अपडेट
अनलाइन रिभ्यू र रेटिङका लागि नकिनेको सामान डेलिभरी, डेटा चोरी हुने समेत खतरा
हामी सबैलाई अनलाइन सपिङ मन पर्छ । यो सजिलो र समय बचत गर्ने विकल्प हो । साथै, प्रायः यसले तपाईंलाई उत्कृष्ट डिल्स र डिस्काउन्ट पाउनमा पनि सहयोग गर्दछ । तर, जति मानिसहरू अनलाइन खरिदमा व्यस्त छन्, त्यति नै स्क्यामरहरूले पनि आफ्नो फाइदाका लागि मानिसहरूलाई छल्ने नयाँ उपायहरू खोजिरहेका छन् ।
हामीमध्ये धेरैजसो मानिसहरूले कुनै ई–कमर्स साइटबाट सामान किन्ने कि नकिन्ने निर्णय गर्न प्रोडक्ट रिभ्यू र रेटिङमा भर पर्छौं । रिपोर्ट अनुसार, अहिले स्क्यामरहरूले यी रिभ्यूलाई म्यानुपुलेट गर्दै प्रोडक्टलाई नक्कली रूपमा लोकप्रिय बनाउँदै ठगी गरिरहेका छन् । यस किसिमको ठगीलाई ‘ब्रसिङ स्क्याम’ भनिन्छ ।
ब्रसिङ स्क्याम एक भ्रम फैलाउने अनलाइन अभ्यास हो, जसमा स्क्यामरहरूले मानिसहरूलाई नक्कली प्रोडक्ट पठाउँछन् र तिनीहरूको नाममा अनलाइन रिभ्यू पोस्ट गर्छन् । ‘ब्रसिङ’ शब्द चिनियाँ ई–कमर्स अभ्यासबाट उत्पन्न भएको हो, जहाँ विक्रेताहरू नक्कली अर्डर र रिभ्यू बनाएर आफ्नो प्रोडक्टको रेटिङ्स बढाउँछन् ।
यस स्क्याममा विक्रेताहरू ई–कमर्स साइटका र्यान्डम युजर्सलाई नचाहिँदो प्याकेज पठाउँछन् । यी प्याकेजहरूमा प्रायः सस्ता र कम गुणस्तरका सामग्रीहरू, जस्तैः कस्ट्यूम ज्वेलरी, साना ग्याजेट जस्ता सामानहरू हुन्छन् । प्याकेज डेलिभर भएपश्चात्, स्क्यामरहरूले अमेजन र अलिएक्सप्रेसजस्ता प्लेटफर्ममा ती सामानहरूको नक्कली लोकप्रियता बढाउन र फाइभस्टार रिभ्यू दिन ती प्राप्तकर्ताहरूको नाम प्रयोग गर्छन् ।
मेकएफीको रिपोर्ट अनुसार, यस स्क्यामको उद्देश्य बिक्रीको तथ्यांकलाई हेरफेर गर्नु र ई–कमर्स साइटहरूमा प्रोडक्टको गुणस्तर र मागको भ्रम सिर्जना गर्नु हो ।
यो अभ्यास वास्तविक ग्राहकहरूको लागि भ्रामक हुन सक्छ, किनकि उनीहरू नक्कली रिभ्यूमा भर परेर सामान खरिद गर्छन् । तर, यदि युजर्सले निःशुल्क सामान पाइरहेका छन् भने के यो साँच्चै हानिकारक हुन सक्छ? वास्तवमा, यस स्क्याममार्फत स्क्यामरहरूले तपाईंको संवेदनशील डाटाको फाइदा उठाउन सक्छन् । यदि तपाईं सतर्क रहनुहुन्न भने, तपाईंका पैसा पनि हराउन सक्छ ।
जोखिमहरू के छन्?
