कीवर्डहरू -

अपडेट

नेपाल र श्रीलंकाबीच आईटी क्षेत्रमा रणनीतिक सहकार्य

नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन् । यो सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणलाई तीव्र पार्ने, नवप्रवर्तनलाई बढावा दिने र आर्थिक सहयोगलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा अगाडि बढेको यस सहकार्यले दुई देशको डिजिटल भविष्यलाई आकार दिन सघाउने बताइएको छ । 

सहकार्य अनुसार नेपाल–श्रीलंका आईसीटी बिजनेस काउन्सिलको स्थापना हुनेछ । यसले आउटसोर्सिङ, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य उदीयमान प्रविधिहरू लगायतका महत्वपूर्ण क्षेत्रमा संरचित संवाद, सीमापार सहयोग र व्यापारिक सम्बन्धलाई सहजीकरण गर्नेछ।

त्यस्तै श्रीलंकाका भेन्चर क्यापिटलिस्ट, एक्सिलरेटर र कम्पनीहरूको सहयोगमा सह-लगानी मोडेल र इन्क्युबेशन कार्यक्रमहरूलाई जोड दिने, एआई, हेल्थटेक, एग्रिटेक र फिनटेकलगायतका क्षेत्रमा नेपाली स्टार्टअपहरूका लागि पर्याप्त वृद्धि अवसरहरू प्रदान गर्नेछ ।

यस बाहेक प्राविधिक तालिम कार्यक्रम, आउटसोर्सिङ र प्रतिभा आदानप्रदानलाई सहजीकरण, नेपालको एनपीसर्ट (npCert) र श्रीलंका सर्ट (Sri Lanka CERT) ले क्षेत्रीय साइबर सुरक्षा लचिलोपनलाई बलियो बनाउन खतरा खुफिया साझेदारी, सीमापार घटना प्रतिक्रिया र संयुक्त क्षमता निर्माण पहलहरूमा सहकार्य गर्नेछन् ।

साथै आईसीटी ट्रेड मिसन, एक्स्पो र सम्मेलनहरूको सह-आयोजन गर्ने योजना सहकार्यको छ । नेपालको क्यान इन्फोटेक, बिटुबी समिट, स्टार्टअप एक्स्पो र श्रीलंकाको ट्रेड एक्स्पो, कन्फरेन्स, पोलिसी डाइलगमा क्रस-नेशनल सहभागिता रहनेछ ।

नेपाल–श्रीलंका आईसीटी नवप्रवर्तन कोषको स्थापना गर्ने, आईसीटी विश्वविद्यालय र संस्थाहरूले एआई, ब्लकचेन र डेटा एनालिटिक्स जस्ता क्षेत्रमा संयुक्त अनुसन्धान, संकाय र विद्यार्थी आदानप्रदान र सहयोगी विकासमा सहकार्य हुनेछ । 
 

अपडेट

एनसेलले बढायो ‘लीग अफ क्रिएटर्स’मा सहभागी हुने म्याद असार १ सम्म

एनसेलले आयोजना गर्न लागेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा सहभागी हुनका लागि भिडियो पोष्ट गर्ने अन्तिम म्याद पाँच …

के हो मेटाको ‘सुपरइन्टेलिजेन्स’? जसका लागि जुकरबर्ग दिइरहेका छन् करोडौं रुपैयाँ तलब

आजकल धेरै ठूला प्रविधि कम्पनीहरू एआईको दौडमा लागिपरेका छन् । हालै गुगलले आफ्ना यस्ता धेरै एआई फिचरहरूको घोषणा गरेको छ, जुन भ…

एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…

आईओएस २६ डेभलपर बेटा अपडेट कसरी इन्स्टल गर्ने ?

डब्लुडब्लुडीसी २०२५ इभेन्टको केही घण्टामै एप्पलले आईओएस २६ को पहिलो डेभलपर अपडेट औपचारिक रूपमा रिलिज गरेको छ । यो अपडेटले आई…

बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ ।

डा भगवान कोइरालाको नेत…

समाचार हटाइएको*

यसअघि प्रकाशित भएको सामग्री पठाओ नेपालले भूलबस पठाएको र उक्त समाचार हटाउन अनुरोध गरेकाले समाचार हटाइएको छ । सम्पादक

नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर

नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ । 

केन्द्रीय कार्यालयस्थित प्रमुख …

अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा एप्पलको ऐतिहासिक परिवर्तन, अब वर्ष आधारित नामाकरण प्रणाली

एप्पलले आफ्नो अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा ऐतिहासिक परिवर्तन गर्ने घोषणा गरेको छ। कम्पनीले वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्…

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’ सम्पन्न, ईकोलुपले जित्यो प्रथम उपाधि

विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो…

ह्वावेको पहिलो स्मार्ट फ्युजन ईभी चार्जिङ नेटवर्क हेटौडामा स्थापना

विश्व वातावरण दिवस २०२५ को अवसरमा हुवावे नेपालले आफ्नो फ्युजन चार्ज 'स्मार्ट ईभी चार्जिङ' नेटवर्कको सुरुवात गरेको …

मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्द…

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी आम्दानी गर्ने अवसर

देशकै अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर  आह्वान गरेको छ । शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप…

गण्डकी प्रदेशको गल्याङमा ‘आइसिटी ज्ञान’ कार्यक्रम सम्पन्न

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम आइसिटी ज्ञान गण्डकी प्रदेशमा सम्पन्न भएको छ…

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…

‘राइड्स फर गोल्स’ अभियानमार्फत इन्ड्राइभद्वारा २ विद्यालयको खेल मैदान सुधार

इन्ड्राइभले ‘राइड्स फर गोल्स’ अभियानमार्फत काठमाडौंका २ विद्यालयलाई खेल पूर्वाधार र सामग्री प्रदान गरेको छ । सा…