अपडेट
अर्थ मन्त्रालयका मुख्य तीनओटा सफ्टवेयरहरू र त्यसका तथ्याङ्क सुरक्षित
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ। अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरु, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो।
अहिले यी निकायहरुले क्षतिको विवरण सङ्कलन गर्ने र क्रमशः सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ भने अरु संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ। मन्त्रालयअन्तर्गतका मुख्य तीनओटा सफ्टवेयरहरु र त्यसको तथ्याङ्क सुरक्षित रहेको जानकारी पनि उनले दिए।
“बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ। मन्त्रालयगत बजेट बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत कर प्रणाली (आईटिएस) सुरक्षित छ”, उनले भने। उनका अनुसार आगजनीबाट मन्त्रालयका २५ ओटा कार पूर्णरुपमा जलेर नष्ट भएका छन् भने २० हाराहारी कारमा आंशिक क्षति पुगेको छ। त्यस्तै ४० ओटा मोटरसाइकल जलेर नष्ट भएको प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिए।
अहिले देशभरका भन्सार र कर कार्यालयहरुको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ। भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ। आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौँ उपत्यका बाहिरका चार–पाँच ओटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ।
“सरकारले काम सुरु गर्नु भन्यो भने काठमाडौँ उपत्यकाभित्रका कार्यालयहरुबाट तत्काल सेवा दिन सक्ने अवस्थामा छन्। तर, काठमाडौँ बाहिरका धेरै ओटा कार्यालय तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्”, महानिर्देशक दाहालले भने।
उनका अनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, वीरगञ्ज, सिमरा, दमौली, पोखरा, भैरहवा, बुटवल, नेपालगञ्ज, डडेलधुरा, धनगडी कर कार्यालय पूर्णरुपमा नष्ट भएका छन्। यी कार्यालयबाट तत्काल सेवा दिन सक्ने अवस्था नरहेको दाहालको भनाइ छ।
जतिसक्दो चाँडो सेवा पुनःसञ्चालनका लागि प्रयास भइरहेको उनले बताए। “कर कार्यालयहरुमा पुगेको क्षतिको विवरण सङ्कलनका लागि अहिले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मुचुल्का बनाउने काम भइरहेको छ। त्रिपाल टाँगेर भए पनि सेवा दिन सकिन्छ कि भनेर वैकल्पिक व्यवस्थामार्फत सेवा दिनका लागि पनि तयारी गर्न भनिएको छ”, उनले भने, “अहिले कर कार्यालयको अनलाइन सेवामा समस्या छैन। धेरै काम अनलाइनबाटै हुने गरेको छ। तर अधिकांश कार्यालयबाट भौतिक रुपमा सेवा दिन सक्ने अवस्था छैन।”
जेनजी समूहबाटै आन्तरिक राजस्व विभागको वेभसाइटमा साइबर आक्रमणसमेत भएको थियो। केही समय ह्याकरको कब्जामा पुगेकोमा त्यसलाई फिर्ता ल्याउन सफल भएको उनले बताए। भद्रपुर, धरान, कावासोती, जुम्ला, कृष्णनगर, सुर्खेत, महेन्द्रनगर कर कार्यालयमा क्षति नरहेकाले तत्काल सेवा दिन सकिने अवस्थामा छन्।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भन्सार सेवा सञ्चालनमा आइसकेको छ। दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक खाद्यान्न, फलफूल, ग्यास, तेललगायतका वस्तुको जाँचपासलाई प्राथमिकतामा दिइएको उनले बताए।
“भद्रपुर, काकरभिट्टा, विराटनगर, भैरहवा, कैलाली र जनकपुर भन्सार कार्यालयमा धेरै क्षति पुगेको छ। क्षतिको वास्तविक विवरण आइसकेको छैन। अहिले जिल्ला प्रशासन र प्रहरीसँगको समन्वयमा मुचुल्का तयार पार्ने काम भइरहेको छ”, बर्तौलाले भने।
भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँचपासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेको सीमित स्रोतसाधनबाटै वस्तु जाँचपास सुरु गरिएको उनको भनाइ छ। चीनतर्फतको कोरला नाका भोलि आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए।
आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि अहिले अधिकांश सरकारी खाता प्रणाली बन्द गरिएका छन्। महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले अहिले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मात्रै सञ्चालनमा ल्याउन सकिएको बताए।
“कैलाली कोलेनिकामा पूर्णरुपमा क्षति पुगेको छ। मकवानपुर, विराटनगर, त्रिपुरेश्वरलगायतका कार्यालयमा क्षति पुगेको छ। क्षतिका विवरणहरु सङ्कलन भइरहेका छन्”, उनले भने, “स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र), एकल खाता कोष प्रणाली (टिएसए), कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) लगायतका सरकारी खाता सञ्चालनमा आउन सकेका छैनन्। नयाँ सरकारबाट के निर्देशन आउँछ, त्यहीअनुसार अघि बढ्छौँ।” रासस
अपडेट
अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क
नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा…
डिजिटल भुक्तानी सुचारू राख्न राष्ट्र बैंकको आग्रह, वेबसाइट र सामाजिक सञ्जालबाट सेवाको जानकारी दिनुपर्ने
नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थालाई अत्यावश्यक…
एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा
टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मंगलबारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको …
डेटा र भ्वाइस सेवा नि:शुल्क दिदै नेपाल टेलिकम, यस्तो छ लिने तरिका
नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क प्रदान गरेको छ । मंगलबारदेखि टेलिकमले निःशुल्क डेटा र भ्वाइस सेवा …
एनसेलले निःशुल्क दिइरहेको छ कल, एसएमएस र इन्टरनेट
टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखि दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन
सरकारको दमनमा १९ जनाको ज्यान जाने गरी घटना भएपछि जेनजीको आन्दोलन झनै चर्किएको छ । ठाउँ ठाउँमा सरकारविरूद्ध प्रदर्शन भइरहेको छ…
सरकारलाई एक्सको जवाफ: नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता हुन सक्दैनौं
सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता नहुने आफ्नो नीति रहेको बताएको छ ।
रुसको दाबी: ‘एंटेरोमिक्स’ एमआरएनए भ्याक्सिनको क्यान्सरमा क्लिनिकल परीक्षणमा आशाजनक सफलता
क्यान्सर हालको समयको सबैभन्दा छिटो बढ्ने गम्भीर स्वास्थ्य समस्याहरू मध्ये एक हो। यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बन्न पुगेको…
युरोपको पहिलो एक्सास्केल सुपरकम्प्युटर ‘जुपिटर’ जर्मनीमा सुरू, एआई प्रतिस्पर्धामा ऐतिहासिक छलाङ
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वैश्विक प्रतिस्पर्धामा अब युरोप पनि ठूलो कदम चाल्न तयार भएको छ। जर्मनीको जूलिश सुपरकम्प्युटिङ से…
दराजको ९.९ दशैँ धमाका – ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरीसँगै फ्ल्याट भौचर सुविधा
नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक…
केही सेवा प्रदायकको नेटवर्कमा चल्न थाल्यो फेसबुक
केही सेवा प्रदायकको नेटवर्कमा बन्द भएका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर चल्न थालेका छन् ।
इनड्राइभको 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी
ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति…
हाम्रो पात्रोले भन्यो: दर्ता २०७३ सालमै भएका हौं, अहिले सञ्चार मन्त्रालयमा सूचीकरण मात्रै हो
सूचीकरण नभएको भन्दै सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा हाम्रो पात्रो पर्दा धेरैलाई आश्चर्य लागेको थियो । हाम्रो पात्रोलाई उक्त …
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएको छ । सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्ट नेता तथा उच्च पदस्थ सरका…
भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस्
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न आग्रह गरेको छ । सूचीक…