स्क्यामरहरूले अनजान ई–कमर्स युजर्सको नाम र ठेगानाको दुरुपयोग गर्दै नचाहिएको पार्सल पठाएर प्रोडक्टलाई लोकप्रिय बनाइरहेका छन् ।
स्क्यामरहरूले डेटा ब्रीच वा व्यक्तिगत जानकारीको अवैध खरिद बिक्रीमार्फत यो जानकारी प्राप्त गर्छन् ।
नचाहिएको प्याकेज प्राप्त गर्नुले तपाईंको व्यक्तिगत जानकारीको चोरी भएको संकेत दिन सक्छ, जसले पहिचान चोरी र गोपनीयता उल्लङ्घनको जोखिम ल्याउन सक्छ ।
केही प्याकेजहरूमा क्यूआर कोड समावेश हुन्छ, जसले प्राप्तकर्तालाई स्क्यान गर्न आग्रह गर्छ । एबीसी एक्सन न्यूज को रिपोर्ट अनुसार, नचाहिएको प्याकेजमा आकर्षक सन्देशहरू हुन्छन्, जस्तैः ‘रिभ्यू लेखेर ४५०० को गिफ्ट कार्ड जित्नका लागि यो क्यूआर कोड स्क्यान गर्नुहोस् ।’
यस्ता क्यूआर कोड स्क्यान गर्दा तपाईंलाई हानिकारक वेबसाइटमा लैजान सक्छ, जसले संवेदनशील जानकारी चोर्न वा तपाईंको उपकरणमा म्यालवेयर इन्स्टल गर्न सक्छ । चोरी गरिएको व्यक्तिगत जानकारीको प्रयोग वित्तीय ठगी वा फिशिङ आक्रमणका लागि गरिन सक्छ ।
यी कुरामा ध्यान दिनुहोस्
- कुनै पनि र्यान्डम क्यूआर कोड स्क्यान नगर्नुहोस् ।
- तपाईंको ई–कमर्स अकाउन्टलाई टू–फ्याक्टर अथेन्टिकेशनजस्ता उपायबाट सुरक्षित राख्नुहोस् ।
- यदि तपाईंले यस्ता प्याकेज प्राप्त गर्नुभयो भने, तुरुन्तै ई–कमर्स प्लेटफर्ममा रिपोर्ट गर्नुहोस् ।
अपडेट
राष्ट्रिय परिचयपत्रमा समावेश गरिएको डेटा दुरूपयोग हुन दिदैनौं: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका विवरण दुरूपयोग हुन नदिने बताएका छन् ।
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसङ मोबाइल उपलब्ध गराएको छ ।
सन् २०२५: एआई, फाइभजी, एआर/भीआर र स्याटेलाइट इन्टरनेटले प्रविधिको नयाँ युग ल्याउँदै
सन् २०२५ मा हामीले थुप्रै नयाँ प्रविधिहरूको झलक पाउने छौं । यी प्रविधिहरू पूर्ण रूपमा नयाँ नहुन सक्छन्, तर तिनको एकीकरण नयाँ ह…
एन्ड्रोइड १५ का केही हिडन फिचर
एन्ड्रोइडको लेटेस्ट अपरेटिङ सिस्टम एन्ड्रोइड १५ अहिले पिक्सेल र वानप्लसजस्ता थुप्रै स्मार्टफोनमा उपलब्ध भइसकेको छ । यस नयाँ अपरेटिङ …
वित्तीय समावेशीतामा जोड दिदै ज्याप, युएई जाने नेपाली कामदारलाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने
विदेशमा जाने नेपाली कामदाहरूलाई लक्षित गर्दै अनमिलिटेड रेमिटले रेमिट्यान्स पठाउन मिल्ने सजिलो प्लेटफर्म ज्यापको विकास गरेको छ ।…
के हो डेटा डम्प प्रविधि, जसबाट सैफ अली खानमाथि आक्रमण गर्ने आरोपीको पहिचान खुल्यो?
मोबाइल डो डम्प प्रविधिमार्फत बोलीवुड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आक्रमणकारीको तस्बिर सार्वजनिक भएको छ । आक्रमण्कारीको पह…
लिङ्क्डइनको एआई जब म्याच फिचर, रोजगारीका लागि कत्तिको योग्य छन् भनेर जानकारी दिने
लिङ्क्डइनले एआईमा आधारित जब म्याच फिचर सुरू गरेको छ । यो फिचर रोलआउट हुन सुरू भएको छ ।
सूचना प्रविधि र एआईको सदुपयोग गर्दै विकासमा अगाडि बढ्छौँ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सूचना प्रव…
मोबाइल बजारमा असफल हुँदा माइक्रोसफ्टलाई ४०० अर्ब डलर घाटा
एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत…
अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना, प्रयोगकर्ताहरूको रोजाइ बन्दै रेडनोट एप
अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने सम्भावना बढ्दै जाँदा प्रयोगकर्ताहरूले नयाँ एपतर्फ मोडिन थालेका छन्, जसको नाम रेडनोट हो । यो …
स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी
केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेक…
नेपाली लाइफस्टाइल ब्राण्ड भाइब्सका इयरबड्स बजारमा, कति छ मूल्य ?
नेपाली लाइफस्टाइल ब्राण्ड भाइब्सका प्रडक्ट बजारमा उपलब्ध भएका छन् । कम्पनीले भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ इयरबड्स सा…
चन्द्रागिरी नगरपालिकाले सञ्चालनमा ल्यायो बहुप्राविधिक शिक्षालय
चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ।
तारकेश्वरमा इमरजेन्सी रेस्पोन्स कन्सोल जडान, कताहो एपबाटै अब विपद्को जानकारी दिन सकिने
तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपालमै पहिलो पटक प्रविधिमा आधारित ‘अत्याधुनिक इमरजेन्सी…
यूएसबी पोर्टबाट आईफोन ह्याक गर्न सकिने एक रिपोर्टको खुलसा
एप्पलका डिभाइसहरू आफ्नो बलियो सुरक्षा प्रणालीका कारण प्रख्यात छन् । एप्पलका डिभाइसलाई ह्याक गर्नु निकै कठिन मानिन्छ ।