…