कीवर्डहरू -

अपडेट

मन्त्री पुनको प्रस्ताव- 'भविष्यमा निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला सञ्चालनको बाटो खोलौँ'

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भविष्यमा निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्न सक्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमबार संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी छलफलका क्रममा मन्त्री पुनले आवश्यक मापदण्ड र नियमनका आधारमा निजी क्षेत्रलाई पनि प्रयोगशाला सञ्चालनको अनुमति दिन सकिने व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भविष्यमा कुनै निजी संस्थाले सरकारबाट स्वीकृति लिएर विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्न चाहे त्यसका लागि कानुनी बाटो खुला राख्नुपर्ने बताए ।

‘अब भोलि भविष्यमा १०–२० वर्षपछि कुनै निजी एजेन्सीले पनि सरकारबाट स्वीकृति लिएर विधि विज्ञान प्रयोगशाला खोल्न चाह्यो भने उसलाई पनि खोल्न दिनुपर्ला,’ उनले भने, ‘तर त्यसका लागि आवश्यक नीति, नियम र मापदण्ड स्पष्ट रूपमा तय गरिनुपर्छ ।’

मन्त्री पुनले विधि विज्ञान क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुन नदिन अहिलेदेखि नै तालिम र छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए । जिल्ला अस्पतालहरूमा चिकित्सक अभावका कारण पूर्वाधार प्रयोगविहीन हुने अवस्था देखिएकाले विधि विज्ञान प्रयोगशालामा पनि त्यस्तै समस्या आउन नदिन तयारी आवश्यक रहेको उनको भनाइ थियो ।

उनले नेपालमा तत्काल पर्याप्त जनशक्ति उत्पादन सम्भव नभए भारत लगायतका मुलुकका विश्वविद्यालयमा विद्यार्थी पठाएर तालिम दिनुपर्ने बताए । ‘वर्षमा २–४ जनालाई छात्रवृत्तिमार्फत विदेश पठाएर तालिम दिने व्यवस्था गर्न सकिन्छ,’ उनले भने, ‘भविष्यमा नेपालका विश्वविद्यालयहरूमा पनि यस विषयको अध्ययन अध्यापन सुरु गर्न सकिन्छ ।’ मन्त्री पुनले विज्ञहरूको सुझावलाई आधार बनाएर सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाउने पनि बताए ।

अपडेट

डिजिटल सुरक्षामा सतर्क रहन टेलिकमको आग्रह, ओटीपी र पासवर्ड कसैलाई नदिन सुझाव

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी…

इभेन्ट टिकटिङ अब डिजिटल : बि एण्ड बि टेक ग्रुपको ‘तिम्रो टिकट’ एप लन्च

काठमाडौं । बि एण्ड बि टेक ग्रुपले ‘तिम्रो टिकट’ नामक नयाँ ई–टिकेटिङ मोबाइल एप सार्वजनिक …

बारा जिल्ला अदालतमा प्रधानन्यायाधीशको निरीक्षण, सेवा सुधार र डिजिटल न्याय प्रणालीमा जोड

बारा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक सेवा छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन बारा जिल्ला अदा…

मोहन डाँगी इप्पानको अध्यक्षमा चयन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अन्त्य

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले म…

एआईको बढ्दो विस्तार प्रति सियाटल सतर्क, नयाँ डाटा सेन्टर निर्माणमा एक वर्ष रोक

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै बढ्दै गएको ऊर्जा खपत र वातावरणीय दबाबलाई मध्यन…

फेसबुकमा एक्कासि गडबडी, पोस्ट र म्यासेज सेवा प्रभावित

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार केहीबेरअघिदेखि नेपालसहित विभिन्न स्थानका प्रयोगकर्ताले समस्या भोग…

व्यक्तिगत र अफिसको नम्बर छुट्टै राख्न सजिलो, व्हाट्सएपमा आयो मल्टी अकाउन्ट फिचर

काठमाडौं । व्हाट्सएपले iPhone प्रयोगकर्ताहरूका लागि नयाँ र उपयोगी फिचर सार्वजनिक गर्न सुरु गरेको छ । अब प्रयो…

बुद्धनगरका तारा र मोनाको पीडा संसदमा, रञ्जुले सुनाइन् ह्वाट्सएप ह्याकपछि भएको लाखौँको ठगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना (न्यौपाने) ले ह्वाट्सएपमार्फत हुने साइबर ठगीक…

टेलिग्रामले एप्पल वाचका लागि ल्यायो नेटिव एप, मेसेजिङका सबै सुविधा उपलब्ध

काठमाडौं । टेलिग्रामले एप्पल वाचका लागि एक पूर्ण रूपमा नेटिव एप सार्वजनिक गरेको छ, जसले एप्पलका वेयरएब…

एससीटी भिसाको ‘ग्लोबल रजिस्ट्री’मा सूचीकृत, नेपालको डिजिटल भुक्तानी सुरक्षामा ठूलो उपलब्धि

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) हालै भिसाको ‘ग्लोबल रजिस्ट्री अफ सर्भिस प्रोभाइडर्स…

इन्स्टाग्राममा नयाँ फिचर : पोस्टको स्थान अब एक क्लिकमै परिवर्तन

काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिड अझ आकर्षक र व्यवस्थित बनाउन नयाँ सुविधा उपलब्ध गर…

क्यान्भाले ल्यायो ‘क्यान्भा अफलाइन ’ : अब १४ दिनसम्म बिना इन्टरनेट पनि डिजाइन बनाउन र एडिट गर्न सकिने

काठमाडौं । क्यान्भाले बुधबार ‘क्यान्भा अफलाइन (Canva Offline)’ सार्वजनिक गर्ने घोषणा गरेको …

केवल तीन प्रम्प्टमा तयार भयो एप, गुगल जेमिनीले बदल्दैछ सफ्टवेयर डेभलपमेन्टको नियम

काठमाडौं । पहिले जुन कामका लागि सफ्टवेयर डेभलपरहरूको पूरा टोली चाहिन्थ्यो, त्यसको सुरुवात अब साधारण क…

मेटा र रिलायन्सको साझेदारीमा भारतमा पहिलो एआई केन्द्रित डाटा सेन्टर बन्ने

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग विश्वभर तीव्र गतिमा विस्तार भइरहेका बेला फेसबुकको मातृ कम्…

सरकारी वेबसाइट थप स्मार्ट र समावेशी, अब किबोर्ड र स्क्रिन रिडरबाटै प्रयोग गर्न सकिने

काठमाडौं । सरकारले आफ्ना डिजिटल सेवाहरूलाई सबै नागरिकका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी वेब…