कीवर्डहरू -

अपडेट

टिगको बैंक फिड इन्टिग्रेसन सुविधा: बैंकिङ कारोबार म्यानुअल रूपमा राख्नु पर्ने बाध्यता हट्दै

केही समय अगाडिसम्म बैंक खातामा भएको व्यवसायको कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयरमा राख्नुपर्थ्यो । सफ्टवेयरले कागजी काम घटाए पनि बैंकसँग प्रत्यक्ष नजोडिएको हुँदा प्रणाली सधैं अपूरो लाग्थ्यो । 

सफ्टवेयरले काममा केही सहजता थप्थ्यो तर हिसाब मिलान भने आफैले एक एक गरेर इन्ट्री गर्नु पर्ने बाध्यता थियो । अब यो बाध्यता हटेको छ । जनवरी २०२५ देखि अकाउन्टिङ सफ्टवेयर टिग बैंक फिड इन्टिग्रेसन सुविधा ल्याएसँगै बैंकिङ कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयर सफ्टवेयरमा हाल्नुपर्ने झन्झट अन्त्य भएको छ । 

गत जनवरीमा ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा टिगले नेपालकै पहिलो एपीआई-आधारित बैंक–टु–अकाउन्टिङ सफ्टवेयर इन्टिग्रेशन सेवा गरेको थियो । अहिले उक्त सुविधा दिनप्रतिदिन लोकप्रिय हुँदैछ । नेपालका १०० भन्दा बढी व्यवसायहरूले यो प्रविधिको प्रयोग गर्न थालिसकेका छन् । 

टिगको बैंक फिड इन्टिग्रेसन सुविधाले व्यवसायहरूलाई बैंकको रियलटाइम डेटा सफ्टवेयरमा ल्याउने सुविधा दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले जानकारी दिए । 

यसले हिसाब मिलान, वित्तीय विश्लेषण र निर्णय प्रक्रियालाई एकदम सरल र तत्काल बनाइदिएको उनको भनाइ छ । टिग र ग्लोबल आईएमई बैंकले मिलेर ल्याएको प्रत्यक्ष बैंक एकीकरण प्रणालीले लेखा प्रक्रियामा एउटा नयाँ क्रान्ति नै ल्याएको छ भन्दा फरक पर्दैन् ।

ग्लोबल आईएमई बैंकमा खाता हुने व्यवसायहरूले सिधैं टिगमा कारोबारको डेटा रियल टाइममा हेर्न सक्छन् । बैंक फिड इन्टिग्रेसन सुविधाले म्यानुअल इन्ट्री आवश्यक नपर्ने भएकाले त्रुटि घटेको र व्यवसायी तथा लेखा टोलीहरूमा आत्मविश्वास बढेको बताइएको छ । 

अन्य बैंकहरू अझै पनि हिचकिचाइरहेका बेला ग्लोबल आईएमई बैंकले ओपन बैंकिङ प्रविधिमा अघि बढाएको कदम आफैमा प्रशंशनीय छ । साना तथा मझौला (एसएमई) व्यवसायको एउटै गन्तव्य बन्ने उद्देश्यले टिगले काम गरिरहेको छ । प्रविधिलाई उपयोग गर्दै एसएमईहरूलाई सहज, छिटो र भरपर्दो सुविधा दिने टिगको लक्ष्य छ । 

टिगले भविष्यको लेखा प्रणालीलाई डिजिटल मात्र नभएर ‘कनेक्टेड’ बनाउने सोच राखेको केसी बताउँछन् । ‘ग्लोबल आईएमई बैंकबाट सुरू भएको यो सुविधा आगामी दिनमा थप बैंकहरूसँग साझेदारी गर्ने योजना छ,’ उनले भने,  ‘अब हामीले स्वचालित मिलान सुझाव, प्रत्यक्ष ट्रान्ज्याक्सन ट्र्याकिङ, कर्पोरेट बैंकिङसँग एकीकरण, स्मार्ट क्यासफ्लो पूर्वानुमानजस्ता विशेषताहरू ल्याउने तयारी पनि गरिरहेका छौं 

अपडेट

राष्ट्रियस्तरको तीनदिने ह्याकाथन डीएभी कोडफेस्ट २०२५ सम्पन्न, को को भए विजेता ?

ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको तीन दिने कार्यक्रम ‘डीएभी कोडफेस्ट २०२५’ साउन ९…

डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र आह्वान, यस्तो छ पठाउने तरिका

आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र (पेपर) आह्वान गरेको छ ।  

हाम्रो पात्रोले प्राप्त गर्‍यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर

नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्…

ब्रोडवे इन्फोसिसको १८औँ वार्षिकोत्सव अफर, आईटी तथा नन-आईटी कोर्षहरूमा २२ प्रतिशत छुट

नेपालको अग्रणी सूचना प्रविधि तालिम संस्था ब्रोडवे इन्फोसिसले आफ्नो १८औँ वार्षिकोत्सव विशेष अफर सार्वजनिक गरेको छ । 

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगक…

जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । 

‘Girls in ICT Nepal’ expands young women’s access to emerging technologies; three‑day training completed in Surkhet and Itahari

Under the collaboration of the Nepal Telecommunications Authority and the International Telecommunication Union (ITU), …

नेपालका लागि एआई विलासिता होइन,  समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चारमन्त्री

चीनको सांघाईमा भइरहेको वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीस…

अब वाईफाईलेनै तपाई कोठा भित्र के गर्दैहुनुहुन्छ भनेर जानकारी दिन सक्ने

कल्पना गरौँ यदि तपाईंलाई थाहा भयो कि वाईफाईको माध्यमबाट तपाईं कोठामा के गर्दै हुनुहुन्छ सबै थाहा हुने गर्दछ । यो कुनै हलिवुड…

रिप्लिट एआई एजेन्टको असफलता : कम्पनीको सबै डेटा मेटायो, सीईओले मागे माफी

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आजकल हरेक ठाउँमा प्रयोग हुँदैछ। एआई एजेन्टहरू त झनै अगाडि छन्। एआईले काम जति सजिलो बनाइरहेको छ…

च्याटजीपीटीको प्रभाव: जोखिममा गुगलको एकाधिकार, १० वर्षमा पहिलोपटक सर्च सेयर ९० प्रतिशत भन्दा तल

गुगल पहिलो पटक गम्भीर चुनौती प्राप्त भएको छ। थर्ड ब्रिजका एनालिस्ट स्कट केसलरका अनुसार, गुगलको ग्लोबल सर्च मार्केट सेयर १० वर्षमा …

युवतीहरूका लागि इटहरीमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा आइतबार देखि इटहरी–२ स्थित रोयल रिसो…

युवतीहरूका लागि सुर्खेतमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी

नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) को सहकार्यमा आयोजना भएको इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्…

एनसेलले ल्यायो विद्यार्थी विशिष्ट ‘सधैँ अन रिन्युअल’ प्लान: रु.३९९ मा अनलिमिटेड डेटा, कल र मनोरञ्जन

एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ । २०८१ को …

एआईको अप्रिय प्रभाव: किशोरहरूको ‘डिजिटल मनोचिकित्सक’ बन्दै प्रविधि, सोच्ने क्षमता घट्दै

हालका वर्षहरूमा विद्यालयहरूमा नक्कल (प्लेजरिज्म) सम्बन्धी छलफल एआईप्रति केन्द्रित थियो, तर अब यो किशोरकिशोरीहरूको जीवनमा अझै गहिरो रूपमा प्रवेश गरिसकेको छ। ए…