अपडेट
उड्डयन सुरक्षा र सञ्चार क्षमता विकासका लागि मेन्टरल्याब र पाइलट एशोसिएशन अफ नेपालबीच सहकार्य
नेपालको उड्डयन सुरक्षा र सञ्चार क्षमताको स्तर उकास्ने उद्देश्यसहित मेन्टरल्याब नेपाल र पाइलट एशोसिएशन अफ नेपाल (PAN) बीच सहकार्यका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार, दुवै संस्थाले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को एभिएसन ल्याङ्ग्वेज प्रोफिसिएन्सी टेस्ट (ALPT) तथा विशेष एभिएसन इङ्लिश तालिम कार्यक्रम सञ्चालन गर्नेछन् ।
यो सहकार्यले नेपालका पाइलट, एयर ट्राफिक कन्ट्रोलर (ATC) र अन्य विमान प्रोफेसनलहरूलाई अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी दक्षता हासिल गर्न सहयोग गर्नेछ । तालिम अनलाइनबाट पनि लिन सकिने छ ।
यसले पाइलट र एटीसी बीचको सञ्चारलाई विश्वव्यापी ICAO मापदण्ड अनुसार सटीक, स्पष्ट र प्रभावकारी बनाउन मद्दत पुर्याउने लक्ष्य लिएको छ — जुन विमान सञ्चालनको सुरक्षाका लागि अत्यावश्यक पक्ष हो।
ICAO ALPT परीक्षणमा उच्चारण, व्याकरण, शब्दावली, प्रवाह, बुझाइ र अन्तरक्रिया गरी ६ वटा मुख्य भाषिक क्षमताहरूको मूल्याङ्कन गरिन्छ। अन्तर्राष्ट्रिय स्तरमा कार्य गर्नका लागि विमान प्रोफेसनलहरूले कम्तीमा लेभल ४ को दक्षता हासिल गर्नुपर्ने हुन्छ।
पाइलट एशोसिएशन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलले नेपालको आकाशलाई अझ सुरक्षित बनाउनको लागि यो सहकार्य ठूलो कदम भएको बताए ।
‘ICAO अंग्रेजी दक्षता प्रत्येक पाइलट र एयर ट्राफिक कन्ट्रोलरका लागि अत्यावश्यक छ, र यस साझेदारीमार्फत हामी हाम्रा प्रोफेसनलहरूलाई विश्वस्तरीय बनाउने दिशामा अघि बढिरहेका छौं,’ उनले अगाडि भने ।
त्यस्तै, मेन्टरल्याब नेपालका सह-संस्थापक भानु दबाडीले भने पाइलट एशोसिएशन अफ नेपालसँगको सहकार्यले प्रत्यक्ष रूपमा विमान सुरक्षा सुदृढ गर्न र पाइलट तथा एटीसीहरूको सञ्चार क्षमता अभिवृद्धि गर्न योगदान दिने अवसर प्रदान गरेको बताए ।
यस बाहेक मेन्टरल्याबले कर्पोरेट प्रशिक्षण, कार्यकारी शिक्षा र विदेश अध्ययन कार्यक्रम लगायतका क्षेत्रमा पनि क्षमता विकास र विश्वस्तरीय शिक्षण अभियानलाई निरन्तरता दिइरहेको छ ।
कम्पनीले चाँडै नै GoAcad नामक नवीन लर्निङ म्यानेजमेन्ट सिस्टम (LMS) सार्वजनिक गर्ने योजना बनाएको छ, जसले विद्यार्थी र प्रोफेसनलहरूलाई इन्टरएक्टिभ र अन-डिमान्ड डिजिटल शिक्षण अनुभव उपलब्ध गराउनेछ ।
अपडेट
एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन
नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। शोरुमको औपचारिक उद्घाटन क…
एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क
एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ, जसअन्तर्गत भोलि नोभेम्बर ११, मंगलबारको दिन एन…
‘निजी क्षेत्रलाई रूपान्तरण गर्न डिजिटल आधुनिकीकरण आवश्यक’
बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी &n…
ग्यालेक्सी बड्सथ्री एफई नेपालमा, यस्ता छन् सुविधा
सामसङ नेपालले ग्यालेक्सी बड्सथ्री एफई सार्वजनिक गरेको छ । यसमा फ्ल्यागशिपस्तरका सुविधाहरू रहेको कम्पनीको भनाइ छ ।
…अन्तरिक्षमै एआई डेटा सेन्टर: गूगलको ‘सनक्याचर’ प्रोजेक्टले प्रविधिमा दिएको नयाँ युगको संकेत
टेक दिग्गज गूगल अब पृथ्बीभन्दा पर गई अन्तरिक्षमा डेटा सेन्टर बनाउन लागिरहेको छ । अन्तरिक्षमा आफ्नो पहिलो एआई डेटा सेन्टर बनाउने ग…
एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो सार्वजनिक
डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच नेपालको सबै…
एआईबाट ‘डिजिटल आफ्टरलाइफ’: मृत व्यक्तिको आवाज र सम्झना पुनर्जीवित गर्ने प्रविधि तीव्र रूपमा बढ्दै
आर्टिफिशियल इन्टेलिजेन्स अब यति अगाडि बढिसकेको छ कि यसले मरेका मानिसहरूको आवाज, कुरा र सम्झनाहरू पनि फेरि जीवित बनाइदिन सक्छ…
विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष अफर, ५ हजारमा एक वर्षका फाइबर इन्टरनेट
नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । इन्टरनेट सेवा उपयोग बढ्दै गइरह…
पीएसबी नेपालको अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरू, नेपालको आवाज विश्वमा प्रवर्द्धन गर्ने उद्देश्य
सार्वजनिक सेवा प्रसारण (PSB) नेपालले अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरू गरेको छ । पीएसबी नेपालको पहिलो…
‘एमओटीई’ ब्रेन चिप: वायरलेस रूपमा मस्तिष्कका संकेत पढ्ने विश्वकै सबभन्दा सानो इम्प्लान्ट
वैज्ञानिकहरूले चामलको दानाजति सानो एक ब्रेन इम्प्लान्ट चिप बनाएका छन्। यो मस्तिष्कभित्र राखिने सानो चिपले मस्तिष्कबाट निस्कने बिजुल…
काठमाडौँ महानगरपालिकाका सीसीटिभी क्यामरा नेटवर्कका लागि नेपाल टेलिकमले इन्ट्रानेट उपलब्ध गराउने
काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमस…
ग्यालेक्सी ट्याब एस११ नेपालमा, क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम सुविधा
सामसङ नेपालले ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई र वान युआई ८ द्वारा संचालित, ट्याब एस ११ ल…
हाम्रो पात्रोले सुरू गर्यो ‘घरमै फ्लु खोप’ सेवा
नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले आजदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ। यस सेवा…
आइसिटी अवार्ड २०२५ का सेमिफाइनलिष्टहरूका लागि आईतबार मेन्टरिङ सेसन हुँदै
आइसिटी अवार्ड २०२५ का सेमि फाइनलिष्टहरूका लागि आईतबार अर्थात आज मेन्टरिङ सेसन हुने भएको छ । दिउँसो १२ बजेदेखि बागबजारको मोड…
एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको तिब्र चर्चा चल्दै गर्दा, यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्…