अपडेट
साउदी अरेबियामा एआई चिकित्सकको क्लिनिक: ३० रोगहरूको उपचार सम्भव
साउदी अरेबियामा विश्वकै पहिलो यस्तो क्लिनिक सुरु गरिएको छ, जहाँ बिरामीको जाँच र उपचारको जिम्मेवारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित चिकित्सकले निभाइरहेका छन् ।
यो परियोजना चिनियाँ मेडिकल टेक्नोलोजी कम्पनी सिनयी एआई र अलमूसा हेल्थ ग्रुप को साझेदारीमा सुरु गरिएको हो । यस पायलट कार्यक्रमको सुरुवात गत महिना साउदीको पूर्वी प्रान्त अल–अहसा मा गरिएको थियो ।
यो क्लिनिक एक एआई चिकित्सक ‘डा. हुआ’ मा आधारित छ, जसले ट्याब्लेट को माध्यमबाट बिरामीसँग लक्षणहरू सोध्छ, फलो–अप प्रश्नहरू गर्छ र तस्बिरहरू तथा अन्य डाटा को सहयोगमा रोगको विश्लेषण गर्छ । यी प्रक्रियाहरूमा मानव सहायकहरूले सहयोग गर्छन् ।
कन्सल्टेशन पछि डा. हुआले एक उपचार योजना (ट्रिटमेन्ट प्लान) तयार गर्छ, जसलाई एक मानव चिकित्सकले अन्तिमरूपमा परीक्षण गरेर स्वीकृति दिन्छन् । आपतकालीन अवस्थाहरूमा मानव डाक्टरहरू पनि स्थलमा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
हाल एआई चिकित्सकले श्वासप्रश्वास सम्बन्धी रोगहरू मा ध्यान केन्द्रित गरिरहेको छ, जसमा लगभग ३० प्रकारका रोगहरू जस्तै अस्थमा र घाँटीको संक्रमण (फ्यारिन्जाइटिस) समावेश छन् । भविष्यमा यसको दायरा बढाएर ५० रोगहरू सम्म पु¥याउने योजना छ, जसमा ग्यास्ट्रोइन्टेस्टाइनल (पाचन प्रणाली) र छाला सम्बन्धी रोगहरू पनि समावेश हुनेछन् ।
सिनयी एआई का अनुसार, मानव चिकित्सकहरूले अब “सुरक्षा गेटकीपर“ को भूमिका मात्र निभाउनेछन् । उनीहरूको काम एआई द्वारा दिइएको सल्लाह सही र सुरक्षित छ कि छैन भन्ने सुनिश्चित गर्नु हो ।
सिनयी एआई का सिइओ झाङ साओडियन भन्छन्, “अहिलेसम्म एआईले केवल डाक्टरहरूलाई सहयोग गर्ने भूमिका निभाउँदै आएको थियो, तर अब हामी त्यस अन्तिम चरणमा पुगेका छौं जहाँ एआई आफैंले बिरामीको जाँच र उपचार गर्न सक्नेछ ।”
सिनयी एआई को दाबी अनुसार, टेस्टिङ फेज मा एआई को त्रुटि दर (एरर रेट) केवल ०.३ प्रतिशत रहेको छ । यो टेक्नोलोजी टेन्सेन्ट, होङशान क्यापिटल, जीजीभी क्यापिटल र स्थानीय सरकारको सहयोगमा विकास गरिएको हो । यसमा स्थानीय भाषा, मेडिकल टरमिनोलोजी र कल्चरल एस्पेक्ट्स लाई ध्यानमा राख्दै लोकलाइज्ड एलएलएम (लार्ज ल्याङ्गवेज मोडेल्स) को प्रयोग गरिएको छ ।
यस पायलट कार्यक्रम को डाटा साउदी सरकारलाई रिभ्यु का लागि बुझाइनेछ र आगामी १८ महिनाभित्र अप्रूवल प्राप्त हुने अपेक्षा गरिएको छ ।
अपडेट
डिजिटल नेपाल फ्रेमवर्क २.० कार्यान्वयनका लागि सरोकारवालासँग क्यान महासंघको छलफल
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल …
केकियस म्याक्सिमस: एलन मस्कको नाम परिवर्तनले क्रिप्टो बजारमा ल्यायो हलचल
टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका सीईओ एलन मस्क आफ्नो अनौठो क्रियाकलापका लागि चिनिन्छन् । यद्यपि उनी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको …
ओपनएआईदूारा क्लाउड-आधारित स्वतन्त्र कोडिङ एजेन्ट "कोडेक्स" को अनुसन्धान प्रीभ्यू सार्वजनिक
ओपनएआईले सफ्टवेयर विकासका लागि आफ्नो नयाँ एआई उपकरण कोडेक्सको अनुसन्धान प्रीभ्यू सार्वजनिक गरेको छ, जुन क्लाउड–आधारित इन्ज…
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट
जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ ।
एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच
एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घ…
सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज
अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था सिडरगेट नेपालमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । एमच्यामका सदस्य संस्थाका प्रतिनिधिलगायतको …
जुनसुकै आईपी एड्रेसबाट सञ्चालन हुन्छ वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, डेटा सुरक्षामा प्रश्न
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबा…
एलन मस्कको ‘अप्टिमस’ रोबोटले मानवजस्तै नाचेर मच्चायो तहल्का, भिडियोले सबै चकित
एलन मस्क र उनका कम्पनीहरूका कामहरू सधैं चर्चामा रहने गर्छन् । सबैलाई थाहा भएकै कुरा हो कि मस्कको एक कम्पनीले ‘ह्युमनोइड&r…
टेरामक्स प्रकरणमा पूर्वमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३ अर्ब २१ करोड बिगो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अनियमितता भएको आरोपसहित १६ जना र २ कम्पनी गरी १८ विरुद्ध विशेष अदालतमा म…
डिपफेकमार्फत जर्ज क्लूनी र ब्राड पिटको नक्कली अवतार बनाएर करोडौँ ठगी
अनलाइन ठगीका घटना कति खतरनाक बन्दै गइरहेका छन् भन्ने कुरा हालैको एक घटनाबाट बुझ्न सकिन्छ । अर्जेन्टिनाकी एक महिलासँग एक अचम्मको…
१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो
आईटी कम्पनी टेक्नोरियो १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि देशमै केही गर्ने हुटहुटीसहित टेक्नोरियोको स्…
ड्राइभिङ लाइसेन्स: २५ लाख ७१ हजार स्मार्ट कार्ड माग, ८ लाख मात्रै मौज्दातमा
महालेखा परीक्षकको कार्यालयले स्मार्ट सवारीचालक अनुमतिपत्र २५ लाख ७१ हजार माग भएकोमा ८ लाख कार्ड मात्रै मौज्दातमा रहेको बताएको छ…
महालेखाले भन्यो: सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था प्रभावकारी भएन
महालेखा परीक्षकको कार्यालयले सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने व्यवस्था प्रभावकारी नभएको बताएको छ ।&…
विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च
१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ ।
कस्तो छ सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र पावरफुल स्मार्टफोन ?
सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्ल…