कीवर्डहरू -

अपडेट

शुक्रबार भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, भोलिसम्म चल्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करणको उद्घाटन गरेका छन् ।

मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा. लि.ले सयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ रहेका छन् ।

स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहको प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङ्गका सामाग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहेको छ  ।

उद्घाटन समारोहमा आफ्नो मनतव्य राख्दै मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत तथा विद्युतीय सामाग्रीहरुको निर्यातमा अपार सम्भावना रहेको कुरामा जोड दिए । भण्डारीले प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुको सहभागिता देख्दा नेपालमा पनि उर्जा तथा उर्जासँग सम्बन्धित उत्पादनहरुको सम्भावना निकै राम्रो रहेको बताए ।

विद्युतीय उपकरणहरुलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

नेपालीहरुको महान पर्व बडा दशैंको केहि हप्ता अगाडी आयोजना हुन लागेको यस प्रदर्शनीमा ग्राहकहरुले सहज तथा सुलभरुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका सामानहरु खरिद गर्न सक्ने छन् ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा ल्याएर व्यवसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे संदेश फैलाउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ ।

नेपाल इलेक्ट्रिक, पावर, लाइटस् तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी रुपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्नेछ ।

विभिन्न विद्युतीय माध्यमहरुको प्रयोगमा वृद्धि गरि मुलुकमा बढ्दो जल विद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रुपमा सबलिकरण गर्ने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रर्दशनी भाद्र १५ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा संचालन हुनेछ । 

अपडेट

१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञको सुझाव

१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञहरूले सुझाव दिएका छन् । सेपियन ल्याब्सले १८ देखि २४ वर्ष उमेर समूहका…

सगरमाथाको फोहोर उठाउन ‘गेम चेञ्जर’ बन्दैछ ड्रोन, मनास्लुमा पनि लैजाने योजना

यस वर्षको आरोहण मौसममा सगरमाथा आधार शिविरमा ड्रोन अपरेटरहरूको एक टोली आरोही र गाइडहरूसँग सहभागी भयो । उनीहरू विश्वकै अग्लो …

अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।

<…

डिशहोमका ग्राहकलाई चन्द्रागिरी केबलकारमा १० प्रतिशत छुट

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस स…

सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारकाे सातदिने अल्टिमेटम

सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन सातदिने अल्टिमेटम दिएकाे छ ।

सोमबार बसेकाे मन्त्…

पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा नेपालको एससीटी चयन

नेपालको भुक्तानी प्रणाली सञ्चालक कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसी…

मिस्ट्रल र पेरप्लेक्सिटी खरिद गर्ने आन्तरिक छलफलमा एप्पल

एप्पलले फ्रान्सको एआई स्टार्टअप मिस्ट्रल र एआई सर्च कम्पनी पेरप्लेक्सिटी खरिद गर्न आन्तरिक रूपमा छलफल अगाडि बताएको छ । एआईको दौडमा प्…

‘आत्महत्या कसरी गर्ने’ प्रश्नको जवाफै दिदैनन् एआई च्याटबट, अध्ययन भन्छ - उत्तर दिने शैली परिवर्तन गर्नुपर्छ

आत्महत्यासँग सम्बन्धित प्रश्नहरूमा तीन लोकप्रिय एआई च्याटबटहरूको प्रतिक्रिया जाँच गर्ने अध्ययनले केही निकै रोचक र अचम्मलाग्दो तथ्…

नेपाल टेक मार्केटले सार्वजनिक गर्‍यो फोहोर व्यवस्थापन प्रणाली

नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्…

नासो कर्णालीलाई खगोलीय उपकरण हस्तान्तरण

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) कर्णालीका संयोजक डा…

काठमाडौंमा ‘एआई सुरक्षा भेला’ सम्पन्न, एआईको नैतिक प्रयोगमा जोड

गएको शनिबार काठमाडौंमा एआई सुरक्षा भेला (AI Safety Meet-Up) सम्पन्न भएको छ । एनोभेटर्स र बेलायतस्थित गैर-नाफामूलक संस्था &lsq…

बालबालिका, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई अनिवार्य छैन् राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, असहाय, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य न…

कस्तो रह्यो नेपालमा नामीको एक वर्ष ?

नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक…

नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक

नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको …

टेली डिजिटल सर्भिसेस अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर

रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टन…