कीवर्डहरू -

अपडेट

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज

अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था सिडरगेट नेपालमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । एमच्यामका सदस्य संस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको एमच्यामले जनाएको छ । 

एमच्यामले आफ्ना सदस्य संस्थाबीच सम्बन्ध तथा सञ्जाल विस्तार तथा त्यसबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले मेम्बर लर्निङ सिरिज आयोजना गर्दै आएको छ । जसअन्तर्गत यसपटक स्वास्थ्य क्षेत्रमा प्रविधिका माध्यमबाट परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको सिडरगेट नेपालमा यो कार्यक्रम आयोजना गरिएको एमच्यामले जनाएको छ । 

सिडरगेटका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) डेविड बी स्नो जुनियरको नेतृत्वमा स्थापना भएको कम्पनीले प्रविधिको माध्यमबाट मूल्यमा आधारित स्वास्थ्य सेवामा रूपान्तरण ल्याउने लक्ष्यका साथ काम गर्दै आएको छ । 

कम्पनीले आफ्नो सबैभन्दा ठूलो सम्पत्ति कार्यरत प्रतिभाशाली र प्रेरणादायी कर्मचारी भएको बताएको छ । कम्पनीले खुला र सहयोगी कार्यसंस्कृति पारदर्शितालाई प्राथमिकता दिँदै कर्मचारीहरू सिक्न, बढ्न र हरेक दिन केही नविनतम काम गर्न प्रेरित गर्दै आएको जनाएको छ । 

स्वास्थ्यसम्बन्धी संवेदनशील जानकारीसँग काम गर्ने भएकाले सिडरगेटले सुरक्षा प्रणालीलाई पहिलो स्थानमा राखेको छ । कम्पनीले कर्मचारीका लागि स्वास्थ्य सुविधा उपलब्ध गराएको छ । यसमा बीमा योजना, वार्षिक स्वास्थ्य परीक्षण, छिटो परामर्शका लागि क्लिनिक, आवाश्यक स्वास्थ्य सेवा दिने इन–हाउस डाक्टर तथा स्तनपान गराउने आमाका लागि ‘ल्याक्टेसन रूम’लगायतका सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । 

सिडरगेटले काम र मनोरञ्जनको सन्तुलनलाई महत्त्व दिएको जनाएको छ । कम्पनीले तनाव व्यवस्थापनका लागि इनडोर गेमको पनि सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीमा हाल ८०० कर्मचारी कार्यरत छन् । कम्पनीले कर्मचारीका लागि नियमित पिक–अप र ड्रप–अप सेवा पनि उपलब्ध छ ।

 

 

अपडेट

डिपफेकमार्फत जर्ज क्लूनी र ब्राड पिटको नक्कली अवतार बनाएर करोडौँ ठगी

अनलाइन ठगीका घटना कति खतरनाक बन्दै गइरहेका छन् भन्ने कुरा हालैको एक घटनाबाट बुझ्न सकिन्छ । अर्जेन्टिनाकी एक महिलासँग एक अचम्मको…

१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो

आईटी कम्पनी टेक्नोरियो १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि देशमै केही गर्ने हुटहुटीसहित टेक्नोरियोको स्…

ड्राइभिङ लाइसेन्स: २५ लाख ७१ हजार स्मार्ट कार्ड माग, ८ लाख मात्रै मौज्दातमा

महालेखा परीक्षकको कार्यालयले स्मार्ट सवारीचालक अनुमतिपत्र २५ लाख ७१ हजार माग भएकोमा ८ लाख कार्ड मात्रै मौज्दातमा रहेको बताएको छ…

महालेखाले भन्यो: सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था प्रभावकारी भएन

महालेखा परीक्षकको कार्यालयले सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने व्यवस्था प्रभावकारी नभएको बताएको छ ।&…

विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च

१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ । 

कस्तो छ सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र पावरफुल स्मार्टफोन ?

सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्ल…

ब्लुटुथ ६.१ स्ट्यान्डर्ड सार्वजनिक: प्रयोगकर्ता गोपनीयता र ब्याट्री लाइफमा उल्लेखनीय सुधार

ब्लुटुथ स्पेशल इन्टरेस्ट ग्रुप (एसआईजी) ले हालै ब्लुटुथ ६.१ स्ट्यान्डर्डको घोषणा गरेको छ । यो वायरलेस कनेक्टिविटी प्रोटोकल समर्थन गर्…

कियाले ल्यायो ह्वीलचेयरसहितको विद्युतीय भ्यान

कियाले ह्वीलचेयर भएको आफ्नो पहिलो विद्युतीय भ्यान सार्वजनिक गरेको छ । PV5 WAV नामको यो भ्यानमा साइड-एन्ट्री प्रणाली छ, जसले गर्दा…

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…

सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन पेमेन्ट गेटवे सेवा

 सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु …

रिड्डाराको एक्सचेन्ज अफर सार्वजनिक

सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इभोल्भ टू रिड्डारा एक्सचेन्ज नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अफरले न…

गूगलको ‘जी’ लोगोमा सामान्य परिवर्तन, कस्तो छ नयाँ लोगो ?

गूगलले आफ्नो ‘जी’ लोगोमा सामान्य परिवर्तन गरेको छ । पहिले चारवटा स्पष्ट रंगमा बाँडिएको यो लोगो अहिले केही ठाउँमा…

ई–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन्। इ–रिक्…

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्दे…

सुरक्षण मुद्रण केन्द्रमार्फत ड्राइभिङ लाइसेन्स छाप्ने तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्…