कीवर्डहरू -

अपडेट

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ हुँदै

युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहको छ ।

युनिभर्सल कलेज, फिनिक्स कलज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिए ।

विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरू हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको छ ।

एक्सपर्ट एजुकेशनको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उनले जानकारी दिए ।

युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौं उपत्यकासहित देशका मुख्य शहरवाट पनि विद्याथीले सहभागिता जनाउने भएका छन् । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो। यस्तै युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य कार्यक्रमको रहकेो छ ।

कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्ने छन् ।

कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताउनुभयो । सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिने आयोजकको दाबी छ ।

कार्यक्रममा केवाइसी–२०२५ युथ आइकनवाट सिसन बानियालाई सम्मान गरिने भएको छ । यस्तै कार्यक्रममा एम.एम.ए खेलाडी रबिन्द्र ढाँट गेस्ट ओफ ओनरका रुपमा उपस्थित हुदै छन, चर्चित गायक दुर्गेश थापालाई पर्फमर अफ द इयर उपाधि प्रदान गरिदैछ ।

साथै एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका ए.आ.जी. दान बहादुर कार्की, गायक भेक, खेम संग्रौला, हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री, क्यानका सचिव तथा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, निर्देशक तथा कोरियोग्राफर प्रदिप लामा, चर्चित -यापर ओ.एम.जी. स्पार्क, एल.जी वी.टी.क्यु. की अधिकारकर्मी तथा लेखक रुक्सना कपाली, नेपाली महिला क्रिकेट टिमकी इन्दु वर्मा, गायिका ओसीन कार्की, गायिका लक्ष्मी आचार्य लगायत अन्य नृत्य, मेरो देश मेरो उत्पादन अन्तरगत विभिन्न स्टलहरु, गेम जोन र विद्यार्थीका तर्फबाट विभिन्न प्रस्तुति रहने छन् । वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो छैठौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाइ छ ।

अपडेट

आउँदो ३ वर्षमा एआईले मानिसजस्तो व्यवहार देखाउन सक्छ, डीपमाइन्डका सुलेमानको चेतावनी

माइक्रोसफ्टको एआई प्रमुख र डीपमाइन्डका को–फाउन्डर मुस्तफा सुलेमानले भनेका छन् कि अर्को ३ वर्षमा एआईले मान्छे जस्तै चेतना (कन्…

आइसिटी अवार्डमा अनलाइन नोमिनेसन दिने समय थप, यस्तो छ आवेदन दिने तरिका

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…

सोशल मिडिया र बाल मानसिक स्वास्थ्य: विश्वभर नियमनमा हुँदैछ कडाइ

सोसल मिडियाको बढ्दो प्रभावसँगै यसले युवालाई केही नयाँ गर्ने प्लेटफर्म दिइरहेको छ । तर सँगसँगै बालबालिकाहरूको मानसिक स्वास्थ्य र…

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड फेसमा पुन: स्वस्तिमा खड्का नियुक्त

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा निय…

अमेरिकी कम्पनीले ३३ करोडमा किन्यो नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनल

एक अमेरिकी कम्पनीले नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनललाई २.४ मिलियन अमेरिकी डलर अर्थात ३३ करोड नेपाली रूपैयाँमा खरिद गरेक…

दैलो कृषि र मुना कृषिबीच सहकार्य, अब परम्परागत कृषि उत्पादनहरू घरमै अर्डर गर्न सकिने

डिजिटल प्लेटफर्म दैलो कृषिले मुना कृषि लिमिटेडसँग सहकार्य गरेको छ । योसँगै अब दैलो कृषिबाट परम्परागत कृषि उत्पादनहरू घरमै अर्…

बाईडूले विकास गर्‍यो यस्तो एआई जसले जनावरको भाषा मानव भाषामा अनुवाद गर्छ

चीनको एक प्रसिद्ध कम्पनी बाईडूले केही महिनाअघि यस्तो एआई उपकरण विकास गरेको छ, जसले जनावरहरूको भाषा मानव भाषामा कन्वर्ट गर्छ। र…

चीनले ल्यायो सिम–साइज मिनी एसएसडी, पोर्टेबल गेमिङ र मिडियाका लागि नयाँ विकल्प

चीनको स्टोरेज कम्पनी बिविन ले सानो तर शक्तिशाली मिनी एसएसडी सार्वजनिक गरेपछि पोर्टेबल डिभाइसहरूको भण्डारण क्षमता र प्रयोगको तरी…

नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा

विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजीले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल…

ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित

सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज …

एससीटी युनियन पे कार्डबाट अब डिजिटल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएक…

प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँदैछ गूगलको एआई ओभरभ्यु

गूगलको एआई ओभरभ्युले प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँन थालेको छ । सुरूवाती दिनहरूमा रूचाइएको ओभरभ्यू सुविधा अहिल…

झापामा पहिलो पटक अन्तर्राष्ट्रिय ह्याकाथन सम्पन्न, ग्राण्ड विजेता बन्यो टिम अरोमा ह्याकफोर्स

गोमेन्द्र बहुमुखी कलेजमा पहिलो पटक झापामा अन्तर्राष्ट्रिय ह्याकाथनको आयोजना भएको छ । डेभलपर एसोसिएसन झापाको आयोजना तथा गो…

मेटाको च्याटबटले डोर्यायो मृत्युसम्म, ७६ वर्षीय वृद्धको रहस्यमयी निधन

अमेरिकाको न्यू जर्सीमा बस्ने ७६ वर्षका थोंगब्यू वोंगबाण्ड्यूको मृत्युले सबैलाई चकित बनाएको छ । दश वर्षअघि स्ट्रोकका कारण कमजोर भएक…

हिंटनको चकित पार्ने प्रस्ताव: एआईमा 'मातृत्व भावना' राखेर मानव सुरक्षा सुनिश्चित गर्ने

लस भेगसमा आयोजना गरिएको एआईफोर सम्मेलनमा एआईका 'गडफादर' भनेर चिनिने जेफ्री हिंटनले नयाँ बहस सिर्जना गरेका छन्। उनले…