कीवर्डहरू -

अपडेट

इनड्राइभको 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी

ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति आफ्नो प्रतिबद्धता अझ प्रस्ट पार्न फाइटब्याक नेपालसँगको सहकार्यमा सम्पन्न सो तालिममा १०० भन्दा बढी मोटरसाइकल र ट्याक्सी चालक सहभागी थिए ।

कार्यक्रम फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेका थिए । उनले चालकहरूलाई दैनिक जीवनमा देखापर्ने चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्ने व्यावहारिक सीप सिकाएका थिए । तालिममा यात्रुलाई सम्मान र सुरक्षा प्रदान गर्ने, चालकहरुले व्यावसायिक आचरण र शिष्टाचारलाई व्यवहारमा उतार्ने, असहज वा संवेदनशील परिस्थितिमा प्रभावकारी ढङ्गले प्रतिक्रिया जनाउने जस्ता कुराहरु सिकाइएको थियो । उक्त तालिम इनड्राइभको सेफ्टी फर्स्ट भन्ने मूल सिद्धान्तलाई जोड दिँदै इनड्राइभलाई अझ सबल र विश्वासिलो प्लेटफर्मका रूपमा स्थापित गर्न लक्षित थियो ।

फाइटब्याकको बीएचभी नमुना प्रयोग गरी गरिएको छलफल, अभ्यास र व्यावहारिक सुरक्षा प्रशिक्षणमार्फत चालकहरूलाई प्रत्यक्ष काम लाग्ने सीप प्रदान गरिएको थियो । तालिम पूरा गर्ने चालकहरूले प्रमाणपत्रसहित “भेरिफाइड ड्राइभर ब्याज” पनि प्राप्त गरेका थिए । उक्त ब्याजले उनीहरूलाई आधिकारिक रूपमा इनड्राइभ प्रमाणित चालकको रूपमा चिनाउँछ ।

इनड्राइभकी नेपाल प्रमुख रीता पोखरेलले सुरक्षा इनड्राइभको मिशनको मूलमा रहेको बताइन । 'प्रत्येक यात्रुले सम्मानित र सुरक्षित महसुस गरून, र प्रत्येक चालक व्यावसायिक रूपमा सशक्त बनून भन्ने हामी ​​​​​​​चाहन्छौँ । यस्ता तालिमहरूले हामीलाई सुरक्षा, विश्वास र निष्पक्षतालाई पहिलो प्राथमिकतामा राख्दै जिम्मेवार चालकहरूको समुदाय बनाउन सहयोग पुर्याइरहेका छन्,' उनले भनिन ।

त्यस्तै, फाइटब्याक नेपालका फाउण्डर विक्रान्त पाण्डेले ड्राइभसँगको सहकार्य यात्रु सुरक्षाको संस्कार स्थापित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भएको बताए । चालकहरूलाई चेतना र व्यावहारिक सीप प्रदान गर्दा केवल दुर्घटना रोकथाममै सीमित नभएर  सबैका लागि सुरक्षित वातावरण निर्माण गर्ने बताए । 

अपडेट

सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको छ: नास आईटी

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नासआईटी) ले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा अ…

जीबोर्डमा एआई: एन्ड्रोइडमा सन्देश लेख्न, प्रूफरिड र इमोजी रिमिक्सलाई सजिलो हुने

गुगलले एन्ड्रोइडको बिल्ट-इन किबोर्ड जीबोर्ड लाई एआई-सञ्चालित टुलहरूसँग सुसज्जित गरिएको छ। अब प्रयोगकर्ताहरूले आफ्ना सन्देशहरू केही…

एआईले पाँच वर्षमै विश्व रोजगारी तहसनहस बनाउन सक्ने चेतावनी

लुइसविल विश्वविद्यालयका कम्प्युटर विज्ञान प्राध्यापक रोमन याम्पोल्स्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आर्टिफिसियल जनरल इंटेलिजेन्स…

टीसीएलको दसैँ, तिहार अभियान सुरु, ग्राहकलाई २ लाख ८ हजारसम्मको नगद छुट

नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर …

क्यान महासंघले भन्यो – सामाजिक सञ्जाल बन्द समाधान होइन, डिजिटल रूपमा नेपाल पछि पर्न सक्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयप्रति कम्प्युटर एसोसिएसन नेपाल महा…

टिकटकमा चल्यो भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने ‘नेपो बेबी’ अभियान

सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ । 

नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात

सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात म…

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

गुगल जोखिममा: प्रयोगकर्ताहरू जनरेटिभ एआईतिर सर्दै, ट्राभलदेखि फिटनेससम्म प्रयोग

फ्यूचर एआई सेन्टिमेन्ट वेभ ३ को रिपोर्ट अनुसार, अमेरिकामा ५५ प्रतिशत र बेलायतमा ६२ प्रतिशतमानिसहरू अब सर्च इञ्जिनको सट्टा एआई च्य…

सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । करिब १ हप्ता अगाडि नै महानिर्देशक पौड्यालले पदबाट र…

भिडियो एडिटिङ सफ्टवेयर एडोब प्रिमियर अब आईफोनमा, निःशुल्क चलाउन पाइने

एडोबले आफ्नो लोकप्रिय भिडियो एडिटिङ सफ्टवेयर प्रिमियरलाई नि:शुल्क रूपमा आइफोनमा ल्याउने घोषणा गरेको छ। यससँगै सामग्री निर्माताल…

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व लक्षित अफर सार्वजनिक

दशैं, तिहार र छठजस्ता नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ। “भित्र्याऔँ खुशी र समृ…

कान्तिपुर सिटी कलेजमा बीटेक इन एआई कार्यक्रम, भर्ना खुला

पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको …

नेपालमा अब कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । 

माओवादीले भन्यो: सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो

नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।